Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मुटु रोग उपचार सेवा सुरु

भक्तपुर, २ कात्तिक । मिर्गौलाको उपचार एवम् प्रत्यारोपण गर्दै आएको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मंगबारदेखि मुटु रोग उपचार सेवा सुरु भएको छ । केन्द्रले पाँच वर्षभित्र मुटु प्रत्यारोपण गर्ने लक्ष्यका साथ मुटु उपचार सेवा सञ्चालनमा ल्याइएको आज पत्रकारलाई जानकारी दिएको छ । केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले मुटुको कुनै पनि उपचारका लागि अब भक्तपुर र भक्तपुरपूर्वका जिल्लाका बिरामीले गङ्गालाल हृदयरोग केन्द्र, मनमोहन मेमोरियल अस्पताल वा शिक्षण अस्पताल जानुपर्ने अवस्थाको अन्त्य भएको जिकिर गरे । उनले भने – “यसले बढ्दो बिरामीको चापलाई केही हदसम्म कम गर्छ, मुटुको जाँचदेखि शल्यक्रियासम्मका लागि अब बिरामीले अन्यत्र भौँतारिनु पर्दैन ।” सो अवसरमा डा सुवर्ण तुलाधारले सरकारको रु सात करोडको अनुदानमा क्याथ ल्याब९मुटुसम्बन्धी एक प्रयोगशाला० एवम् करिब रु १२ करोडको लागतमा आवश्यक उपकरण ल्याएर सेवा सुरु गरिएको जानकारी दिए । उनले भने “सर्जरी, कार्डियोलोजी, एनेस्थेसिया लगायतका मुटुरोग विशेषज्ञ टोली आजदेखि खटिएको छ, आवश्यक जनशक्ति, प्रविधि सबै तयारी गरेरै सेवा सञ्चालन भएको हो ।” बेलायतमा मुटु र फोक्सो दुवै रोगमा एमडी गरेर उतैको अनुभव भएका चिकित्सक टोलीसहित डा तुलाधरसँगै डा कार्तिकेश ठाकुर, डा मोहनदेव भण्डारी, डा सन्दीप भण्डारी, डा प्रेमराज वैद्य लगायत छन् । डा ठाकुरले मुटु र कलेजोको प्रत्यारोपण गर्ने लक्ष्य रहेको प्रत्यारोपण केन्द्रमा मुटु रोगको जाँचका लागि आवश्यक पर्ने इको, इसिजी, टिएमटी, ल्याब सेवा सञ्चालनमा आएको र मुटुको शल्यक्रिया भने यसै महिनाको अन्तिम सातादेखि सुरु हुने जानकारी दिए । उनका अनुसार केन्द्रमा तत्कालका लागि दैनिक ५० जनासम्मलाई बहिरङ्ग९ओपिडी० सेवा दिइने र जनशक्ति थपिएसँगै ओपिडी लगायत अन्य सेवा पनि थप गर्दै लैजाने अस्पतालको योजना छ । बिरामीसँग सरकारले निर्धारण गरेको शुल्क वा गङ्गालाल हृदयरोग केन्द्रले लिँदै आएको शुल्कभन्दा बढी नलिने र कतिपय परीक्षणमा त्यसभन्दा पनि कम शुल्कमा सेवा सुरु गरिएको उनको भनाइ छ । केन्द्रका डा कल्पना श्रेष्ठले मिर्गौलाको उपचारका लागि आउने बिरामीका विभिन्न जाँचका लागि दैनिक चार जनासम्मलाई गङ्गालाल हृदयरोग केन्द्रमा पठाइने गरेकामा अब मिर्गौला उपचारका लागि आउने बिरामीलाई समेत अब अन्यत्र पठाउनु नपर्ने भएको बताए । केन्द्रले मुटु रोग उपचार सुरु गरेका अवसरमा केन्द्रमा बुधबार निःशुल्क मुटुरोग परीक्षण शिविर गर्ने भएको छ । शिविरमा आउने बिरामीलाई इसिजी, इको, ल्याब लगायत सेवामा ५० प्रतिशत छुट दिइने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending