Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

नेपालका लागि जयशंकर भन्दा लीको भ्रमण महत्त्वपूर्ण : एक महिनाभित्रै राष्ट्रपति शी पनि आउने !

काठमाडौं । आइतवार साँझ पाकिस्तानको राजधानी इस्लामावादबाट चार्टर फ्लाइटमा सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका चिनियाँ विदेशमन्त्री वाङ यी ४८ घन्टाका लागि नेपाल भ्रमणमा आए ।

यीको नेपाल भ्रमणलाई राष्ट्रपति शी जिनफिङको सम्भावित नेपाल भ्रमणसँग जोडेर हेरिएको छ । राष्ट्रपति शी यही अक्टुबरमा नेपाल आउन सक्ने बताइएको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

यसअघि गत भदौ ४ गते भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आएका थिए । नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका जयशंकर दुई दिन नेपाल बसेका थिए ।

जयशंकरलाई भन्दा बढी महत्त्व लीलाई !
१८ दिनको फरकमा दुई ठूला छिमेकी देशका विदेशमन्त्री नेपाल आउनु नेपालका लागि नितान्त नौलो राजनीतिक परिघटना हो । यद्यपि जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका थिए भने ली राष्ट्रपति शीको सम्भावित नेपाल भ्रमणका तयारीका लागि आएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

नेपालले जयशंकरको नेपाल भ्रमणलाई भन्दा लीको भ्रमणलाई महत्त्वका साथ हेरेको छ । जयशंकरलाई स्वागत गर्न परराष्ट्र सचिव शंकरदास वैरागी विमानस्थल पुगेका थिए भने लीको स्वागतमा विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादव पुगेका थिए । कूटनीतिक अर्थमा मन्त्रीस्तरबाट भएको स्वागत बढी महत्त्वको देखिन्छ ।

राष्ट्रपति शीको भ्रमण तयारी तीव्र गतिमा

एक दिन अघिमात्र भ्रमण तालिका सार्वजनिक भएको भएपनि लीको भ्रमण तयारी १५ दिनदेखि चलिरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् । ली भन्दा पहिला चिनियाँ सुरक्षा टोली गोप्य रूपमा नेपाल आएको थियो । ‘त्यो सुरक्षा टोली राष्ट्रपति शीको भ्रमणसम्म रहनेछ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘सुरक्षाका कारण राष्ट्रपति शीको भ्रमणका विषयमा अहिल्यै केही जानकारी आइसको छैन । तर हामी चिनियाँ सुरक्षा टोलीसँग निरन्तर परामर्शमा छौं ।’

परराष्ट्र मन्त्रालयका ति अधिकारीको भनाइमा विश्वास गर्ने हो भने राष्ट्रपति शीको भ्रमण छिट्टै हुने देखिन्छ । तर कहिले हुन्छ भन्ने हालसम्म यकीन हुन सकेको छैन । यसअघि पटक(पटक ‘उपयुक्त समय’को भाका दिँदै आएका राष्ट्रपति शीले नेपाल भ्रमण गर्ने उपयुक्त समय अहिले नै भएको चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की बताउँछन् ।

‘यदि नेपाल भ्रमण गर्ने हो भने उपयुक्त समय यही हो,’ कार्कीले भने, ‘यसका लागि तयारी भने दुवै तर्फबाट राम्रो हुन जरुरी छ । चिनियाँ तर्फबाट लामो समयसम्म राष्ट्रपति स्तरको भ्रमण नेपालमा भएको छैन । अहिले स्थायी सरकार छ, एक चीन नीतिप्रति प्रतिवद्ध सरकार छ । नेपाली जनताले चीनलाई आफ्नो भरोसाको केन्द्र मानेका छन् । यसकारण चीनका राष्ट्रपतिको भ्रमण नहुनुपर्ने कुनै कारण छैन ।’

भारतीय संचारमाध्यमहरूले राष्ट्रपति शी यही अक्टोबरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ताका लागि दक्षिण भारत जाने कार्यक्रम रहेको बताएका छन् । सोही समयमा नेपाल आउने शीको कार्यक्रम रहेको हुनसक्ने विज्ञहरूको अनुमान छ । विदेशमन्त्री यीले काठमाडौँमा राष्ट्रपति शीको भ्रमणको तयारी गर्ने अपेक्षा गरिएको छ ।

प्रचण्डलाई भेट्नेछन् यीले

चिनियाँ विदेशमात्री यीले मंगलवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । नेपाल ओर्लेपछि आइतवार यीको कुनै पनि भेटवार्ता तय भएको थिएन । सोमवारदेखि मात्र यी आफ्नो काममा सक्रिय हुनेछन् ।

१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका विदेशमन्त्री यीले सोमवार दिउँसो साढे तीन बजे परराष्ट्र मन्त्रीस्तरीय वार्तामा सरिक हुनेछन् । दुवै देशका समकक्षीबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । वार्तामा पुराना सम्झौता कार्यान्वयनको समीक्षा र पुनरावलोकन पनि हुने बताइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले सोमबार साँझ पाँच बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसलगत्तै विदेशमन्त्री वाङको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्नेछ ।

यस्तै मंगलबार बिहान वाङको टोलीले प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने तय भएको छ । मंगलबार अपरान्ह तीन बजे चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसअघि प्रचण्डले नेपालको २ दिने भ्रमणमा आएका भारतीय विदेशमन्त्री जयशंकरसँग भेट्न अस्वीकार गरेका थिए । जयशंकर बसेको होटेल द्वारिकाजमा प्रचण्डलाई भेटको निम्तो आएको तर प्रचण्डले पार्टीको काम देखाएर भेट्न अस्वीकार गरेको प्रचण्डनिकट स्रोतले बताएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies