Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

होइन, कति छ हँ प्रचण्डको स्मरणशक्ति ?

आरुघाट (गोरखा), एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको आरुघाट पुग्दा उनलाई लिन स्थानीयहरु बजारको वल्लो छेउसम्मै आएका थिए । खादा लगाएर स्थानीयले स्वागत गरेदेखि पैदलै हिँडे प्रचण्ड । उनलाई लिन पार्टीका नेताहरुभन्दा पनि स्थानीयहरु आएका थिए । ०३३ सालतिरका प्रचण्डका डेरावाल, पुराना घरबेटी थिए– बेलाबेलामा अँगालो मार्थे । सँगै उनका उतिबेलाका सहकर्मीहरु पनि भेटिन थाले । तल चउरमा वृद्धाश्रम थियो । उनी एकैछिन पसे र भूकम्पले पुर्याएको क्षतिबारे जानकारी मागे । सेनाको एउटा टुकडी पाल टाँगेर बसेको रहेछ, हालखबर सोधे; अप्ठ्यारा–साघुँरा बुझे । काठेपुल तरेर पारिको पुरानो बजार उक्लेपछि भटाभट सोध्न थाले प्रचण्डले– ‘यो फलानोको घर होइन ?’ उत्तर दिए उनै पुराना घरबेटी भुवन श्र्रेष्ठले। लगत्तै उनी नाम लिएरै तिनको हालचाल बुझ्थे, भुवन उत्तर दिन्थे । कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्र्रेष्ठको घरअगाडि पुगेपछि प्रचण्डले नै देखाए– ‘यो चिनकाजीजीको घर होइन ?’ सचेतक श्र्रेष्ठको पहेंलो रंगको घर बाहिरबाट हेर्दा जस्ताको तस्तै थियो । ‘हो’ भने स्थानीयहरुले । लगत्तै, चिनकाजीका भाइको खबर बुझे । उनी यतै कतै भएको बताए स्थानीयहरुले । एकछिन खोजे प्रचण्डले चिनकाजीका भाइलाई, भेटिएनन् उनी । अलि अघि पुगेपछि पत्रकारतिर इंगित गर्दै ०३३ सालमा आफूले डेरा लिएर बसेको घर देखाए । ‘यही घरमा डेरा लिएर बसेको थिएँ ।’ फोटो खिँचे पत्रकारहरुले । अघिल्लो घरका एक स्थानीयलाई बोलाए । प्रचण्डले बोलाएपछि भित्र कतै भएका उनी निस्किए । र, एकैचोटि अँगालो मार्न पुगे, आफ्ना पुराना मास्टर प्रचण्डलाई देखेपछि । बजारभर प्रचण्डको यो क्रम चलिरह्यो । पाका उमेरका स्थानीयहरु आफ्ना पुराना कृषि मास्टर प्रचण्डलाई भेट्न पाउँदा खुशीसाथ सँगसँगै कुदिरहेका थिए । उतिबेला चिनेका र संगत गरेकाहरुसँग प्रचण्ड उस्तै व्यवहार गरिरहेका थिए, जब गाउँको एउटा छोरो एकाध वर्षपछि लाहुरबाट फर्किन्छ । केही बच्चाहरु उनका पछि कुदिरहेका थिए, प्रचण्डलाइ हेर्न र उनको बोली सुन्न । उही भीडमा पाकाहरु पनि थिए, आफ्ना पुराना मास्टर पाएको खुशीमा । आरुघाट बजार सग्लो थिएन । अधिकांश घरहरु लडेका थिए । ढलान घरहरु फुटेर छियाछिया भएका, बम ब्लास्टपछिका घरजस्ता । कति घरका गाह्रो लथालिङ्ग थिए त कति घरका पिलरै लर्केका । लगातार हिँडिरहे प्रचण्ड । भीमोदय माविको प्रांगणमा पुगेपछि एकछिन टोलाए उनी । ‘यही हो मैले पढाएको स्कुल’– पत्रकारहरुलाई भने । पसिनाले चुरचुर भएका प्रचण्ड एकछिन पनि नरोकिई थाले स्कुलको निरीक्षण गर्न । प्रांगणमा उनीसँग हात मिलाउन आइपुगे एक पाका मानिस । यसो हेरे र भने– ‘तपाईं कृष्णप्रसाद खनालजी होइन ?’ उनले ‘हो’ भन्नेबित्तिकै प्रचण्डले अरुलाई चिनाए– ‘उहाँ स्कुलको पियन हुनुहुन्थ्यो, उतिबेला ।’ ती पाकासँग प्रचण्डले सोधे, उनका बालबच्चाबारे । ‘सँगै पढा’का हामीले...’ एक पाका मास्टर भेटिएपछि प्रचण्डले भने । सोधे– ‘पढाइरहनुभएको छ ?’ साँच्चै नै अझै पो पढाइरहेकै रहेछन् उनी । उनले उतिबेला चिनेका जति सबैको नाम लिए कार्यक्रममा । उनीहरुसँगको दोस्ती बताए । लाग्थ्यो, प्रचण्ड त्यही गाउँका हुन् र केही वर्षपछि नायक भएर सोही गाउँ फर्किएका छन् । स्थानीयहरु बेलाबेला पुग्थे र अंकमाल गर्थे प्रचण्डसँग । आफूसँग भेट्न आउनेलाई नरोक्न उनले सुरक्षाकर्मीलाई भन्थे । प्रचण्डले खाना खाए । त्यसपछि स्कुल बनाउँदै गरेका आफ्ना नेताहरु जनार्दन शर्मा र हितराज पाण्डेलगायतलाई सघाए एकैछिन । फेरि उकालो लाग्यो प्रचण्डको टोली । अलि माथि, उनैले देउसी खेलेर बनाएको अर्को स्कुलमा पुगे । उसैगरी गाउँलेहरुसँग सौहाद्र्रता देखाए । उनलाई चिन्नु कुनै नौलो कुरा थिएन । तर, हामी पनि अचम्म मानिरहेका थियौं– झन्डै ३६ वर्षपछि भेटेका गाउँलेहरुलाई प्रचण्डले भटाभट चिनिरहेका थिए । उनले देउसी खेलेर बनाएको स्कुलको भग्नावशेष मात्रै बाँकी थियो । अलि तल झरेर ५१ बन्डल जस्तापाता स्कुललाई हस्तान्तरण गरे । उतिबेला प्रचण्डलाई औधि माया गर्ने एक घरमा छिरे उनी । काठमाडौंमा भूकम्पमा परेर उनकी एक छोरी र नातिको मृत्यु भएको रहेछ । प्रचण्डलाई देख्नासाथ छाँद हालेर रुन थालिन् त्यस घरकी दिदी । प्रचण्डले सम्झाए । उनकी छोरीलाई सम्झिए । कुनै बखत तिनै छोरीले पकाएको खाना काठमाडौंमा खाएका रहेछन् प्रचण्डले । प्रचण्डका पुराना गोरखाली घरबेटी भुवन श्र्रेष्ठ घरछेउमा निस्केर थालीमा लिची बोकेर उभिएका । सबैलाई लिची बाँडे उनले, प्रचण्डले पनि समाते आफ्ना पुराना घरबेटीले बाँडिरहेको लिची । ठीक यसैबेला गए चुनावताका घाइते भएका एक कार्यकर्ताबारे शायद उनको दिमागले ‘क्लिक’ गर्र्यो । उनीबारे प्रचण्डले सँगै हिँडेका एमाओवादी सभासद छमबहादुर गुरुङसँग सोधे । ‘यहीं अलिक तल...’ सुनेपछि झरे उनलाई भेट्न प्रचण्ड । भेटे । परिवारका सदस्यहरुसँग फोटो खिँचाएपछि काठमाडौं फर्कियो उनको टोली । सबलाई हैरान पार्ने एउटै कुरा थियो– ‘होइन, कति छ हँ प्रचण्डको स्मरणशक्ति ?’ [caption id=\"attachment_21036\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ अाफूले पढाएकाे भीमाेदय माविमा अस्थायी टहरा निर्माण गरिरहेकाे एमाअाेवादी टाेलीलाइ सघाउँदै[/caption] [caption id=\"attachment_21038\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ आरुघाट बजारको मुखैमा रहेको काठेपुल तर्दै[/caption] [caption id=\"attachment_21039\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ स्थानीय साथीको घर देखाउँदै[/caption] [caption id=\"attachment_21037\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ भूकम्पमा परिवारका २ सदस्य गुमाएकी ०३३ सालमा आफूले पढाउँदा असाध्यै माया गर्ने स्थानीय नारायणी श्रेष्ठलाई सान्त्वना दिँदै[/caption] [caption id=\"attachment_21041\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ भीमोदय उच्च माविमा जनतासँग भलाकुसारी गर्दै[/caption] [caption id=\"attachment_21040\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ आफू शिक्षक छँदा विद्यालयमा सहायकको काम गर्ने कृष्णप्रसाद खनाल मञ्चमा उक्लनासाथ प्रचण्डले सोधे– तपाईं उतिबेला यही स्कुलमा काम गर्ने कृष्णप्रसाद खनालजी होइन ?[/caption] [caption id=\"attachment_21032\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ ३३ सालताकाकै सहकर्मी शिक्षकसँग भेट भएपछि खुशी साट्दै[/caption] [caption id=\"attachment_21033\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ डेराअगाडिका घरबेटीसँग भलाकुसारी गर्दै[/caption] [caption id=\"attachment_21034\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ उतिबेला प्रचण्डले पढाएको भीमोदय मावि[/caption] [caption id=\"attachment_21042\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ आफ्नै पहलमा देउसी खेलेर स्थापना गरिएको भूकम्पबाट भग्न विद्यालयलाई जस्तापाता वितरण गर्दै[/caption] [caption id=\"attachment_21043\" align=\"alignnone\" width=\"640\"]\"Aarughat_Prachanda_ ०३३ सालमा शिक्षक छँदा प्रचण्डले डेरा लिएर बसेको पहेंलो घर[/caption]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies