Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रचण्ड भन्छन्-नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताएका हुन् । अध्यक्ष प्रचण्डले भने“मैले चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुरामा होस् या चीनका राष्ट्रपति सि जिङ् पिङ्सँगको कुरामा होस् मैले भनेको छु तपाइँहरु एक्लै विकास गर्छु भनेर बीचमा भएको नेपाललाई छोड्दिनुभयो भने तपाइँहरुको विकास पूर्ण हुनेवाला छैन ।” अध्यक्ष प्रचण्डले छिमेकी दुई देशको विकासको पूर्णताका लागि पनि नेपाल सबैभन्दा बढी लाभान्वित हुनुपर्ने बताए । पछिल्लो समय दुबै देशसँगको सम्बन्ध थप सुमधुर बन्दै गएको उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आम नेपालीलले सत्ता पक्ष, प्रतिपक्ष, मधेशी, पहाडी, हिमाली सबै मिलेर एकपटक विकासका लागि संकल्प गर्ने बेला आएको बताए । आठ/दश वर्षमात्रै देशको विकास र सुशासनतिर केन्द्रीत भएर लाग्न सक्यो भने सबैलाई उछिन्ने सम्भावना रहेको दाहालले बताए । ७० वर्षदेखि प्राप्त गर्न नसकेको चिज यतिबेला प्राप्त भएको भन्दै उनले स्थिरताको सम्भावना मात्रै होइन जगसमेत बसिसकेको बताए । संवैधानिक रुपले, राजनीतिक रुपले, हरेक दृष्ट्रिकोणले नेपालमा अब स्थिरता कायम भएको उनले बताए । उनले भने “कसैलाई कुनै पनि प्रकारको अतिवादतिर जाने अब कुनै ठाउँ छैन, सबै मूलधारतर्फ केन्द्रित हुनुपर्छ”। कार्यक्रममा उनले शिक्षा स्वास्थ्य र रोजगारी जनताको नैसर्गिक अधिकार भएको भन्दै सरकारले यसलाई विशेष जोड दिने बताए। नेपाल नेत्रज्योति संघले स्वास्थ्य, शिक्षासँगै अनुसन्धानात्मक काम गरिरहेको भन्दै उनले प्रशंसा गरे । सो अवसरमा प्रदेशसभा सांसद विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले पनि बोलेका थिए । संघका केन्द्रीय अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रले नेपालमा १८ अस्पताल र ८४ उपचार केन्द्रमार्फत आँखा उपचार सेवा दिँदै आएको बताए । मिश्रका अनुसार एक वर्षमा करिब तीन लाख ५० हजारको शल्यक्रिया र ३५ लाखलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति संघका कोषाध्यक्ष चिजकुमार मास्केले देशका ३८ जिल्लामा संघका कार्यालय रहेको बताए । मास्केले दुई दिनसम्म हुने विधान अधिवेशन महत्वपूर्ण भएको भन्दै देशभरबाट झण्डैं २२५ जना प्रतिनिधि सहभागी भई विधान संशोधनसँगै गतवर्ष दिइएको अधिकार अनुरुपका कामका विषयमा छलफल र आउँदो वर्षको बजेट अनुमोदन गर्दै भावी कार्ययोजनाका बारेमा पनि छलफल गरिने बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending