Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

बलिउड सेलिब्रिटीका रोचक व्यवहार

प्रत्येक मानिसहरुको आ–आफ्नै छुट्टै क्षमता हुन्छ र व्यवहार पनि । साधारण मानिसहरुको विशेष किसिमको बानी व्यवहरा हुन्छ भने चर्चित व्यक्तित्वहरुको पनि निकै सामान्य तथा अचम्म लाग्दा बानी व्यवहार हुने गर्दछन् । आज हामी तपाईंलाई यस्तै विषयमा जानकारी दिँदै छौँ । बलिउड फिल्मी क्षेत्रमा निकै नाम कमाएका हस्तीहरुको त्यस्तो व्यवहारको बारेमा यहाँ जानकारी दिँदैछौँ जुन तपाईंमध्ये धेरैलाई थाहा नहोला । यीमध्ये कतिको व्यवहार त निकै रोचक छन् । सलमानलाई साबुन जम्मा गर्ने शोख छः ‘हिट एण्ड रन’ केसका कारण चर्चाको शिखरमा रहेका बलिउडका दबंग भनिने सलमान खानलाई साबुन जम्मा गर्ने शोख छ । उनको बाथरुममा साबुनको निकै ठूलो र विशेष प्रकारको कलेक्सन पाउन सकिन्छ । यसमा हातले बनाइएको, डिजाइनर र हर्बल किसिमका साबुन पाइन्छ । यतिमात्र होइन, प्राकृतिक फलफूल र तरकारीबाट बनेको साबुन सलमानलाई निकै मनपर्छ । सलमानको अर्को रोचक कुरा के छ भने उनले फिल्मको पर्दा अगाडि कुनै पनि नायिकालाई चुम्बन गरेका छैनन् । शाहरुखलाई मनपर्दैन आइसक्रिमः बलिउडका किंग खान भनिने शाहरुख खानलाई आइसक्रिम मननपर्ने खानाको सूचीमा पर्दछ । अर्कोतर्फ शाहरुखलाई आफ्ना आमा–बुवासँग निकै लगाव छ । उनी वर्षमा ४–५ पटक दिल्लीमा भएका आफ्ना अभिभावकलाई भेट्न जान्छन् । \"aamairआमिर खानः एक महिलाले आफ्नो प्रेम सम्बन्धलाई स्विकार नगरेका कारण आमिर खानले आफ्नो कपाल खौरेका थिए । धेरैभन्दा धेरै फिल्ममा अभिनय गर्ने होडबाजी चल्ने बलिउडको दुनियाँबाट आमिर खान एक कोस टाढै  छन् । उनी वर्षमा एउटा मात्र फिल्ममा अभिनय गर्ने गर्दछन् । उनी निकै सोचेर मात्र फिल्ममा साइन गर्ने र खेल्ने गर्दछन् । \"Ranbirरणबीर कपुरः अहिले पनि आमासँग पकेट मनी लिन्छन् रणबीरः भनिन्छ, आमाको लागि आफ्नो सन्तान जहिले पनि सानो हुन्छ । हो, रणबीर कपुर पनि आफ्नी आमा नितुको लागि अझै पनि सानै छन् । आमाको प्रिय छोरा रणबीर दैनिक १५०० भारु पकेट मनीको रुपमा लिन्छन् । रणबीरसँगको अर्को रोचक कुरा के छ भने उनले फिल्म ‘रकस्टार’ को लागि गितारको ट्रेनिङ पनि लिएका थिए । \"Hrithikऋतिक रोशनः बाल्यकालमा भकभके थिए ऋतिक रोशन फिल्म ‘कहो ना प्यार हे’ मा ऋतिक रोशन पौडी खेल्ने क्रममा झण्डै डुबेका थिए । त्यतिबेला उनको खुट्टा चट्टानको बिचमा फसेको थियो । उनको दाहिने हातमा दुईवटा बुढी औँला छ । बाल्यकालमा उनी भकभकाएर बोल्ने गर्दथे । ऋतिक रोशनले कहिले पनि घुम्न जाँदा आफ्नो पर्सनल क्यामरा छुटाएनन् । उनले बाल्यकालदेखि नै आफ्नो यो क्यामरा छुटाएनन् । फोटो खिचेर त्यसलाई जम्मा गर्नु उनको शोख हो । उनीसँग फोटोहरुको निकै ठूलो कलेक्सन छ । \"Aishwaryaऐश्वर्या राय ‘गुल्लु’ हो ऐश्वर्याको पेट नेम ऐश्वर्या रायको पेट नेम ‘गुल्लु’ हो । उनी कक्षा ९ मा हुँदा पहिलो विज्ञापन गरेकी थिइन् जुन पेन्सिलको थियो । \"Sushmitaसुस्मिता सेनः सर्पलाई माया गर्छिन् सुस्मिता सेन सुस्मिता सेन सर्पलाई माया गर्छिन् । उनको घरमा एउटा पाल्तु अजिंगर छ । सुस्मिताले दुई बच्चालाई पालेकी छिन् । रेने र एलिसिया उनका दुई सन्तान हुन् । उनले रेनेलाई पाल्नको लागि कानुनी लडाइँ पनि लडेकी थिइन् । विवाहित नभएका कारण उनले यसो गर्नुपरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending