Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भूकम्पपीडितको सहयोगार्थ अबुधावीमा च्यारिटी

यूएई, भूकम्पपीडित नेपालीहरुको सहयोगार्थ यूएईको राजधानी अबुधाबीमा पूर्ण च्यारिटीमूलम सांगीतिक कार्यक्रम हुने भएको छ । उक्त सांगीतिक कार्यक्रमको टिकटबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने आयोजक समितिले बताएको छ । नेपाली चलचित्रका महानायक राजेश हमालको नेतृत्वमा, हास्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला, गायक तिलकबम मल्ल, पप गायिका आस्था राउत, तेरिया फौजा मगर, इन्द्र जीसी, सम्झना लामिछाने लगायतका कलाकारहरुको साथमा राजेश हमालकी नवविवाहिता पत्नी मधु भट्राई पनि रहने छिन् । सोही कार्यक्रमका लागि अस्टे«लियाबाट पपगायिका प्रजिता गेलाल सहभागी हुने आयोजकले जनाएका छन् । आगामी जुन १२ तारिख अबुधाबीको अल नादा स्कुलको अडिटोरियममा आयोजना हुने उक्त सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न एनआरएनका अध्यक्ष कृष्ण भुसालको संयोजकत्वमा एक मूल समिति गठन भएको छ । नेपाली दूताबासको संरक्षकत्व तथा यूएईभरिका क्रियाशील नेपाली व्यक्ति तथा संस्थाहरुको सहभागितामा विभिन्न समिति तथा उपसमितिहरु गठन गरी च्यारिटीमूलक कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सक्रिय भएका छन् । यस सांगीतिक कार्यक्रमबाट उल्लेख्य रकम संकलन गर्ने लक्ष्य लिइएको छ । सुरुमा अन्तर्राष्ट्रिय कलाकार समाज, यूएईले कार्यक्रमको रुपरेखा तयार पारे पनि कार्यक्रमको आकार व्यापक हुने भएका कारण एनआरएनलाई सक्रिय बनाउदा अझ प्रभावकारी हुने लक्ष्यका साथ मूल समितिमा अध्यक्ष भुसाल रहेको महाभूकम्प राहत तथा उद्धार कोषलाई अगाडि सारिएको बताइएको छ । नेपाली चलचित्र, नेपाली आधुनिक तथा लोक साथै पपसंगीतका हस्ती कलाकारहरुको जोडदार प्रस्तुति रहने कार्यक्रममा टिकटमार्फत् जम्मा भएको सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएका कारण यूएईमा  क्रियाशील सबै संस्थाहरुलाई एकजुट भई सहयोग गर्न आयोजकले आग्रह गरेका छन् । महाविपत्तिमा धेरैले सहयोगी हात अघि बढाइरहेको बेला कलाकारहरुले पनि कुनै पारिश्रमिक नलिई यस सांगीतिक अभियानलाई पूर्णरुपमा च्यारिटीमय बनाउने प्रयास भइरहको अन्तर्राष्ट्रिय कलाकार समाज, यूएईका अध्यक्ष मोहराज शर्माले बताएका छन् । त्यसरी नै च्यारिटीको लागि भनेर अल नादा स्कुलले हलभाडा पनि निःशुल्क गरिदिएको अबुधाबीमै कार्यरत गायक प्रकाश पौडेलले जानकारी दिएका छन् । अलएनस्थित अन्नपूर्ण ट्राभल्सले सबै कलाकारहरुको भिसा पनि निःशुल्क उपलब्ध गराउने आयोजकहरुले बताएका कारण कार्यक्रमबाट उल्लेख्य रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने आयोजकहरुको विश्वास छ । भूकम्पको पीडामा संगीतको मलम लगाई सेवा गर्ने बेला आएको कार्यक्रमका व्यवस्थापक भरत राना मगरले बताएका छन् । आयोजक समितिले कार्यक्रमको सफलताको लागि यूएईमा रहेका सबै सक्रिय नेपाली संघसंस्थाहरुस“ग सहकार्यका लागि अपिल गरेको छ । यही कार्यक्रमको सफलताका लागि यूएईभरिका नेपालीहरु तथा संघसंस्थाहरुबीच अभुतपूर्व रुपमा एकता भएको सतहमा देखिएको छ । यस्तै एकता पछिल्ला दिनहरुमा कायम रहने हो भने यूएईको नेपाली समुदाय विश्वमै उदाहरणीय बन्ने जानककारहरु बताउ“छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies