Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सुजातालाई ५० लाख, कर्णालीलाई चामल खोइ सरकार !

\"sujata-koirala\"काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसी नेतृ सुजाता कोईरालालाई सरकारले ५० लाख उपचार सहयोग भन्दै उपलब्ध गर्ने निर्णय गरेको छ । राजधानी विलासी घर र गाडीसमेत भएकी कोईरालाको रोग के हो भन्ने पत्ता समेत नलागेको र क्यान्सरको आशंका मात्रै गरिएको अवस्थामा सरकारले शनिबारको मन्त्रिपरिषदको बैठकबाट उपचार खर्चवापत सो रकम दिने निर्णय गरेको हो । नेताहरुको उपचारमा कडाई गर्ने बताएका स्वास्थ्यमन्त्री एंव कांग्रेसका युवा नेता गगन थापा समेत मौन बसेका छन् भने राज्य कोषको दुरुपयोग रोक्ने बताएका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड समेत निरिह बनेका छन् । स्रोतका अनुसार कोईरालालाई उपचार खर्चको प्रस्ताव मन्त्रीपरिषदमा लैजाने स्वास्थ्यमन्त्री गगन थापाले अस्विकार गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री विमलेन्द्र निधीले प्रस्ताव लगेका थिए । प्रधानमन्त्री प्रचण्डले झण्डै १ हप्तासम्म जनतामा सन्देश राम्रो नजाने भन्दै रोकेपनि देउवाको दवावमा कोईरालालाई ५० लाख रकम दिन वाध्य भएको बताइएको छ । तर निधीको प्रस्तावमा कोईरालाई १ करोड दिईनुपर्ने थियो । प्रधानमन्त्री प्रचण्डले ५० लाख घटाएपछि नीधि प्रचण्डसँग रुष्ट छन् । उता सरकारले कर्णालीका जनतालाई दिने भनेको २० केजी चामल भाषणमै सिमित रहेको छ । सरकारले घोषणा गरेको ३ महिनासम्म जनताले चामल पाएका छैनन् । देशभित्रै सामान्य उपचार खर्च नपाएर जनताले ज्यान गुमाईरहँदा सरकारले कोईरालाई उपलब्ध गराउन लागेको रकमको चौतर्फी विरोध भएको छ भने सामाजिक संजालमा समेत प्रयोगकर्ताहरु आक्रोशित देखिएका छन् । गरिब तथा विपन्न विरामी अस्पतालको मुख देख्न नपाई पर्नपर्ने हाम्रो जस्तो मुलुकमा राज्यको ढुकुटीको दुरुपयोग यसअघिसमेत हुने गरेका छन् । राजनीतिक दवावमा यसअघि पनि नेपाली कांग्रेसकै दिवंगत नेता शुशिल कोईराला, पूर्व राष्ट्रपति रामवरण यादव, एमाले नेता केपी शर्मा ओली लगायतले करोडौं रकम उपचारका नाममा लिइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy