Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भुइँचालो सम्बन्धी सांस्कृतिक सचेतना सम्पन्न

\"photo-Academy-640\"बुटवल, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘भूकम्पसम्बन्धी सांस्कृतिक जनचेतना अभियान–२०७२’ अन्तर्गत मुलुकका भूकम्प प्रभावित क्षेत्रमा यो अभियान जारी राखेको छ । यसै क्रममा डा. मुरारी पराजुलीको संयोजकत्वमा लुम्बिनी अञ्चलका गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासीका विभिन्न स्थानमा यो अभियान सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत जेठ ३० शनिबार बुटवलको ट्राफिक चोकमा सांस्कृतिक अभियानको समापन गरियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति सरुभक्तले भुइँचालोका कारण आमजनतामा सन्त्रास छाएको भन्दै राष्ट्रिय भावना जागृत गरि पुनर्निर्माणका लागि जुट्न सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको बताए । अभियानका क्रममा बुटवलमा रहेको बागेश्वरी संगीतालयद्वारा भुइँचालोसम्बन्धी सन्देशमूलक गीत तथा नाचहरु प्रस्तुत गरिएको थियो भने साहित्यकार झपेन्द्र जीसीद्धारा लिखित र डा. मुरारी पराजुलीद्वारा निर्देशित “हाम्रो नेपाल घर” सडक नाटक प्रस्तुत गरिएको थियो । उक्त अवसरमा साहित्यकारहरु प्राज्ञ बुँद राना, प्रा.डा. कपिलदेव लामिछाने, देवेन्द्र घिमिरे, झपेन्द्र जीसी, विजयसागर, रुद्र ज्ञवाली, दिपक ज्ञवाली, सुरेश सेन्चुरी, कविराज पौडेल, सोनु गुरुङ, रामचन्द्र श्रेष्ठ, खोमा तरामु मगर, लक्ष्मी शर्मा, पुरषोत्तम भण्डारी, गंगा अभिलाषी, देवी वाग्ले, लक्ष्मण श्रेष्ठ, विकास केसी, आकांक्षा भण्डारी, सविता पन्थी, तेजु अर्याललगायत लेखक साहित्यकार एवं कलाकारहरुले भूकम्पसम्बन्धी कविता, मुक्तक, गजल एवं लोक तथा राष्ट्रिय भावनाका गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बुटवल साहित्य परिषद्, रुपन्देही, प्रगतिशील लेखक संघ, रुपन्देही, सिद्धार्थ साहित्य परिषद् भैरहवा, बुटवल कला साहित्य संस्कृति प्रतिष्ठान, बुटवल साहित्य संगम, जीवराज स्मृति प्रतिष्ठान र बागेश्वरी संगीतालय लगायत साहित्यिक संघसंस्थाहरुको सहकार्य रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending