Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अख्तियार प्रवक्ता कार्की भन्छन्– अब लोकमानको बचाउ आयोगले गर्दैन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्द सासंदमा महाअभियोगको प्रस्तावमाथि छलफल जारी छ । अख्तियारजस्तो संवैधानीक निकायका पदाधिकारीहरु नै नैतिकवान नभएकोे चर्चाले जनमानसमा अख्तियारका काम कारवाहीहरुप्रति नै अविश्वासको स्थिती पैदा भएको देखिन्छ । अख्तियार प्रमुख कार्की निलम्बित भएसँगै आयोगको अनुसन्धान प्रकृयामै जनताले आशंका गर्न थालेका छन । यहि संन्दर्भमा लोकराज जैसीले अख्तियार अनुसन्धान आयोगका प्रवक्ता गणेशराज कार्कीसँग कुराकानी गरेका छन् । उनले आयोगका कामहरु पारदर्शी रुपमा अगाडि बढाउने र निलम्बित कार्कीको विषयमा संवैधानीक व्यवस्था अनुसार प्रकृया अघि बढेको तर्क गरेका छन । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी –सम्पादक मुख्य आयुक्त लोकमानसिंह कार्की पदबाट निलम्बित भएको अवस्थामा अख्तियारका काम कारवाहीहरु कसरी अगाडि बढेका छन् ? आयोग यतिबेला केमा केन्द्रित रहेको छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुख्य आयुक्तको निलम्बन भएपछि संवैधानिक व्यवस्था अनुसार प्रमुख आयुक्त नहुँदा दैनिक काम संचालनका लागि कार्यवाहक आयुक्तको व्यवस्था गरेको छ । यस अर्थमा आयोगले पूर्णता पाएको पनि छ । आयोगले संवैधानिक व्यवस्था अनुसार पाएको अधिकार क्षेत्रभित्र रहेर आफ्ना नियमित कामकारवाही संचालन गरिरहेको छ । हामीले आयोगमा आएका निवेदन तथा भ्रष्टाचार,अनियमितता,आर्थीक हिनामीनाका मुद्धाहरुमा अनुसन्धान प्रकृया जारी राखेका छाैं। आयोगले पहिलेदेखि अनुसन्धानमा रहेका मुद्धाहरु र नयाँ निवेदन परेका केसहरुको विषयमा विभिन्न ढंगले आफ्नो काम कारबाही संचालन गरिरहेको छ । आयोगले व्यक्तिगत चाहनाको आधारमा कहिल्यै काम गर्दैन, सामुहिक हित र कानुनी प्रकृयाको आधारमा हामीले काम गरिरहेका छौं। प्रमुख आयुक्तको निलम्बन भएसँगै आयोगले केहि राजनीतिक शिर्ष नेताहरुले भ्रष्टाचार गरेकोबारे पहिले अनुसन्धान गरि थन्क्याएका फाइलहरु खोल्दैछ भनेको सुनिन्छ नी, हो ? यतिबेलै ति फाईलहरु खोल्नुपर्ने कारण के ? [caption id=\"attachment_98866\" align=\"alignleft\" width=\"526\"]\"ganeshraj-karki\" प्रवक्ता कार्की[/caption] अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालको संविधान,ऐन,कानुन सम्मत ढंगले गठन भएको निकाय हो । हामीले कसैमाथि पनि आग्रह वा पुर्वाग्रह राख्ने कुरै आउँदैन । यहाँ जे जति पनि प्रकृया हुन्छन, कानुनी आधारमा गरिन्छन् । हाम्रो साझा उद्देश्य भनेको भ्रष्टाचार मुक्त समाजको निर्माणमा टेवा पुर्याउने नै हो । आयोगको आयुक्त फेरिने वा उनलाई कुनै कसुर लाग्ने एउटा विषय हो भने आयोगका कामहरु निरन्तर संचालन हुने अर्को विषय हो । भन्नुको मतलब आयोगका कामहरु रोकिँदैनन र रोकिनु पनि हुदैँन । आयोगले कुनै पनि प्रलोभनमा नपरि आफ्नो कामहरु संचालन गरेको छ,यसमा कुनै आशंका गरिनु हुदैन । हामीले सामुहिक हित र कानुनी प्रकृयाका आधारमा काम गरिरहेका छौ । प्रमुख आयुक्तमाथिनै भ्रष्टाचारको आरोप लागेको छ, यो विषयलाई अख्तियारले कसरी बुझेको छ ? उनी प्रति अख्तियारको बुझाई के हो ? निलम्बनमा परेका अख्तियारका प्रमुखमाथी लागेको भ्रष्टाचारको आरोपबारे आयोगले बोल्ने कुरा होइन । संवैधानिक व्यवस्थाभित्र रहेको मानिस जसको संवैधानिक रुपमा उच्च नैतिक चरित्र बनेको छ, त्यसको विषयमा आयोगले भन्दा पनि व्यावस्थापिका ससंदले नै आवश्यक प्रकृया पुरा गर्दछ । उहाँको विरुद्धमा सांसदले दर्ता गरेको महाअभियोगको प्रस्तावमाथि व्यावस्थापिका सदनमा न्यायीक प्रकृयाको आधारमा छलफल हुन्छ, कानुनभन्दा माथी कोही हुनै सक्दैन । उक्त महाअभियोग प्रस्तावको ससंदको एक चौथाई संख्याले पास हुने भएको हुँदा त्यसमाथीको छलफल सकिएको छैन । संवैधानिक प्रकृया अनुसार उक्त महाअभियोगको प्रस्तावको बारेमा सदन मार्फत हुने काम चलिरहेको छ । व्यवस्थापिका संसदबाट उक्त प्रस्ताव पास भएको छैन, अझै त्यसको रिजल्ट आउन बाँकी नै छ । आयोग संवैधानिक निकाय भएकाले व्यावस्थापिका ससंदबाट जे जस्तो निर्णय आएपनि त्यसको शिरोधार्य गर्छ । त्यसमा आयोगको फरक मत रहँदैन । अख्तियारले आफ्नो निश्पक्षतामाथिको जनविश्वास घटाएको देखिन्छ, अब अख्तियार नरहने वा विघटन हुनसक्ने कुराहरु पनि सुनिन्छन नी ? अख्तियारका मुख्य आयुक्तको निलम्बन भएपछि पनि आयोगले संवैधानिक आधारमै पूर्णता पाएको छ । लोकमानजी माथि जुन आरोप लागेको छ, त्यसको विषयमा सम्बन्धित निकायमार्फत प्रकृया अगाडि बढेको छ । आयोगले आफ्नो अधिकार क्षेत्रमा रहेर नियमित काम गरिरहेको अवस्थामा जनविश्वास घटेको भन्न मिल्दैन । कानुनी आधारमा अपराध प्रमाणित भएमा जो सुकैलाई पनि ऐन कसुर अनुसार कारवाही हुन्छ । संवैधानिक पद्धती अनुसार अख्तियार अनुसन्धान दुरुपयोग आयोगको काम सकिएको वा आवश्यक छैन भनि विघटन गर्ने दिशामा दलहरु अघि बढ्छन् वा बढ्दैनन् त्यो हामीलाई थाहा हुँदैन । हामीले संवैधानिक दायरामा रहेर आयोगका कामहरु निस्पक्ष ढंगले गर्नुपर्छ, आयोगले गरिरहेको छ । त्यसो भए संवैधानिक अधिकार प्राप्त आयोगले राजनीतिक दलका भ्रष्टचारको आरोप लागेकाहरुलाई कारवाही गर्ने साहस गर्छ कि गर्दैन त ? अख्तियारको नजरमा को राजनीतिज्ञ वा कुन पेसाको भन्ने हुँदैन र आयोगले कुनै प्रकारको राजनीतिक,आर्थिक,सामाजिक वा मानप्रतिष्ठाको प्रलोभनमा परेर काम गर्नुहुदैन, यो कसैलाई अधिकार छैन पनि । आयोगले भ्रष्टाचार गरेको आरोप लागेका वा शंकास्पद मानिसको विषयमा अनुसन्धान गर्ने काम आयोग रहँदासम्म रोक्न मिल्दैन । भ्रष्टाचार निर्मूल पार्नकै लागि यो आयोगको आवश्यकता परेको हुनाले हामी त्यो दिशामा निरन्तर लागेका छौं । संविधान र ऐन कानुनभन्दा माथि कोहिपनि छैन, आयोगले कसैसँग कुनै प्रकारको प्रतिशोध गर्ने कुरै हुँदैन । अनुसन्धानको क्रममा दोषी प्रमाणित भएमा मुलुकको प्रचलित ऐन कानुनले व्यवस्था गरे अनुसार कारबाही हुने हो । आयोगले कानुन विपरित गएर कसैमाथि कुनै प्रकारको फाइल पल्टाउने वा कारवाही गर्ने कुरै हुँदैन । निलम्बित कार्कीको बचाउ वा समर्थनमा कुनै प्रमाणहरु आयोगसँग छन ? यो प्रकृयामा आयोगले के भन्छ ? हेर्नुस्, यो विषयमा आयोगले केहि पनि भन्न मिल्दैन । यो विषय एउटा प्रकृयामा गएको छ । त्यसको कानुनी प्रकृयाको आधारमा अन्त्य हुन्छ, जुन आयोगलाई पनि स्वीकार्य हुन्छ । आयोग कसैको पक्ष वा विपक्षमा उभिने निकाय हुँदै होइन । जसरी बाहिर मिडियाहरुमा समाचारहरु विभिन्न कोणबाट आएका छन, ति सबै सत्य पनि छैनन् । कुनै एक व्यक्तिमाथि लागेको अभियोगको कानुनी आधार सम्बन्धित निकायले नै खोज्छ । र त्यसको बचावट पनि उहाँ आफैले गर्ने कुरा रहन्छ । आयोगले यो विषयमा कानुनी व्यवस्था अनुसार हुने सबै निर्णयहरु मान्दछ । यो संवैधानिक निकाय हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies