Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

डोके व्यापारीसँग समेत घुस खान्छन् नगरप्रहरी

पोखरा, पोखरामा चर्चामा रहेको फुटपाथ व्यवस्थापनको विषय बिस्तारै प्रभावहीन बन्दै गएको छ । छरिएर सडकपेटीमा व्यापार गर्नेहरुलाई प्रशासन तथा नगरपालिकाले व्यवस्थापनसहित विस्थापनको नीति लिएर हटाए पनि पुनः सोही समस्या देखिन थालेको छ । पोखराको पृथ्वीचोक, चिप्लेढुंगा, महेन्द्रपुल तथा अन्य व्यापारिक तथा व्यस्त सडकहरुमा डोके तथा अन्य सडक व्यापारीहरु दैनिक रुपमा बढ्न थालेका छन् । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानाको पहिलो प्राथमिकतामा राखिएको फुटपाथ व्यवस्थापनको याे विषयले देखिनेगरी प्रतिफल पाउन सकेको छैन । फुटपाथ व्यवस्थापनका लागि नगरपालिकाको आन्तरिक स्रोत खर्च भैरहेको छ । नगरपालिकासँग हाल भएका स्रोतसाधन र जनशक्ति परिचालन हुँदा फुटपाथ नियन्त्रण सम्भव भए पनि स्वयं नगरप्रहरीकै कारण चुनौती भएको स्रोतले बताएको छ । नगरपालिकाकाले बिदा तथा बिहान–बेलुकाको समयमा पनि ड्युटी मिलाएर नगरप्रहरी खटाउने गरेको छ । तर, फुटपाथमा जाने प्रहरी र फुटपाथ व्यापारीबीचको साँठगाँठका कारण फुटपाथबाट व्यापारीहरु हटाउन नसकिएको रहस्य खुलेको छ । पोखराको चाइना पुलमा बिहानको समयमा तरकारी व्यापार गर्नेहरुसँग नगर प्रहरीले तरकारी लैजाने गरेको एक व्यापारीले बताए । ‘हामीसँग नगरप्रहरीले दैनिक तरकारी लैजान्छन् । अनि कसैलाई देखाउनुपर्यो भने हाम्रा डोका समातेर गाडीमा पनि हाल्छन्’ एक महिला व्यापारीले आक्रोशित मुद्रामा प्रश्न गरिन्– ‘हामीले फ्रिमा दिएको तरकारी खाएर हामीमाथि नै जाइलाग्न मिल्छ ?\' नगरप्रहरीले फुटपाथे व्यापारीहरुसँग लगेको सागको गुन्द्रुक बनाएर सोही स्थानमा ल्याई बिक्री गर्नेगरेको समेत त्यहाँका व्यापारीहरुले बताएका छन् । सित्तैंमा साग लगेर फेरि आफूहरुकहाँ नै बिक्रीका लागि गुन्द्रुक लिएर आउनेगरेको उनीहरुले जानकारी दिए । नगरप्रहरीले यसरी सामान्य तरकारी र साग समेत घुस खान थालेपछि फुटपाथ व्यवस्थापनमा समस्या देखिएको सर्वसाधारणको गुनासो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending