Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मत्स्येन्द्रनाथको जात्रा सम्पन्न गर्न झण्डै ७० लाख लाग्ने

ललितपुर । रातो मत्स्येन्द्रनाथको खर्च यो वर्ष झण्डै रु ७० लाख पुग्ने भएको छ । रथ निर्माणका लागि विभिन्न काममा झण्डै रु ५० लाख र मत्स्येन्द्रनाथका सेवक (रकमे) को खान्कीमा झण्डै २० लाख गरेर रु ७० लाख पुग्ने अनुमान गुठी संस्थान ललितपुर शाखाको छ । वर्षेनी पाँचदेखि १० प्रतिशतको हाराहारीमा खर्च बढ्ने शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए । डोरी र बेतमा वर्षेनी पाँच प्रतिशतका दरले रकमेको ज्याला पनि बढिरहेको छ । यस वर्ष यँवाल र बाराहीको ज्याला १० प्रतिशतले वृद्धि भएको छ । पुल्चोकस्थित रथ निर्माणमा काम गर्नेहरुको खाजा खर्चमा झण्डै ३० देखि ४० प्रतिशत बढेको जानकारी दिंदै उनले बताए । मत्स्येन्द्रनाथको जात्रा अघिदेखि जात्राको अवधिभर विभिन्न काम गर्नेहरूलाई शाखाले खान्की र पारिश्रमिक दिँदै आएको छ । यहाँको कतिपय रकमेका लागि छुट्याइएको जग्गा पहिले रैकर हुँदा गुठीले उनीहरुलाई खान्की दिने गरेको छ । जग्गा हुने रकमेमध्ये केहीले आफैँ मोहीसँग कुत बुझ्ने गरेका छन् भने कतिले गुठीमार्फत लिन्छन् । मत्स्येन्द्रनाथ गुठी पशुपतिनाथ गुठीपछि सबैभन्दा बढी जग्गा र सम्पत्ति भएको गुठी हो तर कतिपय जग्गा कहाँ छ पत्ता नलाग्नु, कति दर्ता हुन बाँकी हुनु र कतिपय रैकर भइसकेकाले आम्दानी कम भएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies