Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

सरकारी जागिर छोडेर तरकारीखेतीमा

\"jumla\"५ असार, जुम्ला । सरकारी जागिर छोडेर तरकारीखेतीमा लागेका जुम्ला चन्दननाथ–१ का पूर्णप्रसाद न्यौपाने अहिले तरकारीबाटै लखपति बनेका छन् । विसं २०५१ मा मुखिया पदमा लोकसेवा पास गरेका उनी जुम्लामा तरकारीको अभाव र उत्पादनको सम्भावनालाई देखेर जागिरै छोडेर यो व्यवसायमा निकै चुनौतीका साथ होमिएका हुन् । व्यावसायिक दौरानमा अनेकौँ चुनौतीको सामना गर्दै निरन्तर पेसाप्रति सङ्घर्षशील न्यौपाने गाउँलेलाई पनि राम्रै रोजगारी दिलाउन सफल भएका छन् । तरकारीखेतीबाट पाएको व्यावसायिक सफलतासँगै उनले जिल्लाकै उत्कृष्ट व्यवसायीको रुपमा यसै वर्ष ‘राष्ट्रपति कृषक पुरस्कार’ समेत प्राप्त गरे । \'जुम्लामा तरकारीको अभाव थियो, उत्पादनको सम्भावना प्रसस्त थियो तर किसान यो खेती गर्न रुचाउँदैनथे, यो जिल्लालाई तरकारीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले म जोखिम मोलेर निरन्तर लागेर यो सफलता पाएँ\' – उनले भने । धान कोदोलगायतका अन्नबालीमा कम उत्पादन हुने र जीविकोपार्जन गर्ने कठिनाइ हुने भएकाले तरकारीमा उत्पादन तथा नगद आम्दानी बढी हुने भएकाले यो पेसामा लागेको उनले बताए । विसं २०५२ मा जिल्ला कृषि कार्यालयको प्राविधिक सहयोगमा व्यवसाय सुरु गरेका उनले सुरुका वर्षमा सामान्य उत्पादन गर्दै आएपछि पछिल्ला समय निकै राम्रो व्यावसायिक सफलता पाएका छन् । जुम्लामा आफूजस्तै करिब २०० व्यवसायी तरकारीखेतीतर्फ लागेको उनले जानकारी दिए । उनले राधा तरकारी तथा बीउ उत्पादन उद्योगका नाममा तरकारी तथा तरकारीको बीउ उत्पादन गरी बिक्री गर्ने लक्ष्यका साथ जिल्लाकै ठूलो तरकारी फार्म सञ्चालन गरेका छन् । तरकारी उत्पादन उपआयोजना अन्तर्गत उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजनाको अनुदान सहयोगमा तरकारी फार्म विस्तार गरेका हुन् । कुल २६ लाख ५७ हजार २७० लागतमा ६० रोपनी क्षेत्रफलमा व्यवसायी न्यौपानेले तरकारीखेती सञ्चालन गरेका हुन् । यो रकममध्ये हिमाली आयोजनाले २१ लाख २५ हजार ८१६ अनुदान दिएको छ । राधा तरकारी तथा बीउ उत्पादन उद्योगमा काउली, भन्टा, फर्सी, मुला, केराउ, गोलभेँडा, प्याज आलुलगायत उत्पादन हुन्छ । मौसममा दैनिक पाँच हजारदेखि १४ हजारसम्म तरकारीबाट कमाई हुने गरेको छ । जुम्लामा तरकारीखेती गरेर व्यवसायी न्यौपानेले काठमाडौँमा तीन छोरा र छोरीलाई राम्रो शिक्षा दिलाइरहेका छन् । व्यवसायी न्यौपानेले अघिल्लो वर्ष तरकारीबाट १८ लाख कमाएकामा सबै खर्च कटाएर सात लाख फाइदा भएको बताए । अर्गानिक जिल्लाका रुपमा चिनिएको जुम्ला अहिले तरकारीमा पूर्ण आत्मनिर्भर भइसकेको छ, यहाँ व्यावसायिक तथा सामूहिक तरकारीखेती निकै फस्टाएको छ । जुम्लामा उत्पादित तरकारी मुगु, कालीकोट, नेपालगन्ज, काठमाडौँ र विराटनगरसम्म पुग्ने गरेको व्यवसायी बताउँछन् । जिल्ला कृषि विकास कार्यालय, बागवानी अधिकृत विष्णु महतले जिल्लामा उत्पादनका हिसाबले सिमी र स्याउपछि तरकारीखेतीतर्फ किसानको आकर्षण बढेको बताउछन् । प्राङ्गारिक जिल्ला घोषणा भएको र जैविक विषादीको आपूर्ति कम हुने भएकाले कृषकमात्र होइन उपभोक्ताको पनि जुल्लाको तरकारीप्रति आकर्षण बढेको उनले बताए । जुम्लामा व्यावसायिक तरकारीखेतीको सम्भावनालाई मध्यनजर गर्दै हिमाली आयोजनाले कृषि उत्पादनतर्फ तरकारीखेतीलाई प्राथमिकताकासाथ अनुदान दिएको आयोजनाका पशु चिकित्सक डा मनोजकुमार शाहीले बताए ।   हिमाली आयोजनाले जुम्लामा ३८ वटा विभिन्न व्यावसायिक उपआयोजना सञ्चालन गरिरहेको छ, त्यसमध्ये तरकारीमा पाँच वटा आयोजना छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy