Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

हरेक चार दिनमा एक पत्रकारको हत्या

\"journalist-750\"फ्रान्स, १७ कात्तिक । संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बुधबार सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला बर्षहरुमा विश्वमा हरेक साढेचार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ । पछिल्लो एक दशकमा विश्वभर ८२७ जना पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा कार्यस्थलमा रहेको अवस्थामा हत्या गरिएको युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ । यसरी पत्रकारमाथि आक्रमण हुने गरेका घटनाहरु सिरिया, इराक, लिबियालगायतका अरब राज्यहरुमा बढी भएको तथ्याङ्कमा छ । अरबपछि पत्रकार बढी असुरक्षित मानिएका मुलुकहरुमा दक्षिण अमेरिका क्षेत्रका मुलुकहरु रहेको बुधबार युनेस्कोद्वारा सार्वजनिक ‘सेफ्टी अफ जर्नालिस्ट एन्ड डेन्जर अफ इम्प्युनिटी’ नामक युनेस्कोको प्रतिवेदनमा जनाइएको हो । सन् २००६ देखि सन् २०१५ सम्मका प्रतिवेदनले जनाएअनुसार गत दुई वर्षमा ५९ प्रतिशत घटना द्वन्द्वग्रस्त क्षेत्रमा भएका थिए । यो समयमा मारिएका २१३ जना पत्रकारमध्ये ७८ जना पत्रकार (३६.५ प्रतिशत) अरब मुलुकहरुमा मारिएका थिए । सम्भवतः पत्रकारमाथिको हिंसा पछिल्लो समय पश्चिमी युरोप तथा उत्तरी अमेरिकामा पनि बढेको देखिएका युनेस्कोले जनाएको छ । हरेक देशमा विदेशी पत्रकारको तुलनामा हत्या गरिने पत्रकारहरुमा स्वदेशी पत्रकारनै बढीरहने गरेको युनेस्कोको अध्ययनले देखाएको छ । सन् २०१५ मा अनलाइन पत्रकारिता गर्ने पत्रकारहरुमाथिको हिंसामा व्यापक वृद्धि भएको छ । सन् २०१४ को तुलनामा सन् २०१४ मा २१ जना बढी पत्रकार मारिएका छन् । यसरी मारिनेमा आधा सिरियाली अनलाइन पत्रिकासँग आवद्ध भएका पाइएको छ । महिला पत्रकारको तुलनामा मारिने पुरुष पत्रकार १० गुणा बढी भएको अर्थात् सन् २०१४÷१५ मा जम्मा १८ महिला पत्रकार मारिएका छन् भने १९५ पुरुष पत्रकारले हिंसाका कारण ज्यान गुमाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies