Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

इराकको मोसुलमा भिडन्त जारी, ६ जिल्ला सरकारी सेनाको नियन्त्रणमा

\"iraq\"इराक १९ कात्तिक । इराकी सुरक्षा बलले शुक्रबार मोसुलको पूर्वीभागमा रहेको छ वटा जिल्ला पुनः नियन्त्रणमा लिएको छ । इस्लामिस्क स्टेट (आइएस) आतङ्ककारी समूह र सुरक्षाबलबीच भएको भीषण झडपपछि सो जिल्लाहरु नियन्त्रणमा आएको सुरक्षा स्रोतले जानकारी दिएको छ । आतङ्कवाद विरुद्धको राष्ट्रिय सेवा (सीटिएस) का सयौं कमाण्डो र इराकी सेनाको संयुक्त सहभागीतामा मोसुलको पूर्वी क्षेत्रमा शुक्रबार विहानबाट नै कारबाही सुरु भएको थियो । पूर्वी मोसुलको आदेन, समाह, कर्कुक्ली अल खाद्रा, अल इखाआ र अल क्युदस् पुनः नियन्त्रणमा लिएको सिटिएस स्रोतका एक अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ । सो जिल्लाहरुको प्रमुृख सरकारी कार्यालयहरुमा सेनाले इराकी झण्डा फहराएको बताइएको छ । यस झडपको क्रममा भएको हताहतीको भने विस्तृत विवरण आइसकेको छैन् । गत अक्टोवर १७ मा इराकी प्रधानमन्त्री हैदर अल अबादीले मोसुल सहर पुनः कब्जाको लागि भीषण सैनिक कारबाही सुरु गरिने जानकारी दिनु भएको थियो । त्यसपछि त्यहाँ सैनिक कारबाही सु्रु भएको हो । मोसुल इराकको दोस्रो ठूलो सहर हो । इराकको राजधानी बग्दादबाट चार सय किलोमिटर उत्तरमा अवस्थित मोसुल सहर सन् २०१४ को जुनबाट आइएस लडाकू समूहले कब्जामा लिएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies