Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

लण्डन पुगेर बाबुरामको दुखेसो ‘आफ्नै श्रीमतीलाई तँ भन्न पाईनँ’

[caption id=\"attachment_91652\" align=\"alignleft\" width=\"400\"]\"baburam\" बाबुराम भट्टराइ[/caption]

लण्डन, २७ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्तिमा ध्रुवीकरणको नयाँ लहर चल्ने बताएका छन् । शुक्रबार लण्डनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक डा. भट्टराईले हिजोको भत्काउने र आन्दोलन गर्ने क्षमताले अब निर्माणको नेतृत्व लिन नसक्ने भएकोले विकास र समृद्धिको लागि नयाँ शक्तिमा ध्रुवीकरणको लहर चल्ने बताएका हुन् ।

सञ्चारकर्मीको नयाँ शक्ति र माओवादी एकताको सम्भावनाबारे जिज्ञासामा उनले यसको कुनै पनि सम्भावना नरहेको बताएका । ‘हामी माओवादीमा लाग्ने होइन, बरु सबै पार्टीबाट नयाँ शक्तिमा आउने लहर चल्छ,’ उनले भने ‘किनकी देश बनाउने एउटा पार्टीले होइन, नयाँ शक्ति यी सबै पुराना पार्टीभन्दा माथि उठेको शक्ति हो, यसले मात्रै अबको आर्थिक क्रान्तिको नेतृत्व गर्न सक्छ ।’ संयोजक भट्टराईले नेपालीहरुले देखेको कुरामा विश्वास नगर्ने तर नदेखेको कुरा अथवा हल्लाको पछि लाग्ने संस्कार फेर्नुपर्नेमा जोड दिए ।

‘नयाँ शक्तिमा आएर कांग्रेस, एमाले र माओवादी हुन पाईंदैन’ उनले एक फरक प्रसंगमा नयाँ शक्तिमा लागेपछि पुरानो विरासतलाई बदल्नुपर्ने धारणा राखे । ‘मैले नयाँ शक्तिमा आउँदा आफ्नै श्रीमतीलाई त भनिनँ,’ उनेले भने, ‘म नयाँ पार्टी बनाउनुपर्छ भनेर माओवादीमा एक्लै निस्किएर आएँ, चाहेको भए ३०औं हजार नेता कार्यकर्ता लिएर आउन सक्थेँ ।’ उनले आफू एक्लै आउनुको उद्देश्य एउटा नयाँ र वैकल्पिक पार्टी निर्माण गर्नु रहेको स्पष्ट पारे ।

‘सबै माओवादी लिएर आएको भए नयाँ शक्ति पनि वैद्य माओवादी, विप्लव माओवादी जस्तै अर्को बाबुराम माओवादी मात्रै हुन्थ्यो,’ उनले भने, ‘यसर्थ, नयाँ शक्तिमा नयाँ भएर आउनुपर्छ, नयाँ शक्तिमा आएर माओवादी हुन पाईंदैन, कांग्रेस हुन पाईंदैन, एमाले हुन पाईंदैन ।’

\"baburam-at-london-750\"बेरोजगारी र गरिबी प्रमुख दुश्मनहरु संयोजक भट्टराईले नेपालको विकास नहुनुको पछाडि गरिबी र बेरोजगारीको प्रमुख भूमिका रहेको बताउनुभयो । ‘हामी अहिले पनि प्राक औद्योगिक चरणभन्दा पछाडि छौं,’ उनले भने, ‘निर्वाहमुखी कृषिबाट औद्योगिक विकासको चरणमा हामी प्रवेश गरेकै छैनौं, यसैको लागि नयाँ शक्तिले नेतृत्वदायी भूमिका खेल्दछ ।’ उनले समृद्धिको कुनै सिमाना नहुने भन्दै यो निरन्तर प्रक्रियामा अगाडि बढ्ने बताए ।

‘अहिले प्रत्येक नेपालीको प्रतिव्यक्ति आय जम्मा ७ सय डलर मात्र छ, यो भनेको दुई डलर दैनिक आम्दानी हो,’ उनले भने, ‘यो भनेको विश्व बैंकको परिभाषाअनुसार निरपेक्ष गरिबीको रेखामुनि हो, जनता मात्रै होइन, देश नै गरिबीको रेखामुनि छ ।’ यस्तो अवस्थाबाट माथि कसरी उठाउने भन्ने नै नयाँ शक्तिको मुख्य नीति रहेको संयोजक भट्टराईले स्पष्ट पारे ।

हामै्जीवनकालमा समृद्धि सम्भव तुल्याउन निजी क्षेत्र र वैदेशिक लगानीलाई साथ दिनुपर्नेमा जोड दिँदै उनले राज्यले नै सबैथोक गर्न अहिले सम्भव नहुने धारणा राखे । ‘निजी क्षेत्र र राज्यको सन्तुलित भूमिका रहने प्रणालीको वकालत नयाँ शक्तिले गर्दछ,’उनले भने, ‘राज्यले शिक्षा, स्वास्थ्य, सडक, बिजुलीजस्ता ठूला पूर्वाधार निर्माणको काम गर्दछ, कानुनको शासन लागू गर्दछ र भ्रष्टाचार नियन्त्रण गर्दछ ।’

यस्तो वातावरण पाएमा निजी क्षेत्रले कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रमा लगानी गर्ने उनले बताए । ‘देशभित्रको पुँजी कम हुने भएकोले बाह्य देशका निजी क्षेत्रलाई पनि लगानीको लागि हामीले बोलाउनुपर्छ,’ उनले थप स्पष्ट पारे । ‘हामीले संसारभरका देशबाट लगानीलाई स्वागत गर्नुपर्दछ, तर व्यवहारतः दुई छिमेकी चीन र भारतकै लगानी धेरै आउनेकुरा अस्वभाविक होइन,’ उनले भने, ‘अर्थशास्त्रको नियमले पनि तुलनात्मक लाभको सिद्धान्तले नजिकका लगानीकर्तालाई बढी फाइदा हुन्छ भन्ने मान्यता राख्दछ ।’

‘१०० दिनमा सरकारले औंलामा भाँच्ने काम पनि गर्न सकेन’ माओवादी सरकारमा गएपछि नयाँ शक्ति छायाँमा परेको भन्ने सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै संयोजक भट्टराईले सरकार आफैंमा छायाँमा परेको तर्क गरे । ‘विचरा उनीहरु नै छायाँमा पर्नुभएको छ, सय दिन पुग्यो, औंलामा भाँच्ने काम पनि नभएर विचरा प्रधानमन्त्री आफ्नै मन्त्रीहरुलाई दोष दिइरहेका छन्र,’उनले भने । क्याबिनेट प्रणालीमा मन्त्रीहरुलाई दोष दिएर नहुने र प्रधानमन्त्रीले नै जिम्मा लिनुपर्ने उनको तर्क थियो । ‘मेरा मित्र प्रचण्डजीले प्रयास नगरेका त होइन, परिस्थति नै यस्तो छ कि उनीहरु डेक चल्न पनि सकेका छैनन्र,’ उनले प्रश्न गर्दै भने, ‘उहाँको कारणले हामी किन पछाडि पर्नु रु हाम्रो शुभकामना छ उनीहरुलाई ।’

अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको बिस्तारित बैठकमा सहभागी हुन पाँच दिने बेलायत भ्रमणमा निस्किएका संयोजक भट्टराई विभिन्न कार्यक्रमहरुमा सहभागी हुने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका रेशम थापाले जानकारी दिए । उनले शनिबार दिउँसो जनजाति महासंघको अन्तरक्रियामा भाग लिनेछन् भने साँझ गोर्खाली समाज यूकेको च्यारिटी कार्यक्रममा सहभागी हुनुहुने थापाले जानकारी दिए । यसैगरी आइतबार साउथ ईस्टका नेपाली, एनआरएन यूकेसंग संयोजक भट्टराईले छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम रहेको छ ।

सोमबार बेलायती संसदमा छलफल तथा भेटघाट र लण्डन स्कुल अफ इकोनोमिक्समा प्रवचन दिनेछन्र भने मंगलबार अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रम रहेको छ । संयोजक भट्टराई बिहीबार पोर्चुगलमा आयोजित अन्तर्राष्ट्रिय नेपाली समाजको कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा भट्टराईसँगै नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्य मदन राई, पार्टीका प्रवास प्रादेशिक परिषदका प्रमुख नवराज सुवेदीलगायत रहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy