Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

राहत लिएर आएका राष्ट्रसंघका कर्मचारी चरेससहित पक्राउ

काठमाडौं, भूकम्पपीडितका लागि राहत लिएर नेपाल आएका राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का कर्मचारी चरेससहित पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–डब्लुएफपीको तान्जानियामा लजिस्टिक अफिसरका रूपमा कार्यरत जर्मन नागरिक इजमाइल अमिर एलमाहीलाई प्रहरीले बिहीबार चरेससहित पक्राउ गरेको हो । नेपालबाट फर्कने क्रममा प्रहरीले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । ५७ वर्षीय एलमाहीको साथबाट साढे ६ ग्राम चरेस बरामद भएको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का एसपी धीरजप्रताप सिंहले बताए । ‘जिन्सको खल्तीमा लुकाइएको अवस्थामा चरेस बरामद भएको हो,’ उनले भने, ‘आफूले गाँजा र चरेस सेवन गर्ने गरेको उनले स्विकारेका छन् ।’ राष्ट्रसंघको पासपोर्ट नम्बर ए ५६९६८५ लिएर २७ अप्रिलमा उनी नेपाल आएका थिए । उनी डब्लुएफपीको मुख्य कार्यालयबाट राहत सामग्री लिएर आएका थिए । फर्कने क्रममा चरेस लिएर जान खोज्दा उनी पक्राउ परेका हुन् । थोरै मात्रामा बरामद भएकाले तस्करीभन्दा सेवनको उद्देश्यले उनले चरेस बोकेको हुनसक्ने प्रहरीले जनाएको छ । विमानस्थलको ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट ब्युरोका इन्स्पेक्टर प्रेम शाहीले एलमाहीलाई पक्राउ गरेका थिए । जिन्स पाइन्टको दायाँतर्फको सानो खल्तीमा पोको पारेर उनले चरेस राखेका थिए । उनलाई थुनामा राखी कारबाही अघि बढाइएको छ । एलमाही काठमाडौंबाट तान्जानियाको राजधानी दारेसला जाँदै थिए । १४ वर्षदेखि उनी डब्लुएफपीमा काम गर्दै आएका छन् । उनका बुबा सोमालियन र आमा जर्मन हुन् । जर्मनीमै जन्मिएकाले उनले जर्मनीको नागरिकता पाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending