Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

मामा नै दलाल भएपछि...

\"Mahila-Bechbikhan\"५ असार, काठमाडौं । सिन्धुपाल्चोक इचोक गाविसका निमा तामाङ, सूर्यमान तामाङ र मङ्गले तामाङले आफ्ना छोरीहरु हराएको भन्दै खोजिदिन गत जेठ २४ गते माइती नेपालमा निवेदन दिएका थिए । घरबाट सहमतिमै दुबई जाने भनेर स्थानीय दलाल नातामा मामा पर्ने अशोक तामाङको साथ लगाएर उनीहरुले आफ्ना छोरीहरु कान्छीमाया तामाङ, आरती तामाङ, मायाँ तामाङ, सुष्मा तामाङ, सुनिता तामाङलगायत आठ जनालाई काठमाडौँ पठाएका थिए । काठमाडौँ आएलगत्तै सम्पर्कविहीन भएपछि अभिभावकले छोरी खोजिदिन निवेदन दिएर प्रहरीको सहायताले खोज्दै जाँदा दुबई लैजाने भन्दै झुक्याएर भारततर्फ लैजान लागेको अवस्थामा हेटौँडाबाट नेपाल प्रहरी, माइती नेपाल मानव बेचबिखनसम्बन्धी सञ्जालले नियन्त्रणमा लिएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए । उनले हेटौँडा बसपार्कमा केही शङ्कास्पद युवती देखेर प्रहरी र आफूहरुले सोधखोज गर्नथालेपछि उनीहरुलाई त्यहाँसम्म पु¥याउने अशोक भने फरार भएको र युवतीलाई बिहीबार काठमाडौँ ल्याई आफूहरुको संरक्षणमा राखिएको जानकारी दिए । विभिन्न प्रलोभनमा पारेर भूकम्प प्रभावित जिल्लाका युवतीलाई अहिले अवैधरुपमा भारत र तेस्रो मुलुक लैजान थालेपछि माइती नेपालले अहिले काठमाडौँबाट बाहिरिने नाका र भन्सार नाकामा आफ्नो गतिविधि बढाउँदै लगेको छ । यस क्रममा भूकम्पपछि मात्र अवैधरुपमा विदेश लैजान आगेको अवस्थामा अहिलेसम्म ३२२ जनाको उद्धार गरिसकेको जनाएको छ । युवतीका अनुसार उनीहरुलाई काठमाडौँबाट भैंसे मकवानपुर हुँदै हेटौँडा पु¥याइएको र त्यहाँबाट काँकडभिट्टा हुँदै भारतको बैङ्गलोर जाने र त्यहाँका १५/२० दिन बसेपछि सम्पूर्ण प्रवेशाज्ञा प्रक्रिया पूरा गरी दुबई लैजाने भनिएको थियो । उनीहरुको सबैको राहदानीसमेत अशोकले नै लिएर फरार भएका छन् । काठमाडौँ दक्षिणकाली हुँदै हेटौँडा लैजाँदा कसैले पनि शङ्का नगर्ने र पक्राउ नपर्ने भएकाले दलालले नयाँ बाटो प्रयोग गरेको प्रहरीको भनाइ छ । पछिल्लो समयमा दक्षिणकाली हेटौँडा तथा विपी राजमार्गको बनेपा बर्दिवास हुँदै पनि युवतीको तस्करी बढेकाले उक्त ठाउँमा समेत नयाँ अस्थायी चेकपोस्ट खडा गरी जाँचमा कडाइ गरिएको प्रहरीको भनाइ छ । पीडित आरती तामाङले शुक्रबार माइती नेपालको कार्यालयमा सञ्चारकर्मीसँग भनिन्, ‘भूकम्पपछि नेपालबाट विदेश जान नमिल्ने भन्दै अशोकले सबै प्रक्रिया भारत गएर गर्नुपर्ने भएकाले भारत जानुपर्ने बताएको थियो ।’ उनले भनिन्, ‘मामाको विश्वासमा परी बुबाले हामीलाई पठाउनुभयो, तर, उहाँको नियत खराब रहेछ अहिले आएर थाहा भयो, अब यतै बस्ने सिकाइ सिक्ने अनि गाउँका अन्य दिदीबहिनीलाई पनि दलालको लहैलहैमा लागेर विदेश नजान सचेत गराउँछु ।’ किशोरीहरुको राहदानीसमेत तिनै दलाल अशोक तामाङले नै बनाइ दिएको पीडित युवतीले बताए । उनीहरु परिवारकै सहमतिमा जान लागेका भनिएपनि दलालमार्फत गैरकानुनी तरिकाले भारतको बैङलोर हुँदै दुबई लैजान खोजिएकाले उद्धार गरिएको माइती नेपालले जनाएको छ । माइती नेपालका निर्देशक खड्काले आफन्त पर्ने दलाल अशोकमार्फत आठजना विदेश जान लागेका र काभ्रे अनिकोटकी कान्छीमाया तामाङलाई भने दलालले घुम्न जाउँ भनेर फकाएको पाइएको बताए । कान्छीमाया यसअघि पनि मलेसिया बसेर आएकाले घुम्न नभई उनीहरुलाई विदेश पठाउन सहयोगीको भूमिका खेलेको आशङ्का माइती नेपाल र प्रहरीले गरे पनि उक्त कार्यमा उनको संलग्नता भए नभएको यकिन भएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy