Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पाँचथरमा ६८ जना कुपोषित बालबालिका भेटिए

 

\"\"पाँचथर । पाँचथरमा दुई महिनाको अवधिमा ६८ जना कुपोषित बालबालिका भेटिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट सञ्चालित शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम शुरु भएकोे दुई महिनामा यतिका कुपोषित बालबालिका भेटिएका कार्यक्रमका सूचना व्यवस्थापन अधिकृत रोशन न्यौपानेले बताए । उक्त अबधिमा फिदिम नगरपालिकामा २१, याङ्वरक गाउँपालिकामा एक, फालेलुङमा चार, हिलिहाङमा नौ, तुम्बेवामा १८, कुम्मायकमा १०, मिक्लाजुङ गाउँपालिकामा पाँचजना कुपोषित बालबालिकाको पहिचान भएको थियो । फाल्गुनन्द गाउँपालिकामा भने हालसम्म कुपोषण भएका बालबालिका नभेटिए पनि विपन्न परिवार र राम्रो आर्थिक हैसियत भएका परिवारका बालबालिकामा समेत कुपोषणको समस्या देखिएको छ । हालै मात्र नेपाल सरकारले पिछडिएको क्षेत्रको सूचीमा राखेको दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकामा सबैभन्दा बढी कुपोषित बालबालिका भेटिएका छन् । छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकामा कुपोषण परीक्षण गरिएको थियो । कार्यक्रम शुरु भएको दुई महिनामै जिल्लामा झण्डै ७० जना कुपोषित बालबालिका भेटिएकाले यो संख्या अझ बढ्ने जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोले बताए । शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत परीक्षणका क्रममा कुपोषण भएको प्रमाणित भएका ६८ बालबालिकालाई अहिले तयार पारिएको पोषणयुक्त खाना निःशुल्क उपलब्ध गराई उपचार शुरु गरिएको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र र नौ वटा स्वास्थ्य केन्द्रमार्फत यो सेवाप्रवाह भइरहेको सूचना व्यवस्थापन अधिकृत न्यौपानेले बताए । त्यस्तै जिल्लाको साविक १० वटा गाविसमा सञ्चालन भइरहेको ‘सुनौलो हजार दिन’ सञ्चार अभियानअन्तर्गत अहिले १ सय ५५ आमासँग नियमित सञ्चार सम्पर्क भइरहेको अभियानका जिल्ला संयोजक युवराज चेम्जोङले बताए ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies