Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

भारतीय नेता भन्छन्, नेपाल हिन्दु राष्ट्र हुनेछ

संघीयता र धर्म निरपेक्षताका बारेमा नेपालमा बहस भइरहेका बेला भारतीय जनता पार्टीका बरिष्ठ नेताहरुले हिन्दु राष्ट्र नेपालको पक्षमा बोलेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– महाशिवरात्री दर्शनका लागि नेपाल आएका भारतीय सत्तारुढ दल भाजपाका नेताहरुले खुलेरै हिन्दु राष्ट्र र संघीयताका विषयमा बोलेका हुन् । भाजपाका राष्ट्रिय उपाध्यक्ष रेणुदेवी र अन्य प्रभावशाली नेताहरुले राजधानीमा आयोजित एक कार्यक्रममा नेपालमा इसाइकरण बढेको भन्दै विरोधसमेत गरे । भाजपाकी राष्ट्रिय अध्यक्ष रेणुदेवीले नेपाल पुनः हिन्दु राष्ट्र हुने विश्वास व्यक्त गर्दै अग्रेजले भारतलाई टुक्राटुक्रा पारेझैं नेपाललाई टुक्राटुक्रा नपार्न सुझाव दिइन् । नेपाली सीमाना बिहारमा जन्मेहुर्केकी उनले भनिन्, ‘नेपालमा पुनः हिन्दु राष्ट्र स्थापनाका लागि अगाडि बढ्नुपर्छ । नेपाललाई टुक्राटुक्रा पार्ने होइन । अंग्रेजले भारतलाई टुक्रा्याए जसरी नेपाललाई टुक्राउने कोसिस हुँदैछ ।’ उनले भनिन्, ‘तपाईंहरु टुट्ने होइन, जुट्नुस् । जहाँ हिन्दु हुन्छ, त्यहाँ विकास हुन्छ ।’ नेपाल भारत सम्बन्धमा राम,जानकी, पशुपतिनाथ, र बुद्धको नाम स्मरण गर्दै दुई देशको सम्बन्ध जीवनभर रहने बताइन् । उत्तरी छिमेकीभन्दा  दक्षिणी भारत नेपालका लागि महत्पूर्ण उनको भनाई थियो । ‘चीनको लगाव कुटनीतिक हुन्छ, नेपाल र भारतका बीचमा रोजीरोटीको सम्बन्ध छ ।’ भाजपाका बरिष्ठ नेता विजय जोलीले भने, ‘म हिन्दु हुँ । मलाई हिन्दु भएकोमा गर्व छ । तर, नेपालमा कस्तो धर्म हुने भन्ने नेपाली जनताले तय गर्छन् । नेपालको राजनीतिमा दख्खल दिने पक्षमा भारत छैन । नेपालमा कस्तो व्यवस्था हुने तयो नेपाली जनता र नेपालका राजनीतिक दलले तय गर्छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending