Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

जब त्यो साँझै अँध्यारो भयो

\"rape११ असार, धादिङ । झमक्क साँझ पर्दा उनी धादिङबेंसीको बीचबजारमा हिँडिरहेकी थिइन्। एउटा जिप ढेपिँदै आएर रोकियो। ‘कहाँ जाने बैनी ?’ ड्राइभरले सोध्यो। आजको कान्तिपुर दैनिकमा खबर छ – पुलुक्क हेरेर उनी अर्कोतिर फर्किइन्। बिस्तारै हिँडिरहिन्। बा ५ च ३११ को बोलेरो पनि उनकै छेउ–छेउ गुडिरह्यो। ‘भन न, कहाँ जाने ?’ चालकले फेरि सोध्यो। ‘दामगाडे’ भन्दै उनी हिँडिरहिन्। ‘बस’ उसले भन्यो, ‘म पनि उतै हिँडेको। गाडीमा पुर्‍याइदिन्छु।’ ‘पर्दैन’, हातमा झुन्डयाएको जेब्रा झोला सम्हाल्दै उनले भनिन्, ‘म हिँडेरै जान्छु।’ गाडीमा अर्को यात्रु पनि थियो। ड्राइभरले ढोका खोलिदिँदै इसारा गर्‍यो, ‘बस।’ उनी बसिन्। पिच भएको इलाका कटेर अलि माथि पुगेपछि उसले गाडी रोक्यो। पुरुष यात्रु झर्‍यो। उनले भनिन्, ‘म पनि यहींबाट हिँडेर जान्छु।’ ‘बस न बस,’ उसले भन्यो, ‘म पुर्‍याइदिइहाल्छु नि।’ उनी फेरि बसिन्। मिलनटोलमा पुगेपछि उसले फेरि गाडी रोक्यो। त्यहाँ सानो होटल थियो। उसले युवतीलाई ‘खाजा खाएर जाऊँ’ भन्यो । उनले मानिनन्। उसले झन् जोड गर्‍यो। बरु फेरि भनिन्, ‘यहाँबाट म हिँडेर जान्छु।’ एक्लै खाजा खाएर ऊ गाडीमा चढ्यो। केही माथि पुगेपछि फेरि गाडी रोक्यो। सबै सिसा लायो। उनका हात र अन्य अंगमा छुँदै जिस्क्याउन थाल्यो। ‘छोड्नुस्,’ उनी झर्किइन्, ‘म जान्छु।’ ‘उसले च्याप्प हात समात्यो,’ उनले सुनाइन्, ‘मैले खुट्टाले गाडीको ढोकामा हिर्काएँ। तर, खुलेन। उसले अर्को हातले खुट्टा पनि समात्यो। म चिच्याएँ। ‘उसले मुख थुनिदियो। र, कराइस् भने मारिदिन्छु भन्यो।’ उनी लाचार भइन्। हात झड्कारिन्। खुट्टा बजारिन्। उनको केही लागेन। उनी बलात्कृत भइन्। संयोगवश त्यही बेला त्यही बाटो दुई जना व्यक्ति आइपुगे। उनीहरूले गाडीभित्र अनौठो खैलाबैला सुनेर ढकढक्याएछन्। चालक बाहिर निस्कियो। मोबाइलको टर्च बालेर हेर्दा उनीहरूले उनको बिजोक अवस्था देखे। समातेर बाहिर निकाले। चालक गाडी लिएर टाप कस्यो। उद्धार गर्दा उनको सुरुवाल घुँडासम्म झरेकै अवस्थामा थियो। ‘मैले उँभो तान्न खोजें। उद्धार गर्नेमध्ये एउटाले नतान् भन्यो,’ उनले सुनाइन्, ‘तानिस् भने म पनि त्यसै गर्छु पो भन्यो। म रोएँ। हात जोडेर छोडिदिन बिन्ती गरें। धन्न अर्को व्यक्तिले त्यसो नभन् भनेर उसलाई गाली गर्‍यो। र, उसैले प्रहरीलाई फोन गरिदियो। एकै छिनमा प्रहरी आइपुग्यो।’ बलात्कारका अभियुक्त कुम्पुर–२ निवासी २१ वर्षीय गंगा घलेलाई प्रहरीले पक्राउ गरेको छ। एउटा गैरसरकारी संस्थाको संरक्षण गृहमा राखिएकी उनले बुधबार भनिन्, ‘ती दुई जना नआएका थिए भने उसले मलाई मारेर फालिदिन्थ्यो होला।’ बलात्कारपछि अर्को दिन उनलाई प्रहरी र विभिन्न संस्थाका व्यक्तिले शिविरमा पुर्‍याए। ‘आफन्त र अरू सबैले गाली गरे,’ उनले बिलौना गरिन्, ‘यसले इज्जतै फाली, तेरो त मुखै हेर्न मन छैन भने। यसमा मेरो के गल्ती छ ?’ तर, त्यही नभएको गल्तीको भागीदार बन्दै उनैले संस्थाको शरण लिनुपर्ने भयो। जिल्ला प्रहरीका डीएसपी प्रकाश मल्लले अभियुक्तलाई न्यायिक हिरासतमा लिई अनुसन्धान प्रक्रिया जारी रहेको तथा बलात्कारकै अभियोगमा मुद्दा दायर गरिएको जानकारी दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies