Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

अस्पतालमा दलालको बिगबिगीः बिरामी पठाएबापत कमिसन

\"\"काठमाडाैं । विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका-७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन् । शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई-तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे ।सरकारी अस्पतालको सहुलियत सेवा लिन आएका श्रेष्ठ ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार पाउने’ प्रलोभनमा फसेर क्लिनिक पुगेका हुन् । ‘१५ हजार रुपैयाँ बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ तर निजीमा पुग्दा २५ हजार सकियो’, उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनुपर्‍यो ।’ आजको अन्नपूर्णमा खबर छ-प्रदेश १ को राजधानी विराटनगरमा सरकारी अस्पतालको सेवा लिन आउने बिरामी यसरी नै प्रतिदिन दलालको प्रभावमा परी निजी अस्पताल र क्लिनिकबाट ठगिन थालेका छन्। बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले दलाल नै परिचालन गरेको रहस्य खुलेको छ। गत बुधबार शनिमन्दिर नजिकै बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाँदै गर्दा प्रहरीले दुई युवालाई पक्राउ गर्‍यो। बिरामीलाई झुक्याएर नेसनल क्लिनिक लैजाँदै गर्दा सप्तरी, राजविराज-६ का ३० वर्षीय सीताराम सरदार र महोत्तरी जलेश्वर-६ का ३५ वर्षीय उमेश महतो पक्राउ परेका हुन्। विराटनगरमा डेरा गरी बस्ने सरदार र महतो निजीमा बिरामी पुर्‍याउने ‘दलाल पेसा’ मा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी दुवै जना दुर्गम गाउँ र जिल्लाबाट सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई झुक्याउँदै निजी अस्पतालमा पुर्‍याउने कार्यमा संलग्न रहेको बताउँछन्। उनले भने, ‘राम्रो उपचार र डाक्टर छन् भन्दै लैजाँदा रहेछन् तर निजीमा बिरामी ठगिन्छन्।’ पक्राउ परेका दुवै जनालाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेको छ। विराटनगरका विभिन्न ठाउँमा ६० जनाभन्दा बढी त्यस्ता दलाललाई निजी स्वास्थ्य संस्थाले परिचालन गरेको सूचनाका आधारमा निगरानी बढाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सरकारी अस्पतालभित्रैै पनि यस्ता दलाल छन्, जहाँ दैनिक तीन प्रहरी परिचालन गरेर निगरानी भइरहेको छ। एक वर्षअघि कोसी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक नै दलालीमा संलग्न भएको पत्ता लागेको थियो। लोकलाजका कारण चिकित्सकलाई कारबाहीबाट जोगाइएको थियो। निजी अस्पतालबाट परिचालित दलालले बिरामी र उसको रोग हेरेर कमिसन पाउने गरेका छन्। पक्राउ गरिएका दलालले प्रहरीलाई दिएको बयानमा सरकारी अस्पतालको बिरामी निजीमा पठाउँदा पाँच सय, बिरामीले स्वास्थ्य परीक्षण गरे (ल्याब, भिडियो एक्सरेलगायत) एक हजार र अप्रेसन गरेर केही दिन भर्ना नै भए तीन हजार रुपैयाँसम्म कमिसन पाउने बताएका छन्। अस्पतालले बिरामीबाट गरेको असुलीका आधारमा कमिसन पनि बढ्ने बताइन्छ। ‘प्रहरीको एउटा टोली अहिले तिनै दलालको पछि लागिरहेको छ,’ बिसीले भने, ‘कमिसन दिएर आफूतिर बिरामी तान्न दलाल परिचालन गर्ने अस्पताल र क्लिनिक सञ्चालकलाई पनि पक्राउ गरेर कारबाही अघि बढाउन थप अनुसन्धान सुरु गरिएको छ।’ सरकारीमा राम्रो सेवा नपाइने, राम्रा चिकित्सक नहुने, उपचारमा समस्या भएर रोग झन् थपिने, ल्याब परीक्षण गर्ने आवश्यक चिकित्सक र उपकरण नहुने, रोगअनुसार औषधि नदिने, झन् बिरामी बढ्दै जानेलगायत समस्या हुने भन्दै डर देखाएर झुक्याउँदै निजी अस्पताल र क्लिनिक पुर्‍याउने गरेको पाइएको बिसीले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending