NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

यस्ता छन् मर्मत रोक्का गरिएका आवास तथा अपार्टमेन्ट

काठमाडाैं, काठमाडौं महानगरपालिकाले स्वीकृतिविनै मर्मत थालिएका आवास तथा अपार्टमेन्टको काम तत्काल रोक्न निर्देशन दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ महानगरले पहिलो चरणमा ७१ आवास तथा अपार्टमेन्ट मर्मत कार्य रोकेको छ । घरधनीबाट नियुक्त इन्जिनियरको सिफारिसमा मर्मत गरिने जोखिमयुक्त घर प्राविधिक रूपमा कमजोर हुने भन्दै महानगरपालिकाले मर्मत कार्य रोक्न निर्देशन दिएको हो । मर्मत कार्य रोक्का गरिएकामध्ये अधिकांश निजी प्रयोजनका ठूला आवास छन् । अस्पताल, सपिङ मल, बैंकर अपार्टमेन्ट मर्मतसमेत रोक्का गरिएको छ । महानगरपालिकाका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाले पहिलो चरणमा जोखिमयुक्त ७१ आवास तथा अपार्टमेन्टको मर्मत कार्य रोक्ने आदेश गरिएको बताए । ‘जोखिममा रहेका ७१ ठूला आवास तथा अपार्टमेन्टको मर्मत कार्य रोक्ने भनिएको छ,’ उनले भने, ‘यसमा अस्पताल, निजी निवास, सपिङ मलदेखि बैंकका भवनसमेत छन् । उनीहरूले प्राविधिकको सिफारिसविना नै हतारहतार मर्मत कार्य गरेको पाइयो । त्यसैले रोक्ने आदेश गरिएको हो ।’ महानगरपालिकाका अनुसार तिनकुनेस्थित न्यौपाने टावर, कालिकास्थानस्थित सिल्भर भ्याली डेभलपर्स, थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क, त्रिपुरेश्वरस्थित युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, थापाथलीस्थित ट«ेड टावर नेपाल, बानेश्वरस्थित कृष्ण टावरको मर्मत कार्य रोकिएको छ । त्यस्तै, सिनामंगलस्थित केएमसी अस्पताल, कमलादीस्थित क्लब सांग्रिला प्रालि, काठमाडौं प्लाजाको कन्सेप्ट डेभलपर्स, बसपार्कको कान्तिपुर मल, कमलपोखरीको नेपाल लाइफ इन्सुरेन्स, बबरमहलको सिद्धार्थ इन्सुरेन्स, कालिकास्थानको काठमाडौं नेसनल मेडिकल कलेज, माइतीघरको अन्नपूर्ण न्युरो अस्पताल, बानेश्वरको इन्द्रेणी कम्प्लेक्स, बानेश्वरको मुक्ति टावरको मर्मत कार्य पनि रोकिएको हाे ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page