Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

अष्ट्रेलियाबाट ६५ लाख लिएर फर्किए धुर्मुस/सुन्तली

काठमाडौं, २५ माघ । यतिबेला हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) एकिकृत बस्ती निर्माणको लागि भ्याई नभ्याई छ । महोत्तरीको बर्दिवासमा मुसहर एकिकृत बस्ती निर्माणको लागि हाल मात्र धुर्मुस सुन्तलीले अष्ट्रेलियामा कार्यक्रम सञ्चालन गरेर रकम सञ्चालन गरेका छन् । अष्ट्रेलियामा ८२ हजार डलर अर्थात ६५ लाख रुपैयाँ संकलन गरको धुर्मुसले फेसबुक मार्फत सार्वजनिक गरेका छन् । यस अघि धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोक र काभ्रेका भूकम्प पीडितहरुलाई एकिकृत बस्ती निर्माण गरेका थिए । धुर्मुसले लेखेको स्ट्याटस यस्तो छ । करिब १९/२० दिनको अष्ट्रेलिया यात्रा टुंगाएर आज हामी नेपाल फर्कँदै छौं । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि यो बिचमा करिब ८२ हजार डलर अनुमानित ६५ लाख रुपैंया सहयोग अष्ट्रेलियाबाट जुट्यो । सम्पूर्ण अष्ट्रेलियावासी मनकारी मनहरुमा हार्दिक धन्यवाद र साथै यो अभियानका लागि हामीलाई अष्ट्रेलिया भित्राउने मुख्य आयोजक गजबको ईभेन्ट्सका त्रिमुर्ती भाईहरु प्रदिप चापागाईँ, सन्दिप अधिकारी तथा रोशन आचार्य लाई जती धन्यवाद भन्दा पनि पुग्दैन । यसैगरी एडिलेडका लागि दीपक लामा जि, अशोक के सी जि तथा टिम, मेलबर्नका लागि कृष्ण न्यौपाने तथा टिम, बण्डाबर्गका लागि प्रणय गुरुङ तथा टिम र ब्रिस्बेनका लागि मेरो ईभेन्ट्सका सुन्दर क्षेत्री तथा टिम प्रति हामी नतमस्तक छौं । राष्ट्र निर्माणको यो अभियानमा यहाँहरु सम्पूर्णको सहयोग अतुलनिय छ । सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु, नेपाल भाषी भुटानी दाजु भाई दिदी बहिनीहरु,यो समग्र कार्यक्रममा हामी सित जोडीनुहुने प्रिय कलाकारहरु भरत सिटौला तथा दीपक आचार्य, डान्स ग्रुप दि नेक्स्ट,सम्पूर्ण स्पन्सर तथा स्वयंसेवी साथीहरुलाई पनि धेरै धेरै धन्यवाद।हामी नेपाल फर्केतापनि अष्ट्रेलियाबाट थप सहयोग गर्न चाहनुहुने महानुभावहरुले माथि उल्लेखित आयोजक मित्रहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ वा सिधै हाम्रो फाउन्डेसनको अकाउन्टमा पनि सहायता पठाउन सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: