Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दसैँमा बिरामी परे घरेलु उपचार विधि जानीराख्नुस

[caption id=\"attachment_96805\" align=\"aligncenter\" width=\"830\"]\"डा डा राजेन्द्रकुमार गिरी,प्रबन्ध निर्देशक,वैद्यखाना विकास समिति[/caption] काठमाडाैं, २९ असाेज । चाँडपर्वको वेला अधिकांशले स्वास्थ्यलाई भन्दा खानपानलाई ध्यान दिने चलन छ । यस्तो खानपानले समस्या बनाएमा गाउँघरमा भनेको वेलामा स्वास्थ्यकर्मी पाउन पनि समस्या पर्छ । खाएको केही समयपछि पनि देखिने विभिन्न स्वास्थ्य समस्याको घरेलु उपचार गर्न सकिएमा धेरै सहज हुन्छ । स्थानीय रूपमा सजिलो एवं सर्वसुलभ पाइने निम्न जडीबुटीहरू तथा आयुर्वेदिक औषधिहरू प्रयोग गर्न सकिन्छ ।

कब्जियत भएमा

हर्रो, बर्रो र अमलाबाट निर्मि त्रिफला चूर्ण ३ देखि ६ ग्राम राति सुत्ने वेलामा मनतातो पानीसँग खाँदा फाइदा गर्छ ।

झाडापखला लागेमा

बेलको काँचो फलको गुदी आगोमा पकाएर महस“ग पाउडर ९चूर्ण० ३ देखि ६ ग्राम, रस १० देखि २० मिलि सेवन गर्नाले दिसाको साथमा रगत आउने, रगतमासी हुने समस्या पनि समाधान गर्छ । साधरण झाडापखलामा जिराको धुलो ३ ग्राम प्रयोग गर्न सकिन्छ ।

वाकवाकी एवं बान्ता भएमा

वाकवाकी, उल्टी हुँदा दालचिनी वा सुकमेल प्रयोग गर्न सकिन्छ । शुद्ध दालचिनी वा सुकमेलका धुलो १ देखि ३ ग्राम प्रयोग गर्न सक्नुहुन्छ । अदुवाको रस वा सुकेको अदुवाको धुलो सेवन गर्दा पनि हुन्छ ।

पेट दुखेमा वा पेटमा ग्यास भरिएमा

ज्वानो धुलो ३ देखि ५ ग्राम प्रतिदिन दुईपटक कुनै खाना वा अन्य पेय पदार्थमा राखेर खान सकिन्छ । पुदिनाको रस १०–२० मिलि र लेदो १–३ ग्राम प्रयोग गर्न सकिन्छ । बोझोको चूर्ण १२५ देखि ५०० मिग्रा र टुक्रा ५०० मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ । टिमुरको धुलो अजीर्ण र ग्यास हटाउन १ देखि २ ग्राम साँझ–बिहान प्रयोग गर्दा फाइदा गर्छ । बच्चाहरूको साधारण पेट दुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।

ग्यास्ट्राइटिक अम्लपित्त भएमा

अमला, मेथी, कुरिलो जराको धुलो, जेठीमधुमध्ये कुनै एक जडीबुटीको धुलो ३ ग्रामसम्म साँझ–बिहान प्रयोग गर्दा उपयोगी हुन्छ ।

रुघाखोकी लागेमा

असुरोको पात वा पूmलको रस १० मिलि र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ । ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकी लागेको समस्या समाधान हुन्छ । रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ । यसले खकार निकाल्न मद्दत गर्छ । अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक श्वासप्रश्वास समस्या भएमा प्रयोग गर्ने सकिन्छ । सफा तुलसीको पातलाई पिनेर प्राप्त हुने रस ९५–१० मि।लि।० मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम, आदिमा प्रभावकारी हुन्छ ।

रक्तचाप बढेमा

जटामसी, निम वा सर्पगन्धा जडीबुटीको धुलो १ देखि ३ ग्राम साँझ–बिहान प्रयोग गर्दा फाइदा गर्छ । लसुनको लेदो १ देखि २ ग्राम नियमित सेवन गर्दा रक्तचाप घटाउन फाइदा गर्छ ।

मधुमेह चिनीरोग बढेमा

चिनीरोगीहरूले मेथीको रस खाने बानी गर्दा प्रभावकारी हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बिज पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ । गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्रामसम्म नियमित रूपमा प्रयोग गर्दा फाइदा हुन्छ ।

नोट–

तर कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरूसँग सल्लाह गर्न जरुरी छ । आयुर्वेदिक औषधिहरू प्रयोग गर्दा खानपानलाई पनि ध्यान दिनु जरुरी छ । मधुमेह, उच्च रक्तचाप र अन्य जीर्ण रोगीहरूले आहारविहारलाई ध्यान नराखी औषधि वा जडीबुटीको धुलो मात्र सेवन गर्दा प्रभावकारी हुँदैन । जडीबुटीको विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका र गन्ध एवं स्वाद बिग्रेका औषधि प्रयोग गर्दा नकारात्मक असर पर्न सक्छ । -(नयाँ पत्रीकाबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies