Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

प्रधानमन्त्रीका लागि ओली र देउवा मैदानमा !

काठमाडौं, संसद्मा राष्ट्रिय सरकार गठनबारे विभिन्न कोणबाट सुझाव आएलगत्तै यसबारे अनौपचारिक गृहकार्य सुरु भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–यसले कहिले औपचारिकता लेला स्पष्ट नभए पनि उच्चस्तरीय राजनीतिक नेतृत्व र केही महत्त्वपूर्ण विदेशी कूटनीतिक नियोगले पनि यसबारे चासो लिन थालेका छन्। सिद्धान्ततः राष्ट्रिय सरकार गठनबारे मुख्‍य दलहरूमा संसद्को बैठक रोकेरै छलफल गर्ने सहमति भए पनि कसको नेतृत्वमा भन्नेमा उनीहरूबीच मत र मन विभाजित छ। प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सरकार गठन प्रस्तावको विरोध नगर्नुका पछाडि उनी आफैंले त्यस्तो सरकार प्रमुखको दाबेदारी प्रस्तुत गर्नु हो। राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदाय प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारले वैशाख १२ गते आएको महाभूकम्पपछि उत्पन्न राष्ट्रिय विपत्ति सामना गर्न नसक्ने निष्क र्षमा पुगेपछि राष्ट्रिय सरकार गठनको प्रस्ताव अगाडि आएको हो। प्रधानमन्त्री कोइरालाले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गरेर अगाडि बढ्ने चाहना एमाओवादी नेतृत्वसँग व्यक्त गरेका छन्। तर कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि आन्तरिक र बाह्य वातावरण बनाउँदै लगेका छन्। कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि राष्ट्रिय सरकारको प्रधानमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन्। पौडेलले पूर्वप्रधानमन्त्रीहरूले अब बन्ने राष्ट्रिय सरकारको दाबी गर्न नहुने तर्क गरे ‘राष्ट्रिय सहमतिको सरकारबारे सात दिनअघि नै छलफल भएको थियो। तर परिस्थिति भिन्न हुँदै आएको हुँदा पहिला प्रधानमन्त्री भइसकेकाले दाबी छोड्नुपर्‍यो। नभएकाहरूलाई अवसर दिनुपर्‍यो’ पौडेलले भने, ‘सबै दल र सबै नेतालाई सम्मान दिने गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक छ।’ राष्ट्रिय सरकार बन्ने अवस्था आए त्यसको नेतृत्व तपाईंले गर्नुहुन्छ भन्ने प्रश्नको जबाफमा पौडेलले भने, ‘म पछि त हट्दिनँ होला।’ राष्ट्रिय सरकार गठन गृहकार्य कहिलेसम्म पूरा होला भन्ने अर्को जिज्ञासामा पौडेलले भने, ‘सात १० दिनपछि होला।’ एमाले अध्यक्ष ओलीसँग पनि पछिल्ला दिनमा एक अमेरिकी कूटनीतिज्ञले बाक्लो भेटवार्ता गरिरहेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE