Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

प्रधानमन्त्रीले यसरी अचम्मित बनाए

काठमाडौं, प्रधानमन्त्रीसुशील  कोइरालाले मैदानभित्र थोरै समय बिताउने अनुमान लगाइएको थियो । भूकम्पीडितको सहयोगको लागि नयाँ पत्रिका दैनिकले गरेको राजनीतिक दलको शीर्षस्थ नेतृत्व र कलाकर्मीबीचको खेलमा प्रधानमन्त्रीले अचम्म र धेरैले नसोचेको व्यवहार र स्कील मैदानमा देखाए । शीर्ष नेताका कप्तानसमेत रहेका कोइराला कम्तीमा पाँच मिनेट खेल्छन् । त्यसपछि उनी बाहिरिनेछन् । शीर्ष नेताबाट सहभागी पहिलो–११ का नेताहरूले आफ्ना कप्तानलाई यस्तै सुझाब दिएका रहेछन् । तर, प्रधानमन्त्रीले सबैलाई अचम्म नै पारे । ११ नम्बरको हरियो जर्सी लगाएका कोइराला ठ्याक्कै २५ मिनेट मैदानभित्र उभिए । त्यो पनि मुख्य स्ट्राइकरकै रूपमा उनले प्रतिस्पर्धा गरे । खेलको दश मिनेटपछि प्रशिक्षक हरि खड्काले प्रधानमन्त्री कोइरालालाई बाहिर आउन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री कोइरालाले मानेनन् । कोइरालाले प्रशिक्षक खड्कालाई थप पाँच मिनेट प्रतिस्पर्धा गर्न चाहेको बताए । ‘मलाई डर लागिरहेको थियो, प्रधानमन्त्रीज्यूलाई केही होला भन्ने, उमेर र चर्को घामका कारण केही पनि हुन सक्छ,’ शीर्ष नेताका प्रशिक्षक खड्काले भने, ‘मलाई पाँच मिनेट खेल्छु भन्नुभयो, मैले हुन्छ भनेँ ।’
चारै दिशामा हात हल्लाउँदै प्रधानमन्त्री कोइराला मैदानबाट बाहिरिए । प्रधानमन्त्री कोइरालालाई सबैले ताली बजाउँदै स्वागत गरे । बाहिरने क्रममा पनि कोइरालाको ध्यान मैदानमै थियो
१५ मिनेट बितिसक्यो । तैपनि प्रधानमन्त्री कोइरालाले मैदानबाट बाहिरिने सुरै देखाएनन् । बरु झन् उनी जोसिँदै बल लिने प्रयास गर्ने र गोल गर्न अगाडि बढिरहे । कलाकारले शीर्ष नेतातर्फ बल लगिरहँदा प्रधानमन्त्री कोइराला कलाकारतर्फको डिबक्समा ‘एक्सरसाइज र वार्मअप’ गरिरहन्थे । खेलको १७औँ मिनेटमा झन्डै प्रधानमन्त्री कोइरालाले शीर्ष नेता टोलीलाई १–० को अग्रता दिलाइसकेका थिए । डिबक्सभित्र खाली पोस्टमा उनले बल छुन नसक्दा सबै स्तब्ध भए । त्यसवेला हल्चोक मैदानमा यस्तो शब्द गुञ्जमान भयो, ‘उफ’ । खेलको २०औँ मिनेटमा कलाकारको डिबक्सभित्र प्रधानमन्त्री कोइरालाको दायाँ खुट्टामै बल आएको थियो । तर, उनको प्रहार फितलो भयो । कलाकारका गोलरक्षक सुनीलले सहजै प्रधानमन्त्री कोइरालाको प्रहार बचाउ गरे । ‘२० मिनेट उहाँ (सुशील)ले खेलिसक्दा बाहिर ल्याउनुपर्ने सुझाब आएको थियो, त्यो उमेरमा २० मिनेट खेल्नु सानो कुरा होइन,’ शीर्ष नेताका प्रशिक्षक खड्काले भने, ‘यसपछि हामीले थप पाँच मिनेट दियौँ ।’ खेलको २५औँ मिनेटमा शीर्ष नेताको बेन्चबाट प्रधानमन्त्री कोइरालालाई बाहिर आउनुस् भनी आग्रह भयो । तर, टाढैबाट उनले आफू अझ खेल्ने संकेत दिइरहेका थिए । एमालेका युवा नेता योगेश भट्टराई प्रधानमन्त्री कोइराला भएकै स्थानमा पुगे । भट्टराईको धेरै आग्रहपछि कोइराला बाहिरिए । चारै दिशामा हात हल्लाउँदै प्रधानमन्त्री कोइराला मैदानबाट बाहिरिए । प्रधानमन्त्री कोइरालालाई सबैले ताली बजाउँदै स्वागत गरे । बाहिरने क्रममा पनि कोइरालाको ध्यान मैदानमै थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies