Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

१६ बुँदेमा हस्ताक्षर गर्दाका चार मलिन चेहरा

काठमाडाैं, सात वर्षदेखि संघीयताको अल्झोलाई बल्ल प्रमुख राजनीतिक दलका नेताले २५ जेठ (सोमबार) अर्थात गएराती ८ प्रदेशको संघीयता निर्माण गर्ने गरी टुंग्याए । पहिचानका ५ र सामथ्र्यका ४ अाधार   गरी ८ प्रदेश बनाउने र संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी हुने शासकीय व्यस्थामा सहमति गरे । साथै, निर्वाचनमण्डलबाट निर्वाचित सवैधानिक राष्ट्रपतिमा दलहरुले सहमति गरे । ८ प्रदेशको नाम प्रदेश सभाले र सीमाङकन संघीय आयोग गठन गर्ने समझदारी पनि दलबीच बन्यो । दलहरु २७५ सदस्ययीय कूल प्रतिनिधिमा १६५ प्रत्यक्ष निर्वाचित र ११० समानुपातिक बनाउने सहमति भयो । सोमबार बिहान र बेलुकादेखि राती ११ बजेसम्म दलहरुले अन्ततः फास्ट ट्रयाकबाट संविधान बनाउनका लागि १६ बुँदे समझदारी गरे । लामो समयदेखिको ‘डेडलक’ लाई तोड्न सफल भएका दलहरुले सहमतिलाई पत्रकारकै सामू हस्ताक्षर गर्दैै शीर्ष नेताहरुले थप प्रतिवद्धता जनाउँने भन्दै बालुवाटारको प्रांगणमा कुर्सी खडा गरिए । तर, सहमति पत्रमा ‘बहुलवाद’ शब्द नपरेको भन्दै प्रधानमन्त्री कोइरालाले असन्तुष्टी जनाएपछि शीर्ष नेताले बाहिरै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी एकाएक भाँडियो । प्रधानमन्त्रीको असन्तुष्टीपछि एमाओवादी अध्यक्ष प्रचण्ड पनि झोक्किए र साना कुरामा लफडा गरेको भन्दै एमाले अध्यक्ष केपी ओली पनि प्रधानमन्त्रीसँग असन्तुष्ट हुन पुगे । फलस्वरुप बालुवाटारकै कोठामा अन्ततः काग्रेसका तर्फबाट सुशील कोइराला, एमालेका तर्फबाट केपी ओली, एमाओवादीका तर्फबाट प्रचण्ड र फोरम लोकतान्त्रिकका तर्फबाट विजयकुमार गच्छदारले एकैठाउँमाउ पनि नबसी अलगअलग ठाउँबाटै हस्ताक्षर गे । यस अघिका विभिन्न सहमति र सम्झौता गर्दा उत्साही र हर्षित देखिने नेताहरु सोमबार राती हस्ताक्षर त्यस्तो देखिएनन् । ८ प्रदेशमा सहमति गर्न प्रधानमन्त्रीले उपसभापति रामचन्द्र पौडेलको असन्तुष्टी, एमाले अध्यक्षले माधव नेपालको असन्तुष्टी, प्रचण्डले र विजयकुमार गच्छदारले ३० दलीय मोर्चाका दल र केही मधेसी दलको असन्तुष्टी झेल्नुपरेको थियो । एकातिर बल्ल जुटेको सहमति त्यसमाथि पार्टी भित्र र बाहिरै असन्तुष्टीबीच नेताहरुले १६ बुँदेमा हस्ताक्षर गरे । शीर्ष नेताले भित्री हस्ताक्षर गरेपछि प्रमुख सचेतकको उपस्थितीमा कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले १६ बुँदे सहमती पढेर सुनाए । \"Baluwatar-640\" नेताहरुले हस्ताक्षर गर्दै गर्दा सँगै रहेका नेताहरुमा पनि कुनै उत्साह देखिएन । शीर्ष चार नेताले हस्ताक्षर गर्दै गर्दा एमाओवादी नेता वर्षमान पुनले खिचेको फोटा यस्ता छन् :   \"Baluwatar \"Baluawatar \"Baluwatar \"Baluwatar
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies