Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भूकम्पपीडितलाई अब १३ हजारमा घर

काठमाडाैं, पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले भूकम्पले घर भत्काएका परिवारलाई अस्थायी बसोबासका लागि १३ हजार रुपैयाँमा निर्माण गर्न सकिने घरका नमुना तयार पारेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– क्याम्पस परिसरमा यस्ता घरका नमुना हेर्न अहिले दैनिक सयौं मानिस आउने गरेका छन्। अवलोकनमा आउनेले घरको अर्डरसमेत गर्ने गरेका छन्। ‘आश्रय’ नाम दिइएका यस्ता घर निर्माणमा संलग्न आर्किटेक इन्जिनियर कुमार योञ्जनले भने, ‘भूकम्पबाट घरवारविहीन भएकालाई यस्तो घर उपयुक्त विकल्प हुने अपेक्षा गरेका छौं ।’ थोरै लगानीमा र थोरै जनशक्तिबाट निर्माण हुने भएकाले घर निर्माणको माग गर्नेहरूको संख्या बढ्न थालेको उनले बताए।यस्ता घर बनाउँदा जस्ता पाता, फलामका पाइप, इट्टा, ढुंगा वा स्थानीय स्तरमा उपलब्ध हुने अन्य सामग्री प्रयोग गर्न सकिन्छ। आठजनाको समूहमा रहेका विद्यार्थीले बनाएका घर निर्माण सम्पन्न हुँदा १३ हजार रुपैयाँ खर्च लाग्छ। यति लागतमा १२ बाई ८ साइजको घर निर्माण हुन्छ। ‘स्थानीय स्तरमा उपलब्ध हुने ढुंगा तथा माटो र घर धनी आफैंले श्रम गर्ने हो भने लागत अझ घट्न सक्छ’ योञ्जनले भने। घरको धुरीमा जस्तापाता लगाइन्छ। जस्ताको तापका कारण बस्न कठिन हुने भएकाले जस्ता माथि खर, गहुँको छ्वाली वा अन्य कुनै सामग्री राख्न सकिन्छ। यस्ता घर बनाउन चाहने व्यक्ति वा संस्थालाइ निस्शुल्क परामर्श दिने विद्यार्थीहरूले बताए। ‘एकैपटक धेरै घरको माग आयो भने ग्रामीण भेगमा गएर अन्य प्राविधिक सहयोग पनि गर्छौं’ योञ्जनले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: