Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

नयाँ वर्षमा चितवनका अस्सी प्रतिशत होटल बुकिङ

चितवन,  नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या यो वर्ष चितवनमा बढ्ने देखिएको छ । जिल्लाको सौराहा, जगतपुर र मेघौलीका ठूला अधिकांश होटल बुकिङ भइसकेका छन् । चितवनको सौराहामा मात्र सानाठूला गरी ९७ वटा होटल छन् भने जगतपुरमा १७ र मेघौलीमा चारवटा होटल छन् । सबै होटलको कुल क्षमता दुई हजार ७०० रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका कार्यवाहक अध्यक्ष सुमन घिमिरेले बताए । जसमध्ये भरतपुरका पर्यटकीय होटल र नवलपरासीको मध्यवर्ती क्षेत्रमा रहेका ६ वटा होटल पर्दछन् । सौराहाको होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले आजदेखि चार दिनसम्मका लागि होटल पूरै बुकिङ भएको बताए । गत वर्षभन्दा यो वर्ष बुकिङ राम्रो रहेको उनले बताए । मेघौलीको होटल बाराही जङ्गल लजमा पनि सबै बुकिङ भएको छ ।  गत वर्ष ५० प्रतिशत बुकिङ भएकामा यो वर्ष आइतबार साँझसम्ममा ८० प्रतिशत बुकिङ भइसकेको र विभिन्न एजेन्सीबाट सम्पर्क गरिरहेको बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरानजिकै रहेको कसरा जङ्गल रिसोर्ट पनि आइतबार  साँझसम्ममा ६८ प्रतिशत बुकिङ भइसकेको जनसम्पर्क अधिकृत सागर पौडेलले बताए । चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैंडा, बाघलगायत दुर्लभ वन्यजन्तु हेर्न आउँछन् । पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न, नदीमा डुङ्गा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्दछन् । पर्यटक बढेसँगै चितवनमा होटलमा लगानी थप्ने क्रम बढेर गएको छ । रु पाँच अरबभन्दा बढी लगानी चितवनका होटलमा भएको व्यवसायीको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE