Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यसकारण फेसबुक ट्वीटर चलाउँदैनन् प्रचण्ड

\"fake\" काठमाडौं ।  नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेका प्रचण्डले गर्ने हरेक गतिविधि सर्वाधिक चासोको विषय बन्दै आएको छ । १० वर्षे जनयुद्धको सफलता पूर्वक नेतृत्व गरी शान्तिपूर्ण राजनीतिमा हामफालेका उनीसम्म निरन्तर चर्चाको पर्दा अगाडी छन्  । भूमिगत रहँदा प्रचण्ड निकै रहस्यमयी  व्यक्ति थिए । शान्तिप्रक्रियामा आएपछि झनै उनको लोकप्रीयताले सगरमाथा चुमेको थियो  । यतिबेला राजनीतिक दलका नेताहरुमा सामाजिक सञ्जालमा लोकप्रीय बन्ने होडबाजी छ । एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराइ सामाजिक सञ्जालमा अत्यन्त क्रियाशिल भइरहने नेता हुन्   । बाबुराम सामाजिक सञ्जालमा अत्यन्त लोकप्रीय छन्  । सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा बाबुरामलाई पछ्याउनेहरु १० औं लाखको संख्यामा छन् । यता प्रधानमन्त्री सुशील कोइराला यतिबेला ट्विटरमा देखिन थालेका छन्  ।  नेकपा एमाले अध्यक्ष केपी ओली आफूसँग सम्बन्धीत सामान्य घटना पनि ट्विट गर्न लागि पर्छन् । तर प्रचण्ड भने सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट निकै टाढा छन् । त्यसैले त वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘प्रचण्डमा लोकप्रीय हुने रोग छैन ।’ सामाजिक सञ्जाल चलाउने फुर्सद छैन पदीय ओहदा र उच्च राजनीतिक नेतृत्व भएका हिसाबले प्रचण्डसँग समयको निकै अभाव हुनसक्छ । राजनीतिक भेटघाट,छलफ र बैठकहरुमा प्रचण्डका अधिकांश समय वित्ने गर्छन् । ‘सामाजिक सञ्जालमा सक्रिय हुन सबैलाई मन हुन्छ तर अध्यक्षले समयको चापका कारण भ्याउनु नै हुन्न ।’ प्रचण्डका स्वकीय सचिव चुडामणि खड्का भन्छन्, ‘ मुल कारण व्यस्तता नै हो ।’ खड्काका अनुसार प्रचण्डले मोबाइल मार्फत इन्टरनेट चलाउछन् । उनी गाडिमा हिँद्दा मोबाइलमा अनलाईन पोर्टलहरु नियाल्ने गर्छन् । समाचार मुलक आनलाईन साइटहरु प्रचण्ड नियमित हेर्ने गर्छन् । नेपाली राजनीतिको निकै चर्चित प्रचण्ड ट्विटर र फेसबुक जस्ता सामाजिक सञ्जाल प्रयोगमा भने निकै पछाडी छन् । ‘अहिलेको विज्ञान प्रविधिको युगमा सामाजिक सञ्जालमा सक्रिय नहुने भन्ने कुरा त होइन ।’ खड्का भन्छन्, ‘तर सामाजिक सञ्जाल मात्रै सबै कुरा होइन यसलाई आफै सक्रिय बन्ने समय नभएर नचलाउनु भएको हो ।’ फेसबुकमा विवादीत प्रकाश प्रचण्ड पुत्र प्रकाश दहाल सामाजिक सञ्जाल फेसबुकमा निकै विवादीत मानिन्छन् । उनले फेसबुकमा लेख्ने गरेको स्ट्याटस पटक पटक विवादीत बन्ने गरेको छ । केहिवर्ष अघि उनले पुर्व युवराज पारस शाहलाई श्रद्धाञ्जली दिएको घटनालाई लिएर निकै विरोध भएको थियो । त्यसो त  माओवादी नेताहरु नै प्रकाशले फेसबुक दुरुपयोग गरेको आरोप लगाउँछन् ।   उनले आफ्नै बाबु प्रचण्डको नाममा फेसबुक पेज चलाउने गरेको बताइन्छ ।  स्रोतका अनुसार प्रकाशले ‘क.प्रचण्ड’ नाम गरेको फेक एकाउन्ट आफैले चलाउदै आएका छन् । यस्ता छन प्रचण्ड नामका फेक एकाउन्ट एमाओवादी अध्यक्ष प्रचण्ड नामका विभिन्न फेक एकाउन्टहरु सञ्चालनमा छन् । फेसबुकमा मात्रै प्रचण्डका नाममा १४ वटा नक्कली फेसबुक पेजहरु छन् ।  १४ वटा प्रचण्डका समर्थनमा बनाइएका नक्कली पेजहरु हुन् । \"cm\"यो प्रचण्डको आधिकारीक पेज होइन । फेसबुकमा भेटिएको ४२ हजार भन्दा बढीले मनपराएको एउटा पेजमा प्रचण्डका बारे उल्लेख गरिएको छ । जसलाई प्रचण्डको अंग्रेजि नाममा सञ्चालन गरिएको छ । \"cm1\"क. प्रचण्ड यो पेजमा १५ हजार भन्दा बढीको लाइक छ ।  स्रोतका अनुसार यो नक्कली पेज प्रचण्ड पुत्र प्रकाशले चलाउदै आएका छन् । उनले आफ्नो पक्षमा समाचार साइटहरु सार्वजनिक गर्ने गरेका छन् । \"fake\"कमरेड प्रचण्ड  र नेपाली राजनीति यो पेजलाई २ हजार भन्दा बढीले मन पराएका छन् । यो नक्कली पििेजमा प्रचण्डको जनयुद्धकालिन तस्बिर राखिएको छ । उनको पुष्पकमल दहाल नामको नक्कली फेसबुकको स्क्रिन सर्ट यस्तो छ :\"fake \"fake \"fake \"fake \"fake \"fake \"fake ट्विटरमा नक्कली प्रचण्ड ट्विटरमा प्रचण्ड नामका तिन वटा ह्याण्डलहरू भेटिएका छन् ।\"twitter \"twitter \"twitter\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies