Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

गफमै सिमित चिनियाँ इन्धन

\"petrol\"काठमाडौं, ७ कात्तिक । चीनबाट इन्धन भित्र्याउन गृहकार्य सुरु भएको एक वर्ष पुग्दा पनि प्रगति शून्य छ । चिनियाँ इन्धन आयातबारे छलफल र अध्ययन गर्न नेपाल आयल निगम र तत्कालिन वाणिज्य तथा आपूर्ति मन्त्रालय र हालको आपूर्ति मन्त्रालयका उच्च अधिकारीले पटकपटक चीन भ्रमण गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ– निगमदेखि मन्त्रालयसम्मका अधिकारीले महँगा होटलको खर्च र आकर्षक भत्ता पनि बुझे । तर, इन्धन आयत गर्ने विषय अझै अन्योगलमा छ । यसै विषयमा अध्ययन गर्न आपूर्ति र परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित समिति पनि गठन भयो । व्यापार गर्ने विषयमा चीन सरकारको स्वामित्व भएको पेट्रो चाइना र निगमबीच द्विपक्षीय सहमति भएको एक बर्ष वितिसक्दा पनि इन्धन आयात हुने या नहुने निश्चित भएको छैन् । अहिले चीनबाट इन्धन आयात गर्ने विषय गफमै सिमित बन्न पुग्यो । इन्धनमा भारतमाथि परनिर्भर रहेको नेपाललाई भारतीय एकाधिकार हटाउन चीनबाट इन्धन आयात गर्ने विषय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्याकालमा निकै हल्लासहित तयारीसमेत भएको थियो । ओलीको चीन भ्रमणका क्रममा इन्धन आयातका लागि आवश्यक तयारी गर्ने भनेर आश्वासनअनुसार पछिल्लो पटक आपूर्ति मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीको संयोजकत्वमा अध्ययन समिति बनाइएको थियो । समितिलार्य सडक अवस्था, ढुवानी साधन, कर छुट र मूल्य निर्धारण, भण्डारण, मूल्य निर्धारणसम्बन्धी मोडालिटी, कुन स्थानबाट आयात गर्ने लगायतका विषयमा अध्ययन गर्न जिम्मेवारी दिइएको थियो । तर, उक्त समितिले काम गर्न नपाउँदै सहसचिव रेग्मीको अर्को मन्त्रालयमा सरुवा भयो । सरकारको उदासीनताका कारण पछिल्लो समयमा चिनियाँ बाणिज्य तथा उद्योगमन्त्री झाङ माओले नेपाल भ्रमण गरे पनि इन्धनका विषयमा उपलब्धिमुलक वार्ता र छलफल पनि हुन सकेन । के के भयो अहिलेसम्म ?
  • छिंघाई प्रान्तबाट इन्धन खरिद गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्नका लागि नेपाली टोलीद्वारा चीनको छिंघाई भ्रमण गरी प्रतिवेदन तयार ।
  • इन्धन आपूर्ति गर्ने सम्बन्धमा सात सदस्यीय अध्ययन टोलीद्वारा चीनको बेइजिङ भ्रमण । नेपाली टोलीद्वारा तातापानी नाकामार्फत इन्धन उपलब्ध गराउन प्रस्ताव । चिनियाँ पक्षद्वारा सिगात्सेको डिपोबाट केरुङ नाकामार्फत दिने आश्वासन ।
  • चिनियाँ पक्षद्वारा नेपाली टोलीलाई सम्पूर्ण करसहित निकै महँगो मूल्य सूची प्रस्ताव ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending