Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

आयातित बिरामीबाट औलोको जोखिम कायमै

 

चितवन । चितवन जिल्ला औलोबाट सुरक्षित बन्दै गएपनि आयातित बिरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । विश्व औलो दिवसका अवसरमा ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने मूल नाराका साथ आज चितवनमा भएको पत्रकार अन्तक्र्रियामा बोल्दै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जोखिम कायमै रहेको भन्दै लामखुट्टेबाट बच्न आग्रह गरे । भरतपुर महानगरको सहकार्यमा जनस्वास्थ्य कार्यालयले आज उक्त कार्यक्रम गरेकोे हो । यो रोग मान्छेबाट मान्छेमा नसर्ने भए पनि संक्रमित मानिसमा लामखट्टेले टोकेर अर्काे मान्छेलाई सार्न सक्छ । चितवनमा गएको एक वर्षमा दुई हजार १४३ जनाको परीक्षणमा ११ जनामा औलो रोग देखिएको छ । संक्रमितमध्ये १० जना बिरामी बाहिर देशबाट रोग लागेर आएको पाइएको केसीले बताए । अघिल्लो वर्ष १६ जनामा रोग देखिएको थियो । एकजना मात्रै बिरामी नेपालभित्रै रोग संक्रमण भएको (स्थानीयवासी बिरामी) पाइएको उनले बताए । रोग लाग्नुअघि एक महिनाको अवधि देशभित्रै भएको व्यक्ति स्थानीयवासी र बाहिरबाट आएकालाई रोग लागेमा आयातित भनिन्छ । जसमध्ये भरतपुर महानगरपालिकाका तीन जना, कालिका नगरपालिका र माडी नगरपालिकाका एक/एक जना गरी पाँचजना चितवनका बिरामी भए पनि अरु बिरामी भने बाह्य जिल्लाबाट उपचारका लागि चितवन आएकामा रोग भेटिएको हो । विगतमा औलो प्रभावित जिल्ला भनेर चिनिने चितवन पछिल्लो समयमा भने सुरक्षित बन्दै गएको छ ‘एनोफ्लिज’ नामको संक्रमित लामखुट्टेबाट रोग सर्ने भएकाले झुल प्रयोगलाई बढाउनुपर्नेमा जनस्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद महतोले जोड दिए । रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाडो भएर कम्पन हुने, पसिना आउने र थाकेको महसुस हुन्छ । नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त देश बनाउने लक्ष्य लिएको छ । सन् २०१८ मा बिरामीको संख्या ९० प्रतिशत घटाउने सरकारी योजना पूरा गर्न सबै क्षेत्रबाट सक्रियता हुनुपर्ने भरतपुर महानगरपालिका उपसचिव खडानन्द अधिकारीले बताए । कार्यक्रमको उद्देश्यबारे महानगरका स्वास्थ्य शाखा प्रमुख जीवन श्रेष्ठले जानकारी दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending