Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

ढक्काको शिविरमा हात्तीको त्रास

\"kanchanpur_hatti-750\"कञ्चनपुर, ५ कात्तिक । कञ्चनपुर जिल्लाको ढक्कामा शिविर बनाएर बस्दै आएका आरक्ष विस्थापित परिवारलाई जङ्गली हात्तीको आक्रमणबाट ज्यान जोगाउन गाह्रो भएको छ । हात्तीले एक सातादेखि लगातार झोपडी भत्काउन थालेपछि शिविरमा बस्दै आएका परिवार साँझ नपर्दै नजिकैको बस्तीमा बास बस्नका लागि जान थालेका छन् । हात्तीको डरले बालबालिकासहित झोपडीमा रहेको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत बोकेर सुरक्षित स्थानमा जानु परेको स्थानीय हिरादेवी ऐडीले बताइन् । साँझ नपर्दै हात्तीको बथान शिविरमै आउँछ उनले भनिन्, “ज्यान जोगाउनकै लागि पनि अन्यत्र बस्नु परेको छ ।” “सुतेको अवस्थामा समेत हात्ती आयो भनेर बालबालिका बर्बराउने गरेका छन् । हात्तीकै डरले बस्ती नै छाड्नुपर्ने अवस्था आएको छ”, भक्तबहादुर महराले भने । घरभित्र रहेको तेह्र क्विन्टल धान, डेढ क्विन्टल गहुँ हात्तीले खाएपछि परिवारका लागि अन्नको जोहो गर्न आफन्तलाई गुहार्नु परेको महराले दुखेसो पोखे । दश÷पन्ध्रको सङ्ख्यामा रहेको हात्तीको बथान राति खाना खाँदै गरेका बेला टुप्लुक्कै आँगनमै आइपुग्यो दीपादेवी बोहराले भनिन्, “पाक्दै गरेको खाना छाडेर बालबालिका बोकेर भाग्दै नजिकैको नेपाली सेनाको ब्यारेक पुगेर ज्यान जोगायौँ ।” दोस्रो दिन बिहानै झोपडीमा पुग्दा पूरै झोपडी भत्केको थियो, अन्न खाएछ, बाँकी रहेको अन्न आँगन र खेतमा छरपस्ट पोखेर बिजोग बनायो, उनले भावुक हुँदै भनिन्, “श्रीमानले मजदुरी गरेर ल्याएको अन्न, लत्ताकपडा, भाँडाकुँडा सबै हात्तीले बर्बाद पारेपछि बिचल्लीमा परेका छौँ ।” उनी जस्तै शिविरमा बस्दै आएकी नरमादेवी कामीले हात्तीको झुण्डले सबै अन्न खाएर र खेतमा पोखेर कामै नलाग्ने बनाएपछि गाउँगाउँ दिनभरि मागेर अन्नको जोहो गरी बालबालिकाको साँझ÷बिहानको खानाको जोहो मिलाउँदै आएको बताइन् । साँझ नपर्दै खाना खाएर झोपडी छाडेर एक सातादेखि सडकमै रात अनिदोमै काट्दै आएको गोपाल बिष्टले बताए ।महिला, बालबालिका र बुढापाकालाई शिविरभन्दा टाढा घना बस्तीमा सारेका छौँ, उनले भने, “युवा पुरुष मात्रै शिविरमा झोपडी बचाउन सकिन्छ कि भनेर रातभरि अनिँदोमै बस्दै आएका छौँ ।” शिविरका दुई दर्जनभन्दा बढी परिवारका झोपडी भत्काएर हात्तीको झुण्डले खाद्यान्न खाएर बिचल्लीमा पारेको छ । लत्ताकपडा, भाँडाकुडासमेत कामै नलाग्ने गरेर च्यात्चुत र कच्याक्कुचुक बनाउँदा उनीहरुलाई झनै कष्टमा पारेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्रबाट विसं २०५९ सालमा आरक्षबाट पुनःस्थापना गराइने भन्दै हटाइएका छ सयभन्दा बढी परिवार यहाँ शिविर बनाएर बस्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending