Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

हिरासतबाटै एसिड काण्डका दोषी जीवनको यस्तो पत्र (पत्रसहित)

चर्चित एसिड काण्डका दोषी जीवन वि.क. ले महानरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतभित्रैबाट दुईवटा पत्र लेखेका छन् । खबरडबलीले प्राप्त गरेका दुई पत्रमध्ये एउटामा चैत १५ को मिति उल्लेख छ भने त्यसको दुईदिन पछि अर्को पत्र लेखेका छन् । पत्रमा कसैलाई सम्बोधन गरिएको छैन । तर, भाषा पत्र लेखिएजस्तै छ । प्रस्तुत छ, उनले लेखेका दुई पत्र जस्ताको तस्तै: पहिलो पत्र जब हामी मिति २०६९–२–२२ गते झोँछे अर्थात संगिताहरु बसेको कोठामा आइपुग्यौँ त्यसपछि हाम्रो चिनजान सुरु भयो  भेटेको ५–७ दिनपछि नै हामी नजिकियौँ अनि संगिताकी आमा चमेली मगरले मलाई संगितालाई ट्युसन पढाउन अनुरोध गरिन्  त्यसपछि मैले संगितालाई गणित, अंग्रेजी, विज्ञान आदि विषयहरु निःशुल्क पढाउन थालेँ । एक महिनापछि हामी बिच माया गाढा हुँदै गयो । हामी सँगै खाने, सँगै बस्ने, संगिता र म एक अर्काप्रति धेरै माया गर्ने भयौँ । हामीबिच शारिरिक सम्पर्कबाहेक अरु सबै भयो । ६–७ महिना पछि मेरो जात दलित भनेर थाहा पाएपछि संगितालगायत उसको परिवारले मलाई कामी दमाई भनेर हेप्ने जिस्काउने अनि अभद्र व्यवहारसमेत गरे । त्यहि पनि संगिता र मेरो प्रेमसम्बन्ध गोप्य रुपले अगाडि बढिरह्यो । जुनदिन संगिता र उसको परिवारले मेरो जातको बारेमा थाहा पाए, त्यहिबेलादेखि हाम्रो प्रेममा तुसारापात भयो । २०७०–७–१२ गते राती मलाई कुटियो, ज्यान मार्ने धम्की दिइयो र प्रहरीलाई खबर गरेँ तर प्रहरीले जर्बजस्ती मुद्दा मिलायो र जातिको कुरा गरेन । चमेली आन्टीको प्रेमीले मलाई बाहिरै मार्छु भन्यो । म पिडितलाई प्रहरीले पनि न्याय नदिएकाले र समाजले जातीय भेदभाव गरेकाले मैले आवेगमा आएर बदला लिएको हुँ  । मैले संगितालाई मार्न होइन, उसको घमण्ड तोड्न मात्र यस्तो गरेको हुँ तर यसले ठूलो रुप लियो । मैले जिन्दगीमा दुखैदुःख पाएँ, मलाई समाजले अपराधी बनायो । म एक राम्रो विद्यार्थी थिएँ । त्यहि पनि अब फेरि कानुन पढेर राम्रो वकिल बनेर मजस्तो जातीय पिडितका लागि वकालत गर्न चाहन्छु । अनि मैले संगितालाई मात्र एसिड हान्या छु तर सीमा बस्नेतलाई पनि परेकोमा क्षमा माग्न चाहन्छु । सीमा, म माफीको लायक त छैन तर तिमिलाई नखाएको विष लागयो मलाई माफ गर सीमा । तीन घण्टाको फिल्मलाई २ मिनेटको प्रोमोबाट संक्षीप्तमा लेख्ने कोसिस गरेको छु । अरु विस्तृत रपमा पछि सेन्टर जेलबाट लेखौँला । म पब्लिक युथ क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत छु ।

नामः जीवन वि.क. हनुमानढोका कारागार कोठा नः ४

मेरो बारेमा बाँकी विस्तृत रुपमा पछि लेखौँला  । दोस्रो पत्र मेरो नाम जीवन वि.क. हो  मेरो घर रामेछाप, फूलासी–८ मा पर्छ । म काठमाडौंमा सानैदेखि आएर परिवारका साथ बस्दै पढ्ने गर्ने विद्यार्थी हुँ  मैले २–३, झोँछेको विदोदय मा.वि. र ४–१२ सम्म कुपोण्डोलको प्रगती शिक्षा सदन उमाविबाट पास गरेको हुँ  बिबिएस पब्लीक युथ क्याम्पसमा पहिलो वर्षमा पढ्दै छु  म एक होनहार विद्यार्थी हुँ । मेरो एसएलसीमा (७०.७५) र प्लस टु मा ५८ प्रतिशत अंक आएको छ  मसँग २४ वटा खेलकुदको सर्टिफिकेट र ८ वटा अतिरिक्त सर्टिफिकेट अनि बाँकी ४ वटा शिल्ड र ६ वटा मेडल प्रगती स्कुल र घरमा छन् । म एक राम्रो विद्यार्थी थिएँ  तर मलाई एक्कासी समाजले र मेरो आफ्नो जातिले त्यहाँ पुर्यायो । मिति २०६९–२–२२ गते हामी संगिता भएको कोठामा डेरा सर्यौँ  त्यसपछि मैले संगिताको आमाको अनुरोधमा संगितालाई गणित, विज्ञान, अंग्रेजीको निःशुल्क ट्युसन पढाएँ  त्यसपछि हामीबिच मायाप्रेम चल्यो जुन एक वर्षसम्म राम्रो चल्यो । संगिता बिग्रिएकी केटी थिइ अनि त्यसको भाइ पनि तर मैले सुधारेँ, माया गरेँ । पछि मेरो जात वि.क भनेर थाहा पाएपछि मलाई धेरै हेँला गरी संगिताले त्यसको आमाले गर्दा । त्यहि प्रेम जातको कारणले हामीबिच मात्र नभई परिवारै बिच पनि झगडा पर्यो । संगिता र म सँगै खाने, सँगै सुत्ने, सँगै हिँड्ने गर्थ्यौँ । तर एक्कासी मेरो जातले गर्दा मलाई उसको आमा, बाले काले कामी, कामीदमाई भएर आफ्नो ठाउँमा बस भनेर हेपे । तर तर संगिताले पनि आमा, बाकै पक्ष लिएर मलाई रुपको घमण्ड गरी । मिति २०७०–७–१२ गते राति ७ः३० मा संगिताको भाइ र मेरो झगडा पर्यो । जात र प्रेमको कारणले संतोषले मलाई दिदीसँग प्रेम परेको परिवारलाई भन्दिन्छु भनेर दिनदिनै चुरोट खानलाई पैसा माग्थ्यो । मैले उसलाई एक वर्षसम्म दिनको २० देखि ४० रुपैयाँ दिन्थेँ । पछि पैसा दिन बन्द गरेकाले झगडा भयो । संगिता र मेरो पवित्र प्रेममा त्यसको परिवार मेरो जातकै कारण हावि भए । पहिला चाँही वास्तै नगर्ने पछि वि.क भनेर थाहा पाएपछि सबै हेप्न थाले । मिति २०७०–७–१२ गते झगडामा मलाई नराम्ररी संगिताको आमा, बुवा, भाइ, संगिताको आमाको प्रेमी भएर कुटे, समाजमा बेइज्जत गरे । मैले प्रहरीको सहयोग लिएँ तर प्रहरीले पनि उल्टै मलाई नै थुन्यो र सन्तोषलाई पनि । म पिडित थिएँ तर पुलिसले जातिको आधारमा नभएर झगडाको आधारमा मुद्दा मिलायो, मलाई डर देखाएर । हो, त्यहि दिनदेखि मैले न्याय नपाएर अब मैले बदला लिने निर्णय गरेर परिवारबाट छुटर बसेँ । मैले २०७१ साल फागुन १० गते एसिड हानेँ तर मैले संगितालाई मार्न चाहेको भने होइन । उसको रुपको घमण्ड तोड्न मात्र एसिड हानेको थिएँ । तर यसले ठूलो रुप लियो । समाजमा जातिका कारणले मलाई समाजले यस्तो अपराधी बनायो । सीमा बस्नेतलाई पनि एसिड परेकाले मलाई दुःख लाग्यो । सीमा तपाईंलाई नखाएको विष लाग्यो त्यसका लागि म माफी चाहन्छु । माफीको लायक त छैन त्यहि पनि तपाईंको उज्जवल भविष्यको कामना गर्न चाहन्छु  । म टोखामा डेरा लिएर बसेँ मैले संगिता र संतोषलाई रडले हानेर हात, खुट्टा भाँच्ने कोशिस... \"jeevan \"jeevan \"jeevan \"jeevan यो पनि पढ्नुहोस्ः यसकारण मैले एसिड हानेँ : जीवन विक
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: