Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

मध्य राती किन सन्किए लोकमान ?

\"Lokman-400\"काठमाडौं, देशले शाही शासनबाट मुक्त पाइसकेको छ । तर, नयाँ–नयाँ रंग र ढंगका ‘महाराजहरु’ ओइरिन थालेपछि राष्ट्रसेवकहरु नै मारमा पर्न थालेका छन् । आजको जन आस्था साप्ताहिकमा खबर छ– शक्तिपिठहरुको दर्शन गर्न हेलिकप्टर चार्टर गरेका लोकबाट हो, , ठाउँठाउँका प्रहरी अधिकृतले गत साता हैरानी व्यहोरेको । लोकमान आएको कुरा सुनेर उनको खातिरदारीमा नेपालगंजमा भएभरका प्रहरी हाकिम जुट्ने भए । पत्नीसहित पुगेका उनलाई राम्रोसँग राख्ने र मिठो खुवाउने काममा खटेका हाकिमहरुले मध्यरात कुकुरले नपाउने दुःख पाए । त्यहाँका सबभन्दा सुविधासम्पनन भनिने भवानी राणा संचालिका रहको होटल स्नेहामा बसेको थिए लोकमान । भगवानको पाउ पर्न हिडेका उनले त्यहाँ मदिरा र मासुका सितनसँग रात काट्न थाले । अब सुत्लान की भन्दा भन्दै ड्युटी बसेका प्रहरी अधिकृतहरु आफैं झुप्पझुप्प निदाउने स्थितिमा पुगे । रातको १२ बजे लोकमान पड्किए , यस्तो पनि हुन्छ ? के सम्झिएका छन् यिनीहरुले ? मलाई यहाँ ल्याएर राख्ने ? एउटा कार्पेट सद्दे छैन । यस्तो फोहोरको डंगुरमा ल्याएर राख्ने ? यसरी लोकमान पड्किएपछि होटलभरि हंगामा भयो । सुतिसकेका हाकिमहरु जर्याकजुरुक उठे । यस्तो ठाउँमा बसिन्नँ’ भन्दै घुर्की लगाएका लोकमानले प्रहरीहरुलाई नै अह्राए ‘गाडी ठीक पार । धनगढी जान्छु ।’ एक जना हाकिम भन्दै थिए, ‘भोलि सबेरै गए हुन्छ । हुन्न हजुर ?’ लोकमान किन मान्थे र , ‘मलाई तिमीहरुले यस्तो ठाउँमा बस्ने देख्यौं ? भन्दै झन् पड्कििए । यसपछि राती साढे १२ बजे धनगढीका लागि हिँडे । मदिराको तालमा अघिपछि प्रहरीको साइरनमा बजार थर्काउदै नेपालगंज अनि धनगढीमा होटल साफी कब्जा गर्दै बसे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending