राष्ट्रिय निकुञ्ज र राज्यका कारण कष्टकर जीवन चलाउन बाध्य स्थानीयबासी
कार्तिक ८ गते, २०७३ सोमवार 24th October, 2016 Mon११:३५:२३ मा प्रकाशित
[caption id=\"attachment_98236\" align=\"alignleft\" width=\"603\"] यातायात असुविधाका कारणा बाेकेरै बिरामी लग्दै स्थानीयहरू[/caption]
सुर्खेत, ८ कात्तिक । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेत जिल्लाका तरंगा,हरिहरपुर र लेकपराजुल गाविस अन्र्तरगतका क्षेत्रका वासिन्दाहरुको दैनिकी बर्षौदेखि डर र त्रासकै बिचमा बितिरहेको छ । कहिले राष्ट्रिय निकुञ्जका जनावरहरु आएर बालीनालि सखाप पारिदिन्छन, त कहिले मानिसको ज्यानै लगेका घटनाहरु त्यहाँ भएका छन । तर सम्बन्धीत निकायले त्यो क्षेत्रका जनतालाई ढुक्कले बाच्ने वातावरण कहिले गराउने हो, कसैलाई थाहा छैन भन्छन स्थानीयवासीहरु ।
मध्यपश्चिमाअञ्लको मुख्य व्ययापारी क्षेत्र सुर्खेत बजारदेखि करिब २५ किलोमिटरको दुरीमा रहेका यि क्षेत्रहरु विकास निर्माण राज्यका अन्य सेवा सुविधाबाट समेत पछि परेको स्थानीय वासीनदाहरुको भनाइ रहेको छ ।
तेलपानीका स्थानीय बासीन्दा जगत रखालले खबरडबलीसँग भने–‘राज्यले पनि यहाँ कुनै सेवा सुविधा पुर्याउन सकेको छैन, लगाएको बालीनाली पनि जंगलि जनावर आएर सखापै पर्छन, कस्लाई भन्ने ? हाम्रो यो समस्या आज सम्म कसैले सुनेन ।’
गाउँमा रोजगारीको कुनै विकल्प नभएपछि उनी पारिवारको लालनपालनको जोहो गर्नका लागि अहिले वैदेसीक रोजगारीकालागि दुवईमा रहेका छन । उनी गाउँमा बर्षेनी लगाएको अन्नबाली जंगलका जनावरहरु आएर खाने र नोक्सान पुगाउने गरेको भएपनि त्यसको क्षतिपूर्ती भने नपाएको दुखेसो सुनाउँछन ।
उनले त्यहाँ धेरै पटक जंगलका जनावर आएर मानिसको ज्यानै जानेगरि घाइते बनाएको र केहिको मृत्यू समेत भएको भन्दै राष्ट्रिय निकुञ्जले जनतालाई राहतदिने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन ।
उनले भने–‘त्यहाँ बाँच्न पनि अत्यन्त गाह्रो भएका छ,विरामी भएमा उपचार गर्ने अस्पताल छैन, रोजगारीको अवसर केहि छैन, लगाएको बाली खान पाइदैन, कसरी चल्छ जीवीका ?’ उनले राज्यको गलत नीतिका कारण आफुहरुले दुख्ख पाउनुपरेको भन्दै राज्यका निकायप्रति आक्रोश व्यक्त गर्दछन ।
हरिहरपुर गाविसका सचिव केशर बहादुर डाँगिले पनि त्यहाँको जनजीवन अत्यन्त कष्टकर र डर,त्रासमा गुज्रिएको बताएका छन ।सचिव डाँगीले भने–‘यहाँ निकुञ्जले कुकुर पनि नपाल भन्ने खालको निति देखाउँछ, के गरि खाने जनताले ?’
उनले भने–‘ जनावरको सख्या बेढेको छ, तीनीहरु आएर जनताको खेतीपात िखाएका छन, नोक्सान पुगाएका छन, तर निकुञ्जले क्षेतिपुर्ति र सुरक्षाको कामलाई खासै ध्यान दिएको देखिन्न ।’
स्वास्थ्य,शिक्षा, आयायात,रोजगार,विजुली,बजारको निकटटा लगाएतका अत्यावश्यक सेवा सुविधाबाट समेत यहाँका जनाताहरुले सास्ती भोग्नु परेको देखिन्छ । अत्यावश्यक विकासका पूर्वाआधारहरु समेत नभएका यि क्षेत्रका स्थानीय वासीन्दाहरुले मुस्कीलले आफ्नो दैनीकी चलाइरहेका छन ।
उनीहरुको समस्यामा नत राज्यको नजर परेको देखिन्छ, न त राष्ट्रिय निकुञ्जको– त्यहाँको समस्याको बारेमा जानकार समेत रहेकी वैद्य निकट माओवादी बर्दिया जिल्ला सेक्रेटरी दुर्गा अधिकारीले बताइन उनीहरु दोहोरो समस्यामा पिरोलिरहेका छन ।
उनले भनीन–‘त्यहाँका जनता कहिले जंगली जनावरले पुर्याएको क्षेतीबाट पिडित भएका छन, त कहिले मृत्यूको सिकार भएका छन, तर राज्यले यो समस्याको दिर्घकालीन समाधान खोजेको देखिएन ।’
सुर्खेतका विकट गाविसहरु तरंगा हरिहरपुर ,लेखपराजुलका बासिन्दाहरुसँग विरामी हुदाँ उपाचार गर्नकालागि यातायातको असुविधाका कारण घण्टौ लगाएर विरामीलाई डाँलोमै बोकेर सुगम क्षत्रतर्फ लिएर जानुपर्ने बाध्यता रहेको छ ।
बर्दियाबाट तेलपानी सम्म जाड्ने भनिएको बाटो समेत राजनीतिक खिचातानीकै कारण राकिएको छ । उक्त बाटो निमार्ण भएमा यहाँका स्थानीयहरु लाभान्वीत हुने देखिन्छ, तर बाटो बनाउदा बिचमा राष्ट्रिय निकुञ्जका क्षेत्र धेरै पर्दछ, त्यहाँको बाटो निर्माणमा समेत राष्ट्रिय निकुञ्जले अनुमति नदिएकाले बाटो निमार्णको काममा ढिलाई भएको स्थानीयबासीको भनाइरहेको छ ।
[caption id=\"attachment_98238\" align=\"alignleft\" width=\"750\"] बजारबाट खाद्दसामाग्री किनेर लग्दै एक स्थानीय बालक[/caption]
स्थानीय बासीहरुका अनुसार त्यहाँका जनता बाटो,पानी,बिजुली,स्वास्थ्री चौकीको सेवाबाट विहीन भएका छन भने भएका विद्यालयहरुपनि घरधुरी बाट रकम उठाइ चलिररेका छ्न । निकुञ्ज सग जोडियेका यि गाविसहरुका स्थानीयको दैनिकी निकुञ्ज सगै जोडिएको छ । जो कि पिउने पानी समेत निकुञ्जबाट लिनुपर्दछ ।
मध्वर्ती क्षेत्र घोषणा भए लगत्तै त्यहाका बासिन्दाले सुरक्षाको लागि आफुसँग राखिएको २४६ थान भरुवा बन्दुक समेत निकुञ्ज लाइ बुझाइ संरक्षण मा लागेको भएपनि उनीहरुको भने राष्ट्रिय निकुञ्जले अजसम्म सुरक्षीत बाँच्ने सुरक्षा प्रदान गरेको छैन ।
नेराप्रावि तेलपानीका प्राध्यापक गोविन्द बहादुर हमालले खबरडबलीसँग कुरा गर्दै भने–‘यो क्षेत्रको बिडम्बना नै भन्नु पर्छ, हामी राज्यको सेवा सुविधा बाट पनि पिडित छौ, अनि राष्ट्रिय निकुञ्जको कारणबाट पनि ।’
उनका अनुसार खेतीपाती जंगली जनावरले खान्छ, तर त्यसको क्षेतिपूर्ति अजसम्म कुनै निकायले दिएको छैन ।
राष्ट्रिय निकाुञ्जका कारण बषेनि लगाएको अन्न बालि जंगली जनवरको चरन जस्तै हुन्छ, तर पनि निकुञ्जले त्यसको विषयमा साचेको छैन, उनले भने–‘मध्यवर्ति क्षेत्र भएपनि यहाँ जनावरको नोक्सानी मात्र जनताले सहेका छन । निकुञ्जले जनताको जनजीविकामा सहायता गर्ने खालको कार्यक्रम ल्याएको छैन ।’
तेलपानीबाट २५ किलोमीटरमा सुर्खेत उपत्यका पुगिन्छ भने १७ किलोमिटरको दुरिमा बर्दियाको भुरिगाउँ रहेको छ । यहाँका स्थानीयबसीहरुको मुख्य बजार भनेको त्यही हो, तर घण्टौ लगाएर हिडेर जानुपर्ने बाध्यता उनीहरुसँग रहेको छ ।
निकुञ्जका जनावरका कारण त्यहाँका जनताले द्दधेरै पटक ज्यान समेत गुमाउनु परेको छ । २०६६ साल फागुन २६ गते बर्दिया निकुञ्जको बास्पानीमा काउँलो काट्न गएकै कारण एकै परिवारका तीन जनाले अनाहकमा ज्यान गुमाउनुपरेको थियो । चन्द्र्कला बिक ,देबिसरा बिक र अमृता बिकलाई निकुञ्जको सुरक्षाकर्मी सेनाले गोलि हानी हत्या गरेका थिए ।
२०७२ साल फागुनमा हरिहरपुर ९ कि चन्द्रकला मल्लको निकुञ्जमा पानी लिन जादा भालुको आक्रमण बाट घाइते भएकी थिइन । उनलाई निकुञ्जका. रमेश थापा लगाएतले सहयोग गरेर उपचार गराएपनि उनको आँखा गुम्न गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: