Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

जसले १६ बुँदे ऐतिहासिक सहमति सम्भव बनाए

काठमाडाैं, गत चैत अन्तिम सातादेखि कांग्रेस, एमाले र एकीकृत माओवादीका दोस्रो पुस्ताका चारचार नेताहरूले यसको गृहकार्य गर्दै आएका थिए। त्यसका लागि कांग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला, कानुन तथा न्यायमन्त्री नरहरि आचार्य, वन तथा भूसंरक्षणमन्त्री महेश आचार्य, नेताद्वय राधेश्याम अधिकारी र रमेश लेखक, एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण पौडेल र नेताद्वय सुरेन्द्र पाण्डे र अग्नि खरेल, एमाओवादीका तर्फबाट महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, सचिव वर्षमान पुन र नेताद्वय गिरिराजमणि पोखरेल र शक्तिबहादुर बस्नेत सक्रिय थिए। उनीहरूले दिएको रिपोर्टकै आधारमा प्रमुख चार दलका शीर्ष नेताहरूले सात वर्षदेखि थन्किएको संविधानका विवादित विषयमा सहमति जुटाएका हुन्। सहमतिभन्दा १२ घन्टाअघि सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार पक्षको बैठकमा संविधानको सबैभन्दा विवादित विषय संघीयतातर्फ ६ वा ८ प्रदेशका विषयमा भएको छलफलपछि आठ प्रदेशमा सहमति जुटेको हो। बैठकमा प्रधानमन्त्री सुशील कोइराला स्वयंले सहमतिका लागि ८ प्रदेशको प्रस्ताव गरेको जानकारी कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले दिए। प्रधानमन्त्री कोइरालाको प्रस्ताव र अन्य नेताहरूको सहमतिप्रति कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन्। आफू आठ प्रदेशका पक्षमा नरहेको पौडेलले बताए। संविधान बनोस् भन्ने पक्षमा आफूहरू रहेको दाबी गर्दै पौडेलले भने, ‘मुलुकको केन्द्रीय प्रशासन सिंहदरबार बनाउन नसकिएको अवस्थामा धेरै प्रदेश बनाउँदा मुलुकले धान्नै सक्दैन।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending