भाद्र २५ गते, २०७२ शुक्रवार 11th September, 2015 Fri११:२४:४९ मा प्रकाशित
सिमाङ्कनमा दलहरुले भागबण्डा लगाएपछि मधेसमा मात्र होइन विभिन्न स्थानमा असन्तुष्टिका प्रखर स्वरहरु सुनिए । तिनलाई अन्यत्र सम्बोधन गरिए पनि मधेसको उचित सम्मान भएजस्तो लाग्दैन । मधेसले स्पष्टरुपमा खोजेको आफ्नो भुमिमाथि आफ्नो शसासन हो । मधेशले संघीयता बहिष्करणबाट उन्मुक्तिको लागि खोजेको हो ।
दुई नम्बर प्रदेशकै कुरा गरौंः
बाह्रै महिना बग्ने एउटा पनि खोला छैन । एउटा बागमती छ जसमा थोरबहुत पानी त बगिरहन्छ तर त्यो सिंचाइको लागि पर्याप्त छैन । कमलामा पनि बाह्रै महिना पानी हुँदैन । सिँचाई वर्षे पानीले गर्नुपर्छ भने बिजुली भारतसितै निर्भर हुनुपर्छ । पहाडको स्रोत साधनसँग अझै पनि मधेसले कुनै लाभ पाएको छैन । तर त्यसको ठीक विपरीत सबैभन्दा बढी राजस्व भित्रिने मधेसमा रहेको वीरगन्ज हो र त्यो जम्मै काठमाडौंमा जान्छ । मधेसले पहाडबाट पाउँदैन तर मधेसको सबै साधन र स्रोत काठमाडौं जान्छ ।
वीरगन्जवासीलाई तपाईंलाई किन संघीयता चाहिन्छ भनी सोध्यो भने प्रष्ट जवाफ दिन्छ–
४७ प्रतिशन रेभ्यन्युमा सात प्रतिशत पनि वीरगन्जमा लगानी हुँदैन । सबै काठमाडौमा जान्छ । संघीयता भए कमसेकम सबै रेभ्यन्युलाई यहीको विकासमा लगाउन त सकिन्छ । त्यसैले संघीय प्रदेश चाहिएको हो ।
यसैगरी, सबैभन्दा धेरै ह्युमन रिसोर्स र युवाशक्ति पनि मधेसमै छ । नेपालकोे अर्थतन्त्रको आधार रेमिट्यान्स पनि सबैभन्दा धेरै प्रतिशत धनुषा, महोत्तरी, सर्लाही र रौतहटबाट गएकाले बुझाउँछन् । कलकारखाना पनि मधेसमै छ । अनि कसरी मधेश सामथ्र्यविहिन भयो ? खेतीपाती पनि सबै मधेशमै छ । संभावना यथेष्ट छ, त्यसको अधिकतम र उचित उपयोग गर्नुपर्यो । त्यसकारण संघीयता चाहिएको हो ।
संघीयतामा गएपछि आफ्नो स्रोतजति आफ्नै तरीकाले परिचालन गर्न पाए बिकास हुन्छ । हामीले खोजेको एउटा पाटो त्यो हो । तर अहिले मधेसले खोजेको संघीयता आर्थिक भन्दा पनि राज्यसत्ताको बहिस्करणबाट मुक्तिको लागि हो ।
बहिष्करणको कुरा गर्दा देशमा एकथरीको मात्र हालीमुहाली छ । जातीय हालीमुहाली भनेर बाहुन, क्षेत्री वा कुनै पनि पहाडी समुदायलाई एकै ठाउँमा मिसाउन खोजेको होइन । पहिलेदेखि चलिआएको त्यहाँभित्रको एउटा उच्च जातीय प्रवृत्तिको कुरा गरेको हुँ । उक्त प्रवृत्तिको बुद्धिको रुपमा बाहुनले लिड गरे भने शक्तिको रुपमा क्षेत्रीले । र, मधेसलाई कहिले पनि आफ्नो भनेर अंगीकार गरेनन् ।
यही मनोवृत्ति मधेसलाई हेर्ने क्रममा कहिलेकाहीँ भनिन्छ कि जुम्लाको पनि त बाहुन हुन्छ र ऊ पीडित छ भनेर । हो, एउटा सुविधाप्राप्त मधेसीलाई कुनै छेकबार नहोला काठमाडौमा । व्यक्तिगत जीवनमा कहिल्यै पनि डिस्क्रीमेसनको शिकार नभएको पनि होला । किनभने उसले नेपाली बोल्न राम्ररी जान्दछ । लवाईखवाई राम्रो छ । पढेलेखेको साथै आर्थिक पृष्ठभूमि पनि राम्रो भएकाले उसले आफूलाई सजिलै प्रस्तुत गर्न सक्छ । र, कसैले मधेसी भनेर हेप्न खोजे लड्न पनि सक्छ । तर कति हुन्छन त्यस्ता ? सामूहिकरुपमा मधेस त बहिस्करणमा परेको हो नि त ।
आफ्नो राज्य भयो भने मधेसलाई हेप्ने पहाडी मानसिकताबाट उन्मुक्ति पाउँछ वा उन्मुक्ति पाएन भने पनि उसले प्रतिपर्धा त गर्न पाउँछ । जनकपुर वा विराटनगर वा वीरगन्ज राजधानी होला र उसले काठमाडौंसँग आँखामा आँखा जुधाएर प्रतिसपर्धा गर्न पाउँछ ।
मधेसले चुरेलाई चाहिँ दाबी गर्छ । यसको मतलब सिन्धुली, उदयपुर र चितवन सिंगै मधेसमा हुनुपर्छ भनेको होइन । नवलपरासीको चुरे छ त्यसको दक्षिणपट्टिको भाग दाबी हो । इँटा, ढुंगा र जंगल जस्ता स्रोतमाथि मधेसको लगाव र चासो हो । मधेसले सृजित गरेको जंगल हो । प्लेनबाट हेर्नु भयो भने त्यो जंगल पुरै खाल्डोखाल्डो देखिन्छ । मतलब त्यहाँ अहिले पहाडबाट भएको बसाइसराइले बस्ती बसिसक्यो । जंगल पुरै बिनाशतिर गएको छ । बिनास हुन लागेको जंगल मधेसमै परे जंगल जोगाउँछौ भन्ने दाबी हो । त्यो जंगल जोगिनु मधेसको मात्रै जंगल जोगिनु होइन, नेपालकै जंगल जोगिनु हो ।
अर्को कुरा, मधेसले खोजेको पहाडसँग छुट्टै बस्न खोजेको पनि होइन ।
पहिचानको कुरा उठेको यस्तो अवस्थामा पनि नेपाली कांग्रेसले (दोस्रो संबिधानसभा चुनाव) धनुषाको जनकपुर ४ (९५ प्रतिशत मधेसी छन् ।) को उमेदवार लिला कोइरालालाई बनाउँछ । मधेसीले भावी राजधानी भनेर कल्पना गरेको ठाउँमा समेत कांग्रेसले उम्मेदवार दिन्छ शारीरिकरुपमा पनि अशक्त कोइरालालाई । के त्यहाँ चुनाव लड्न सक्ने मधेसी थिएनन् ? मधेस प्रदेश भयो भने मैले यो पनि भन्न खोजेको होइन कि पहाडी क्यान्डीडेट नै हुनुहँुदैन भनेर ।
हुनुपर्छ ।
रौतहटको चन्द्रनिगाहापुरमा पहाडिया बाहुल्यता छ । महोत्तरीमा अहिले पनि गिरिराजमणि पोखरेलले जित्नु भएको छ, त्यहाँ पहाडी क्यान्डिडेट नै जित्छ ।
आन्दोलनकारीलाई तराईमा सिधै टाउको र छातीमा गोली हानिएको छ । अस्ति (तपाईंले सुन्नु पनि भएको होला) भारदहमा मारिए । त्यसपछि मधेस आन्दोलनले उग्र रुपधारण ग¥यो । सुनियो कि तीनजना मधेसी पुलिसलाई गोली हान्न भनियो । हानेनन् । अहिले ती तीन पुलिसलाई किन गोली हानिनस् भनेर कष्टडीमा यातना दिइरहेको छ । यो नेपाली सत्ताको जातिवादी सोचको उदागों प्रदर्शन हो ।
मैले भन्न खोजेको कुरा के पनि हो भने मधेसका २०/२२ वटा जिल्लामध्ये जम्मा एउटा जिल्लामा मात्र मधेसी मूलको सिडिओ छ । संघीय संरचनामा गएपछि यसभन्दा बढी हुन्छ । अहिले मधेश यो हदसम्मको प्रहरी दमन हुनाको कारण नै त्यहाँ प्रशासनिक नेतृत्वमा गैह्रमधेशीहरुको बाहुल्यता हो ।
मधेसमाथि लागेको छिमेकी मुलुक भारतको साथ र सहयोग छ भन्ने मिथ्या आरोप हो ।
खुला सिमाना छ । मेरो पनि अनुहार मिल्छ (कहाँ चेन्ज गर्ने ?)। मेरो मामाघर भारत हो । यो त आफुले निर्धारण गर्ने कुरा होइन नि ।
व्यक्तिगत तहमा भारतीयहरुसँग सम्बन्ध जेलिएको छ । काठमाडौंको मान्छेलाई सिक्किमको वा दार्जिलिङको नेपाली बोल्नेसँग जुन अपनत्व फिल हुन्छ त्यस्तै जनकपुरको मान्छेले सितामडीको मान्छे भेट्दा हुन्छ ।
त्यो नेचुरल कुरा हो ।
अस्ति योगेश भट्टराईले एकदम मजाले भन्दिनु भयो कि ‘उसो भए लिपुलेक लेऊ, दाजिंलिङ देऊ न ।’ कति उपहासजनक कुरा छ त्यो ।
दाजिलिङको मान्छेको आफ्नो पृथक राजनीतिक पहिचान र अस्तित्वमा छ । उ कहाँ बस्ने नबस्ने उसको स्वरोजाईको विषय हो । नेपाली बोल्ने भारतीय हुन पाउँदैन र ? त्यसैले व्यक्तिगतरुपमा सम्बन्ध छ, खुला सिमाना छ भारतसित ।
उताका मान्छेहरुका सहानुभूति होलान्, मधेस आन्दोलनमा । यो रियालिटि हो । एउटा पाटो हो यो ।
तर हामी त स्टेट लेबलको कुरा गर्छौंं । अहिलेको आन्दोलनमा भारतीय घुसपैठ भन्ने गलत कुरा हो ।
आरोप लगाएजस्तै भए त मधेस आन्दोलनका सहमति अहिलेसम्म पालना भइसक्नु पर्ने हो नि त । गिरिजाप्रसाद कोइरालाको पालामा स्वायत्त मधेश प्रदेशको कुरा भएको थियो । भारतीयले नै नेपालमा पूर्णरुपमा चलखेल गरेको भए मधेस स्वायत्त प्रदेश हुन्थ्यो होला नि । भारतीय सहानुभूति र सहयोग मधेस आन्दोलनमा भएको भए यो दोस्रोचोटि मधेसीले आन्दोलन गर्नै पर्दैनथ्यो होला ।
मधेस आन्दोलनमा भारतसँग साँठगाठ छ भनिन्छ भने १६ बुँदेपछि कांग्रेस, एमाले र एमाओवादी पहाडीया नेताहरु नै लाम लागेर भारत गएका थिए । यसलाई के भन्ने ? मैले यो आरोप लगाउन मिल्छ कि वहाँहरु भारतीय इशारामा हिंडिरहनु भएको छ ? मिल्दैन ।
राजनीतिलाई फराकिलो दायराबाट हेर्ने हो भने नेपाली नेतृत्वहरुको भारतीयसित ‘संवाद’ हुनुपर्छ । किनभने भारत सबैभन्दा नजिकको छिमेकी हो । र, नेपालका हरेक आन्दोलनमा भारतीयहरुको सहयोग र साथ रहेको कतै लुकेको छैन –सात साले आन्दोलनदेखि माओवादी जनयुद्ध (माओवादीले भारतमा सेल्टर लिएको) सम्म । त्यतिखेर त कसैले नि भनेनौैं कि भारतीय समर्थनमा आएको भन्ने कुरा ।
छोराछोरी पढाउनेदेखि सबै सुखसुबिधाचाहिँ भारतबाटै लिने तर भारत विरोधी मानसिकता हामीकहाँ हावी छ ।
विखण्डनको कुरा गर्दा छुट्टिन पाउने राजनीतिक सिद्धान्त नै हो । एक समयमा ५० वटा पनि देश थिएनन् । अहिले २०० वटा भन्दा बढी छन् । ती देश अन्तैबाट झरेका होइनन् ।
भारतबाट छुटेर पाकिस्तान भयो । त्यसपछि बंगलादेश ।
भारतीय हिन्दुत्वले गर्दा पाकिस्तान भयो भने पाकिस्तानको भाषिक दमनले गर्दा बंगलादेश बन्यो ।
बहिस्करणमा परेको मधेसले संघीयता मात्रै मागिरहेको छ । संघीयतासमेत दिन तयार नहुने अवस्थामा भोलि मधेसीहरुले आन्दोलनलाई निरन्तरता दिदै छुट्टै अस्तित्वसहित राज्य खोजे के हुन्छ ? म स्विकार्छु कि कहीँ कतैबाट विखन्डनको कुरा पनि उठेको छ । र, अहिले ‘म छुट्टिन पाउँछु’ भनेर तराईको आन्दोलित क्षेत्रमा भाषण गरे ‘संघीय प्रदेश चाहियो’ भन्नेले भन्दा बढी ताली खान्छ । किन कि आन्दोलनको राप र तापमा मान्छेहरु सधैँ ¥याडिकल भ्वाइस सुन्न खोज्छ । जसले ताली बजाउँछ उसलाई पनि के थाहा छ भने अहिले नै छुट्टिन सक्ने अवस्था छैन ।
अहिले छुट्टिन सक्ने कुनै आधार छैन । यहाँको भूराजनीतिले छुट्टिन दिँदैन भन्ने मेरो बुझाइ छ ।
त्यसैले विखण्डनको कुरा कसैले मान्ने नमान्ने स्वाभाविक र प्राकृतिक कुरा हो । तर नेपालको सत्ताले यही रवैया अपनाएर मधेसीलाई झन झन पर पु¥यायो भने ?
अहिले त मधेस नेपालमा समाहित हुन खोजिरहेको छ । म मेरो भिन्न पहिचानसहित म नेपाली मुलधारमा समाहित हुन चाहन्छु भनेको छ मधेसले । पहिचान नदिए विखण्डनको स्वरमा फेरिन्छ भनेर भनिएको हो ।
मधेसलाई अधिकार दिए मधेस र काठमाडौंको प्रतिस्पर्धा होइन सहअस्तित्वमुखी हुन्छ । नभए भोलि मधेस नियन्त्रणबाहिर जान सक्छ ।
एक हप्ताअघि जनकपुरदेखि मधेसका विभिन्न भागमा गएको थिएँ । विराटनगरदेखि बीरगञ्जसम्मका धेरै पहाडीहरुले पनि नेपाली राज्यसत्ताले मधेशलाई अझै उपेक्षा गरिए र तिनको मागमुद्दालाई समयमै उचित सम्बोधन नगरिए भोलि मधेश के हुने चिन्ता व्यक्त गरेका थिए ।
विखण्डनको आवाज किन उठिरहेको छ भनेर बुझ्नुको सट्टा झनझन दमन नीति अख्तियार गर्नु चिन्ताजनक कुरा हो । अहिले पनि मधेसको मागलाई विदेशी चलखेल र उनीहरुको स्वार्थमा भएजस्तो कुरा आइरहेको छ । त्यसले उनीहरुको आत्मसम्मानमा झनै ठुलो चोट पुर्याएको छ । विखण्डनको कुरालाई सकारात्मकरुपमा लिनु पर्छ र गहिरिएर सोच्नु पर्छ । विखण्डनको कुरा गरेकाले अब यिनलाई पेल्नुपर्छ भन्यो भने स्थिति झनै प्रतिकूल हुन सक्छ ।
(लेखक मधेश अनुसन्धाता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: