Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

र, यस्तो पनि ! सौतेनी आमासँग बिहे, बाबु जन्ति गए

यो घटना सन् २०१४ को हो । लामो समयसम्म चलेको कानुनी विवादपछि फ्रान्समा एक जना व्यक्तिले आफ्नी सौतेनी आमासँग बिहे गरेका छन् । फ्रान्सको मेट्ज सहरको उत्तर–पूर्वी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी पूर्व सौतेनी आमा ४८ वर्षीया एलिजाबेथ लरेत्जसँग बिहे गरेका हुन् । बिहेमा दर्जनौँ पाहुना निम्त्याइएका थिए र जन्त जानेमध्येमा दुलहीका पूर्वपति अर्थात् दुलाहाका बाबुसमेत सहभागी थिए । फ्रान्सको कानुनले सौतेनी सन्तान र सौतेनी आमाबाबुका कुनै पनि किसिमको विवाह गर्ने स्वीकृति दिएको छैन तर अदालतले भने यो जोडीलाई बिहे गर्ने स्वीकृति दिएको छ । यस जोडीका बारेमा फ्रान्सका तत्कालीन राष्ट्रपति फ्राँसुवा ओलन्दको कार्यालयले समेत चासो प्रकट गरेको थियो । स्थानीय अदालतले बिहेको पक्षमा निर्णय सुनाएपछि दुलही लरेत्जले भनिन्, ‘यो हाम्रालागि सबैभन्दा महत्वपूर्ण दिन हो ।’ एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै उनले भनिन्, ‘मजस्तै अवस्थाबाट गुज्रिने कयौँ जोडीका लागि यो निर्णयले राहत दिनेछ । मलाई थाहा छ, मजस्तै अवस्था भोग्ने यहाँ कयौँ छन् ।’ उनका पूर्वपति तथा हालका ससुराले यो कानुनी लडाइँमा सधैँ साथ दिएको समेत जानकारी गराएकी छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending