Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

संविधानसभाबाट यस्तो बन्दैछ संविधान

\"CA१२ असार, काठमाडौं । सात वर्षको मेहनतपछि संविधानसभाबाट संविधान बन्ने भएको छ । दलबीच २५ जेठमा भएको १६ बुँदे सहमतिका आधारमा संविधानसभाबाट ‘नेपालको संविधान ०७२’ नामक संविधान बन्न लागेको हो । मस्यौदा समितिको कार्यदलले तयार पारेपछि समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको समितिमा पूर्ण मस्यौदा पेश भएको हो । मस्यौदामा ७ अनुसूची, ३७ भाग २९६ धारा रहेका छन् । सिटौलाले आइतबार मस्यौदा संविधानसभका अध्यक्षलाई बुझाउनेछन् । सोही बैठकमा छलफलका लागि मस्यौदा प्रस्तुत हुनेछ । मस्यौदाका रुपमा संविधान १२१ पेजको छ । ९ वटा संवैधानिक आयोग हुनेछन् । यस्ता छन् ऐतिहासिक संविधानसभाबाट बन्न लागेको संविधानको विशेषता : संघीयता ८ प्रदेश हुने, ६ महिनाभित्र संघीयताको सीमाङकन संघीय आयोगले मिलाउनेछ । प्रदेशको नाम प्रादेशिक सभाले नै राख्नेछ । २१ देखि ४५ सदस्यीय प्रादेशिक सभा रहनेछ । शासकीय स्वरुप संवैधानिक राष्ट्रपति संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री रहनेछन् । यस अघि राष्ट्रिय सभाका उपाध्यक्षका रुपमा उपराष्ट्रपति रहने भन्ने व्यवस्था भए पनि अब राष्ट्रिय सभाले आफ्नो अध्यक्ष आफैं निर्वाचित गर्नेछ । बहुलवादको विषयमा विवाद भएपछि यसलाई शासकीय स्वरुपको कार्यपालिको भागमा समावेश गरिएको बुझिएको छ । कांग्रेसले प्रस्तावनामा नै यो शब्दलाई राख्नुपर्ने माग गर्दै आएको थियो । तर, एमाले र एमाओवादीले विरोध गर्दै आएको थियो । केन्द्रीय संसद २७५ सदस्यीय हुनेछ । राष्ट्रिय सभा ४५ सदस्यीय रहने छन् । निर्वाचन प्रणाली मस्यौदामा केन्द्रमा मिश्रित गरिए प्रदेशमा पनि ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक गरिनुपर्ने प्रस्ताव छ । दलबीच भएको १६ बुँदे सहमतिमा प्रदेशमा पूर्ण प्रत्यक्ष निर्वाचन गर्ने भनिएको तर, समितिले प्रदेशमा पनि ६० र ४० प्रतिशतका आधारमा निर्वाचनको व्यवस्था गरेको हो । न्यायापालिका तीन तह सर्वोच्च, उच्च र जिल्ला अदालत रहनेछन् । सर्वोच्च अदालत केन्द्रितकृत संरचना अन्तर्गत रहने छ । आवश्यक भएको खण्डमा स्थानीय अदालत गठन गर्न सकिने पनि व्यवस्था मस्यौदामा गरिएको छ । १० वर्षसम्म संवैधानिक अदालत रहने छ । ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन मस्यौदामा संविधान जारी भएको ६ महिनामा स्थानीय निर्वाचन (अन्तरिम) गर्ने व्यवस्था पनि उल्लेख गरिएको छ । जिल्ला कायम हुने जिल्ला हुनेछन् तर, पहिलेकै जस्तै सबै शक्ति पाउने गरी रहने छैनन् । प्रदेश बलियो बन्नेछन् । गाउँपालिका र नगरपालिकालाई समन्वय गर्ने गरी जिल्लाको संरचना रहने भएको हो । गाउँपालिका १७, नगरपालिका २१ र जिल्लामा ११ सदस्यीय जिल्ला कार्यसमिति रहनेछ । संविधान संसोधन भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधीनतालाई असंशोधनीय प्रस्तावनामा राख्दै संविधान संसोधनका लागि सदनको दुई तिहाईमतपछि जनमतसंग्रहबाट अनुमोदन हुनुपर्नेछ । नागरिकता आमा र बाबु दुवै नेपाली नागरिक रहेको अवस्थामा जन्मिएका सन्तानले आमा र बाबुको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सक्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy