Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

स्थानीय तह : न्यूनतम ५०७, अधिकतम ७४४

काठमाडौं, ६ कात्तिक । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले स्थानीय तह पुनर्संरचनाको नयाँ कार्यविधि तयार गर्दै स्थानीय तहको न्यूनतम र अधिकतम संख्या तोकेको छ । आजको नयाँ पत्रिकामा खबर छ– आयोगले दोस्रोपटक तयार पारेको कार्यविधिअनुसार देशभरका स्थानीय तहको अधिकतम सीमा सात सय ४४ र न्यूनतम सीमा पाँच सय सात निर्धारण गरेको छ । आयोगले ७५ वटै जिल्लाका स्थानीय तहको अधिकतम र न्यूनतम सीमा निर्धारण गरेको हो । आयोगले यसअघि स्थानीय तहको संख्या पाँच सय ६५ निर्धारण गरेको थियो । तर, सत्तारुढ दलहरूको असहमतिका कारण आयोगले सो संख्यामा पुनरावलोकन गर्दै नयाँ संख्या निर्धारण गरेको हो । आयोगका अनुसार यसपटक तत्कालीन जिल्ला विकासको इलाकालाई पनि मुख्य आधार बनाएर आयोगको मापदण्ड संशोधन गरिएको छ । सोही मापदण्डकै आधारमा स्थानीय तहको नयाँ संख्या प्रस्ताव गरिएको आयोगका सदस्यसचिव डा. हरि पौडेलले जानकारी दिए । जिल्लाका प्राविधिक समितिहरूले जिल्लामा तोकिएको न्यूनतम र अधिकतम सीमामा रहेर स्थानीय तहको संख्या घटबढ गर्न सक्नेछन् । तर, जिल्लाहरूले न्यूनतम र अधिकतम संख्याको सीमाभित्रै रहेर संख्या निर्धारण गर्नुपर्ने सदस्यसचिव पौडेलले बताए । सदस्यसचिव पौडेलका अनुसार स्थानीय तह पुनर्संरचनासम्बन्धी सो आयोगले पछिल्ला समयमा सरकारलाई सहज बनाउने उद्देश्यले अहोरात्र खटिएर काम गरिरहेको छ । आयोगको पदावधि फागुन मसान्तसम्म भए पनि सरकारले कात्तिक मसान्तसम्ममा नै अन्तिम प्रतिवेदन दिए चैतमा निर्वाचन गर्न सहज हुने बताउँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending