Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बारपाकीको सन्देश: हामी बारपाक फेरी बनाउँछौं

वैशाख १२ गतेको विनाशकारी भूकम्पले केन्द्रबिन्दु बनाएर तहसनहस बनाएको उत्तरी गोरखाको प्राचिन बारपाक बस्तीलाई राज्यले त्यहाँबाट अन्तै सार्ने हल्ला चलेपछि बारपाकबासीले भनेका कुरा हुन् यी । ‘हामी सर्दैनौं बरु यसलाई नै फेरी निर्माण गरेर आधुनिक बारपाक बनाउँछौँ’ बारपाक बासी भन्छन् – ‘छुट्टिएर बस्ने त झनै कल्पना पनि गर्दैनौं ।’ यो अरु केहि नभएर बारपाकबासीको एकताको आवाज हो । मानवीय प्रेमको प्रतिबिम्ब हो । गुरुङ, घले र दलित जातिको बसोबास रहेको बारपाक गाउँ वरिपरिका ठूल्ठूला भीर र डाँडाहरुको बिचमा यसरी सजिएको छ कि लाग्छ ‘हजारौँ काँडाहरुले घेरिएको हाँगाको टुप्पोमा फुलेको एउटा गुलाब हो बारपाक ।’ जति सुन्दर ठाउँ छ त्यति नै सुन्दर छन् मनहरु । त्यहाँ पुग्दा लाग्छ आहा ! वास्तविक नेपाल यही हो । धर्म के हो ? बारपाक गएर सिकौं । सञ्चार माध्यममा भूकम्प आएपछि चर्चा पाएको विषय ‘राहतमा क्रिष्चियन धर्मको बाइबल आयो’ भन्ने कुरा पनि एक हो । ‘बाइबल पठाउनेका प्रभूको धर्म के हो ?, राहतसँगै बाइबल आयो भनेर दिन रात आलोचना गर्नेका भगवानको धर्म पनि के हो ?’ ती धर्मका भक्तहरुलाई ‘एकपटक बारपाक पुगेर सिक’ भन्नूपर्ने अवस्था छ बारपाकको । बारपाकीले धेरै सिकाउने छन् । सिक्ने मगज भएकाहरुलाई । करिब १४ सय घर परिवारको बाक्लो बस्ती भएको बारपाकमा मुख्य गरी तीनवटा धर्म मानिन्छन् । पहिलो हिन्दु, दोश्रो बौद्ध र तेश्रो हो क्रिष्चियन । तर यो कुरा त्यहाँका बालबालिका त के युवा युवती र वृद्धवृद्धाले पनि कहिल्यै महसुस गरेका छैनन् । धर्म पनि आफ्नो र पराईको हुन्छ भन्ने बारपाक वासीले थाहा पाएका छैनन् । एकता र मानवता नै धर्म हो भन्ने मात्रै उनीहरुले जानेको धर्मको अन्तिम सत्य हो । एउटै कुलमा पनि कोही लामा कोही क्रिष्चियन त कोही हिन्दु धर्म मान्छन् । गाउँकै हिमालय उमाविमा अध्ययन गर्ने १९ वर्षीया मनिता घलेलाई चर्च जान कसैले रोकेको थाहा छैन उनलाई । ‘बाजेको पछि पछि सधैं चर्च जान्छु तर ‘पे्र गर्न भने म बस्दिनँ’ उनले भनिन्–‘काका सँगै लामाले पाठ गरेको पनि सुन्न जान्छु, कसैले नजाउ भन्दैनँ ।’ तर उनको आफ्नो परिवारले मान्ने धर्म भने हिन्दु हो । कोट देवतामा प्रत्येक वर्ष राँगाको बलि दिँदा पनि उनी त्यहाँ पनि पुग्छिन् । करिब ३३ वर्ष अघिदेखि शिक्षक पेशामा कार्यरत लोक बहादुर घलेको अनुभव झनै रमाइलो छ । ‘सानो छँदा जहाँ पनि दक्षिणा र चामल लिएर जानु पथ्र्याे,’ उनी भन्छन्–‘पुजा गर्ने ठाउँमा खीर खान पाइन्थ्यो अनि त जहिले पनि आफैं जान्थें ।’ यसरी नै सबै मानिस सबैको पुजा–आजामा सामेल हुन्छन् तर आ–आफ्नो धर्मको प्रक्रियाबाहेक अरु विधि र प्रक्रियामा भने उनीहरु सामेल हुँदैनन् । यो उनीहरुको वर्षौं देखिको चलन हो । त्यतै सिक्न पाइन्छ नडगमगाउने आत्मविश्वास ! बस्ने घरहरु भूकम्पका धक्काहले सबै ढुँगाको रासमा परिणत भइसक्दा पनि बारपाकीको आत्मविश्वास भने अझैँ सग्ला घरजस्तै छन् । आत्मनिर्भरता उनीहरुको परिचय हो, परनिर्भरता होइन । विनाशकारी भूकम्पले खण्डहर बनाएको बारपाकलाई उनीहरुले दुइवर्ष भित्र ठड्याउने चित्र कोरेका छन् । ‘धेरैमा पाँच वर्ष लाग्ला,’ स्थानीय बुद्धिजिवी मोहन घले भन्छन् – ‘अब नयाँ र बलियो घर बनाउने हो ।’ त्यत्रो विपदमा पनि कोही मानिस हतास देखिँदैनन् । विपद आयो, सामना गर्नुपर्यो भन्ने उनीहरुलाई राम्रैसँग थाहा छ । कोही उद्धार, राहत र रिपोर्टिङ आदि काममा बारपाक आउने अतिथीलाई कालो चिया भएपनि खुवाएर पठाउँछन् । क्यामेराको लेन्स तेर्साउने बित्तिकै मन्द मुस्कान छर्छन् । साना नानिबाबु ‘नमस्ते !’ भन्दै दुई हात जोडेर स्वागत गर्छन् । उद्धार गर्न भनेर पाल टांगेर बसेको भारतीय सेना हिमालय उमाविको मैदानमा क्रिकेट खेलेर समय बिताइरहँदा दुधे बालक काखमा च्यापेका महिला र वृद्धवृद्धाहरु भग्नावशेषमा पुरिएको अन्नबाली निकाल्न व्यस्त देखिन्छन् । उद्धार गर्न आएका सबैलाई उनीहरुले धेरै सहयोग गरेको भनेर प्रशंसा गर्न पछि पर्दैनन् । तर आफैं भग्नावशेष पल्टाएर काम गरिरहेको देख्दा लाग्छ उनीहरुले बारपाकमा गएर क्रिकेट खेल्ने भारतीय सेनाका जवानहरुलाई गिज्याई रहेका छन् । उनीहरु गुनासो भन्दा बढी काम चाहन्छन् र आफैं गरिरहन्छन् । चौबिसै घण्टा उज्यालो   बिहानी सूर्यको पहिलो किरण सँगै उज्यालोको ज्योती पुग्ने पर्यटकीय सम्भावनाको धरोहर बारपाकको अर्को विशेषता हो – ‘कहिल्यै लोडसेडिङ नहुनु’ । किनकी त्यहाँ काठमाडौंको हालिमुहाली चल्दैन । र नेपाल विश्वमै जलश्रोतको दोश्रो ठूलो धनि देश हो त्यसैले भारतबाट दलाली गरेर किनेको बिजुली बारपाकमा बल्दैन । ‘विर बहादुर दाइको देन नै पहिलो हो,’ मोहन घले भन्छन् – ‘उनले नै योजना बनाएर सबैको सहयोगमा बनाएको हाइड्रोपावरले कहिल्यै अँध्यारो देख्नु परेन ।’ समाजसेवी विर बहादुर घलेले गाउँकै खोलाबाट हाइड्रोपावरको योजना बनाएर सम्पूर्ण बारपाक बासीलाई एकसय ४० रुपैयाँले महिना भरि चौबिसै घण्टा विद्युत उपलब्ध गराएपछि उनीहरुले कहिल्यै अँध्यारोको अनुभव गर्नुपरेन । तर विनाशकारी भूकम्पले सबै तहसनहस पारेपछि यहाँ दिउँसै अँध्यारोे भएको छ । फ्रान्सको एउटा सोलार कम्पनीले विभिन्न ठाउँमा राखिदिएको सोलारको उज्यालोले बारपाक बस्तीको एक कुनो पनि राम्रोसँग देखिए जस्तो मान्दैनन् । २० वर्षको कलिलै उमेरमा भिक्टोरिया क्रस पाएर विश्वसामु नेपाललाई चिनाएका गजे घलेको गाउँका धेरैजसो पुरुषहरु लाहुरे पेशामा आवद्ध छन् । ब्रिटिस र इन्डियन आर्मीका ठूला तहसम्म पुगिसकेका बारपाकी लाहुरेहरुको एकताले फेरी पनि बारपाक पुरानै अवस्थामा पुग्न धेरै समय त लाग्ने छैन तर त्यसमा राज्यको भूमिका के हुने हो त्यसले भने फरक पार्न सक्छ । आफ्नै पहिचान सुन्दरता बोकेको बारपाकको विपदमा सहयोग पुराएर विकाशको बाटोमा लानुको सट्टा केही बुद्धीजीवीहरुले त्यहाँको बस्ती नै सार्नुपर्छ भन्नु जायज पक्कै छैन । अन्दाजको भरमा बारपाकमा बस्ती नै बस्न लायक छैन भनेर हल्ला पिटाइरहेकाहरुलाई भूगर्भविध तथा प्राध्यापक डा. डि. पी. अधिकारीले केही स्थानका घरहरुलाई व्यवस्थापन गर्नुपर्ने बाहेक बस्ती बस्न लायक नै नभएको भन्ने कुरा गलत भएको भन्दै चुनौती खडा गरिदिएका छन् । सामान्यतया हेर्दा त प्राकृतिक दृष्टिकोणले ठाउँ निकै भयानक छ । तर प्रकृतिलाई आवश्यक पर्ने रुख बिरुवाहरु रोप्ने हो र भइपरि आउने यस्तै विपदको सामनाका लागि दीर्घकालीन योजनाहरु बनाउने हो भने प्राचिन मानवीय संस्कार र संस्कृतिको धरोहर र प्रकृतिको सुन्दर उपहार बारपाकलाई जोगाइ राखेकै राम्रो । प्रयास गरेमा यो विश्व पर्यटनको केन्द्र पनि बन्न सक्छ । एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भने झैँ ‘मुख्य प्राचिन बस्ती बारपाकलाई पुरानै ठाउँमा पुरानै सांस्कृतिक शैलीमा तर आधुनिक र सुरक्षित प्रविधिका साथ पुर्ननिर्माण ’ गरौँ । र सिकौँ बारपाकको धर्म, बारपाकको मानवता, बारपाकको संस्कृती र मानवीय एकताको वास्तविक रुप ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies