Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

मध्यरातमा झण्डै बिथोलिएको थियो सहमति

सहमतिपछि शिर्ष नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको थियो। कुर्सीहरु मिलाएर राखिएको थियो। हस्ताक्षर गर्नु अघि प्रधामन्त्री सुशील कोइरालाले भने\'बहुलवाद राख्नुपर्‍यो।\' प्रधानमन्त्री कोइरालाको भनाई भुइमा खस्न नपाउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कडकिए। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ– \'हामीले बहुलवाद मानेको होइन,बहुदलीय प्रतिस्पर्धालाई स्वीकारेको हो। बहुलवादको आदर्श नै फरक हो। यतिवेला आएर तपाईले हामीलाई झुक्याउन खोजेको? सहमतिलाई भाँडन खोजेको? तपाईको नियत के हो? बहुलवाद राख्ने हो भने हुँदैन सहमति\' दाहालको आक्रोश उघृत गर्दै एक नेताले अन्नपूर्णसँग भने। दाहालको भनाईलाई समर्थन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्री कोइराला माथि नै खनिए। \'तपाईको नियत के हो? प्रचण्डजीले बोल्ड डिसिजन नगरेको भए यो सहमति संभव थिएन\'प्रधानमन्त्री कोइराला प्रति आक्रामक हुँदै ओलीले पहिलो पटक दाहालको प्रशंसा गरेका थिए। \'नेपालको इतिहासमा पहिलो पटक स्वतन्त्र रुपमा निर्णय लिइएको छ। यो ऐतिहासिक दस्तावेज हो\'ओलीले प्रधानमन्त्री कोइराला प्रति लक्षित गर्दै भनेका थिए। \'बहुलवाद नराख्ने हो भने म हस्ताक्षर गर्दिन,शेरबहादुरजीलाई हस्ताक्षर गराउनुस\'भन्दै प्रधानमन्त्री कोइराला माथिल्लो तलामा उक्लिए। सहमतिको सातौ बुँदालाई अन्तिम रुप दिने वेलामा प्रधानमन्त्री कोइरालाले यस्तो अभिव्यक्ति दिएका हुन। काँग्रेस महामन्त्री कृष्ण सिटौला र सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल प्रधानमन्त्री कोइरालालाई फकाउन माथिल्लो तलामा उक्लिए। पाँच मिनेटसम्म प्रधानमन्त्री कोइरालालाई तल ल्याइयो। नेताहरु रातो पिरो भएर सहमतिको मस्यौदामा हस्ताक्षर भयो। \'देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ\'भन्ने बाक्यलाई अन्तिम रुप दिइएको छ। नेताहरु तनावग्रस्त भएपछि त्यहाँको अवस्था भाँडभैलो भयो। निर्धारित पत्रकार सम्मेलन हुन सक्ने भएन। स्रोतका अनुसार नेताहरु तनावमा हुनुको अर्को कारण अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुबाट आइरहेको दबाब पनि थियो। \'सहमति कसरी कार्यान्वयन गर्छौ?\' भन्ने धम्कीयुक्त दबाब नेताहरु माथि आइरहेको थियो। तत्कालीन सात दल र माओवादीका वीचमा दिल्लीमा भारतको सहयोगमा भएको १२ बुदे समझदारीको यात्राको क्रममा पहिलो पटक स्वतन्त्र निर्णय लिइएको दावी नेताहरुले गरेका छन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending