Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

पूर्वराजा ज्ञानेन्द्रले दिए पहिलोपटक सार्वजनिक भाषण

\"raja_Gyanendra-750\" काठमाडौं, ४ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह सत्ता छाडेको लामो समयपछि सार्वजनिक समारोहमै भाषणबाजी गरेका छन् । पशुपतिस्थित वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन उद्घाटनपछि सार्वजनिक मन्तव्य दिँदै पूर्वराजा ज्ञानेन्द्रले उपेक्षाले विद्रोह निम्त्याउने चेतावनी दिएका छन् । सम्मेलनमा शाहले कुटनीतिक ढंगले धार्मिक आवरणमा राजनीतिक दलहरुप्रति ब्यंग्यवाण गरेका छन् । हिन्दु धर्म तथा त्यसको दर्शनको व्यवहारभित्र घुसेको राजनीतिले राष्ट्रमा असन्तुलन निम्त्याउने र राष्ट्रमा असन्तुलन आए उपेक्षा जन्माउने र त्यसले विद्रोह निम्त्याउने उनको चेतावनी थियो । पूर्वराजा शाहले हिन्दु धर्म संस्कृति तथा सांस्कृतिक धरोहरको संरक्षण गर्नुपर्ने खाँचो रहेको समेत औंल्याए । धर्मले राष्ट्रको आस्था, अखण्डता, एकता, सहिष्णुता अभिवृद्धि गर्ने र आन्तरिक तथा अन्तर्राष्ट्रिय सद्भाव बृद्धि गर्न भूमिका खेल्ने शाहले उल्लेख गरे । जहाँ हिन्दु हुन्छ, त्यहाँ शान्ति र सद्भाव हुन्ने शाहको भनाइ थियो । अनादिकालदेखि चलिआएको हिन्दु सनातन धर्म, समस्त अध्यात्मवादको उत्तम पृष्ठभूमि भएको उल्लेख गर्दै उनले नेपाल हिन्दु बौद्धहरूको लागि प्रेरणाको स्रोत भएको बताए । उनले नेपालको संस्कृतिमाथि कालो बादल मडारिएको बताए । दर्शनलाई नयाँ सोच चाहिएको उल्लेख गर्दै शाहले पुरानै बाटोमा अगाडि बढ्नुपर्ने भन्दै उनले राजतन्त्र आवश्यक रहेकोतर्फ संकेत गरे । अहिलेका राजनीतिक दलहरुको गतिविधिप्रति असन्तुष्टी जनाउँदै शाहले राजनीतिक हस्तक्षेप, जनताको निराश आफ्ना लागि अभिशापसिद्ध भएको तर्क गरे । अन्तर्राष्ट्रिय विराट विश्व हिन्दु महासम्मेलका उद्घोषकले नै कार्यक्रमका प्रमुख अतिथि पूर्व राजा ज्ञानेन्द्रलाई श्री ५ महाराजधिराज भनी सम्बोधन गरेका थिए । \"birat-vishwa-hindu-confrence\" हिन्दुवादी संग्ठनबाटै बहिष्कार विश्व हिन्दु महासंघको आयोजनामा भएको यो सम्मेलन केही हिन्दुवादी संगठनहरुले भने बहिष्कार गरेका छन् । विश्व हिन्दु महासंघलाई कथित महासंघ भन्दै उनीहरुले हिन्दुत्वको ठेकेदार भनाउने विश्व हिन्दु महासंघकै कारण मुलुक धर्म निरपेक्ष भएको उनीहरुको तर्क छ । सम्मेलनको पूर्वराजा ज्ञानेन्द्रले गरेको उद्घाटनलाई पनि बेमौसमी बाजा भन्दै राष्ट्रिय शिवसेना पार्टीले सम्मेलन बहिष्कार गरेको जनाएको छ । शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले विज्ञप्ति जारी गर्दै धर्मनिरपेक्षविरुद्ध लड्ने भए महासंघले विश्वहिन्दु विराट आन्दोलन घोषणा गर्नुपर्ने जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending