चाणक्यले भनेका छन्, ‘सत्ता प्रेमले चल्दैन’ । यो ठाउँमा बाबुरामले कांग्रेस एमालेबाट प्रेमको अपेक्षा गरेका थिए । उनी योग्य संगठक भएको भए भूकम्प लगत्तै आफ्नो स्वपहलमा प्रभावित जिल्लाहरुमा सबै दलका युवा कार्यकर्तालाईसमेत संगठित गरेर पुर्नर्निमाण अभियानको नेतृत्व गर्नु पर्दथ्यो । जुन कुराले बाबुरामलाई पुर्नर्निमाण प्राधिकरणको नेतृत्वमा पुर्याउन सहयोग गर्ने मात्र थिएनँ।पछिल्लो समय बाबुरामसँग जे क्षमता र योजना छ, त्यो सत्ताको साधनबाट मात्र लागु गर्न सकिन्छ भन्ने उनको बुझाइ छ । यो सही पनि हो । सत्ताबाहेक अरु ठाँउबाट उनको यो क्षमता अभिव्यक्त गर्न सम्भव छ भन्ने उनलाई लागेको भए उनले राजनीति उहिल्यै छोडिसक्थे । कहिलेकाँहि पार्टीका आन्तरिक भेला सम्मेलन र बैठकहरुमा उनले अभिव्यक्त गर्ने गरेका कयौं भनाईले यसको सत्यतालाई पुष्टि गर्दछ । केही गर्नुपर्दछ र म सक्छु भन्ने दृढता उनको सबैभन्दा सकारात्मक पक्ष हो । तथापी पछिल्लो समय यता माओवादी आन्दोलनबाट मात्रै सत्ता प्राप्त गरेर आफ्ना योजना लागु गर्न बाबुरामले सम्भव देखेका छैनन् । त्यसकारण उनले नयाँ शक्तिको आवश्यकतालाई अगाडी सारेका हुन् । [caption id=\"attachment_25516\" align=\"alignleft\" width=\"480\"] एमाओवादी नेता बाबुराम भट्टराई[/caption] बैशाख १२ पछि पुर्नर्निमाण प्राधिकरणको नेतृत्वका बारेमा बाबुरामले यसैकारण चासो राखेका हुन् । तर बाबुरामले के बुझेनन् भने करिब ढाई खर्ब मात्र वार्षिक विकास बजेट भएको यो मुलुकमा पुर्नर्निमाण प्राधिकरणमार्फत खर्च गर्न सकिने नौ खर्ब वा सोभन्दा माथिको रकम कांग्रेस एमालेले बाबुरामलाई सहजै जिम्मा लगाउन सम्भव थिएन । यदि त्यसो भएको भए, सत्ता प्रमुख को हो भन्ने भ्रम निर्माण हुन सम्भव थियो, जुन कुरामा कांग्रेस एमाले जानकार थिए । तर बाबुराम यो सम्भावना प्रति उदासिन रहे । यो भनेको कहिँ न कहिँ बाबुरामको राजनीतिक कमजोरी हो । सत्तामाथीको नियन्त्रण र हैसियत संगठनको बलमा मात्र आर्जन हुन सम्भव रहन्छ । चाणक्यले भनेका छन्, ‘सत्ता प्रेमले चल्दैन’ । यो ठाउँमा बाबुरामले कांग्रेस एमालेबाट प्रेमको अपेक्षा गरेका थिए । उनी योग्य संगठक भएको भए भूकम्प लगत्तै आफ्नो स्वपहलमा प्रभावित जिल्लाहरुमा सबै दलका युवा कार्यकर्तालाईसमेत संगठित गरेर पुर्नर्निमाण अभियानको नेतृत्व गर्नु पर्दथ्यो । जुन कुराले बाबुरामलाई पुर्नर्निमाण प्राधिकरणको नेतृत्वमा पुर्याउन सहयोग गर्ने मात्र थिएनँ। राष्ट्रिय स्तरमै बाबुरामको पक्षमा एक जबरजस्त एकतासमेत पैदा हुन सक्दथ्यो । उनले यदाकदा भन्ने गरेझैं यो नै उनको भाषाको नयाँ शक्तिको जग बन्न सक्तथ्यो । तर बाबुरामले त्यसो गरेनन् वा सकेनन् ।
सामाजिक संजालमा त्यो वर्ग बाबुराम पक्षीय देखिए पनि अन्ततः सो वर्ग बाबुरामलाई बोक्न तयार छैन र हुँदैन । तर बाबुराम त्यसैको प्रभावमा पर्ने गरेका छन्, जुन वर्ग उनले अंगीकार गरेको दर्शनको हत्या गर्न भन्दछ । विपरित राजनैतिक दर्शनका बिचको यो प्रेमले बाबुरामलाई सदैव उनको दर्शनमा उभ्याइ राख्छ वा राख्दैन यो एक आशंका हो । बाबुरामले यो चरणमा गरेको नयाँ शक्तिको बहसले पनि यो आशंकालाई थप मलजल गर्ने गरेको छ । कतिपय वुद्धिजीविले यतिबेला बाबुरामलार्ई दुई दर्शनको बिचको विचौलियाको आरोप लगाउने गरेका छन् ।अरु उच्च वौदिकता हुनेहरु जस्तै बाबुराम पनि अरुको सल्लाहमा कम विश्वास गर्दछ । उनका छलफल कि असाध्यै धेरै भित्रियाहरुसँग हुने गरेका छन् वा असाध्यै धेरै बाहिरियाहरुसँग । त्यसकारण जहिल्यै उनलाई सही निष्कर्षमा पुग्न कठिन हुने गरेको छ । माओवादी आन्दोलनमा प्रचण्डले अरुका कुरा सुन्छन्, मन्थनिन्छन् र निष्कर्ष निकाल्छन् । तर बाबुरामले आफू असहमतसँग कुरा गर्न पनि धौ धौ मान्ने गरेका छन्, त्यस कारण उनको ज्ञानमा अर्को पक्षले कसरी सोच्छ र आफ्नो बारेमा के कुरा गर्छ भन्ने असल रिपोर्ट नआउने गरेको छ । पार्टीको अन्तरसंर्घषमा पनि उनले आफ्नो विचारलाई कि असाध्यै धेरै लुकाएर बहस गर्छन् वा बहसलाई पखेटा लगाएर त्यो पूर्ण र समृद्ध नहुँदै बाहिर लैजान्छन् त्यसकारण उनको छलफलबाट कुनै समय स्वयं कार्यकर्ता नै बेखवर हुन्छन् भने कहिले भित्रियाहरु नै । यसले उनलाई अगाडी बढ्दा पछाडी नसोच्ने र पछाडि बढ्दा अगाडी नसोच्ने एकांकी जस्तो बनाउने गरेको छ । बाबुराम संगठनलाई भन्दा बढी मासलाई प्रभावित गर्ने बारेमै मेहनत गर्दछन् । बाबुरामले ध्यान नदिएको कुरा के हो भने भिडले थपडी बजाउन सक्छ तर काँध थाप्न सक्दैनँ । बिना संगठनको लोकप्रियता जग बिनाको महल जस्तो हुन्छ । जसले भ्रम उत्पन्न गर्छ र संकट निम्त्याउँछ । आजको दिनमा बाबुराम सहरीया मध्यम वर्गमा बढी रुचाइने पात्र हुन् । नेपालको मध्यम वर्ग राजनीतिक हिसाबले आफूलाई कहिल्यै परिवर्तन नगर्ने, गर्दा धर्म गुमाएको भ्रममा पर्ने वर्ग हो । परिवर्तन गर्ने कुरा त्यो वर्गका लागि रहरको भए पनि त्यही वर्ग सारमा परिवर्तन नसहने वर्ग पनि हो । सामाजिक संजालमा त्यो वर्ग बाबुराम पक्षीय देखिए पनि अन्ततः सो वर्ग बाबुरामलाई बोक्न तयार छैन र हुँदैन । तर बाबुराम त्यसैको प्रभावमा पर्ने गरेका छन्, जुन वर्ग उनले अंगीकार गरेको दर्शनको हत्या गर्न भन्दछ । विपरित राजनैतिक दर्शनका बिचको यो प्रेमले बाबुरामलाई सदैव उनको दर्शनमा उभ्याइ राख्छ वा राख्दैन यो एक आशंका हो । बाबुरामले यो चरणमा गरेको नयाँ शक्तिको बहसले पनि यो आशंकालाई थप मलजल गर्ने गरेको छ । कतिपय वुद्धिजीविले यतिबेला बाबुरामलार्ई दुई दर्शनको बिचको विचौलियाको आरोप लगाउने गरेका छन् । यसको अन्तर्य बाबुरामले नै जानुन् तर जीवनभर बाम आन्दोलनका एक नायक यो समय यति धेरै किन गलेजस्ता देखिए ? उनले यसका बारेमा टिप्पणी गर्ने गरेका छैनन् । यति धेरै गम्भिर विषयमा मौनता वौद्धिक चतुरपन भए पनि गम्भिर राजनीति भुल भने अवश्य हो ।
उनी भन्छन्, ‘घर छैन तर घर बनाउने सामग्री छ’ यसलाई नघुमाइ भन्ने हो भने उनी आफ्नो अनुकुलताको घर चाहन्छन् । यो अनुकुलताको घर निर्माणमा लगाउनु पर्ने बल र समयका बारेमा चिन्तन गर्दागर्दै राष्ट्रले उनीबाट पाउन सक्ने योगदान छायाँमा पर्ने खतराप्रति भने उनी वेखबर छन् । समयक्रममा उनले जे भोगे त्यो उनका लागि त्यति सुखद र सुन्दर नहोला तर उनको तितोमा बाबुराम र मुलुक दुबैले जितेको छ ।पछिल्लो समयमा एकजना टिप्पणीकारले बाबुराम र प्रचण्डको बारे संगठनमा प्रभुत्वको विषयलाई लिएर गरेको टिप्पणी यहाँ स्मरण योग्य छ उनले भनेका थिए । प्रचण्ड एक कर्मचारीलाई प्रभावमा पार्छन् र जागिर छोड्न उक्साउँछन् तर बाबुराम एक कार्यकर्ताका लागी कि जागीर खोज्छन् वा व्यापारमा लगाउँछन् । बाबुरामको कार्यकर्ता भोलीपल्टदेखि जागीर खान जान्छ प्रचण्डको कार्यकर्ता कि कार्यालय धाउँछ कि फिल्डमा जान्छ । अनि कसरी हुन्छ त संगठनमा प्रभाव । यो बाबुरामका लागि मनन योग्य प्रसंग हो । पछिल्लो समय एक मौन तर भयानक लडाईमा बाबुराम छन् । यो लडाईंको मैदान माओवादी हो, सेना माओवादी कार्यकर्ता र उनका केही बाहिरी शुभ चिन्तक हुन् । केही समय अगाडी नेकपा माओवादी का अध्यक्ष किरण तथा हाल माओवादी सचिव विप्लवले एमाओवादी भित्र विकास गरेको संगठन भित्र संगठन भन्ने कार्यनीतिलाई उनले केही परिमार्जन गरेका छन् । उनको विधि गतिविधी शुन्यता हो यसैद्वारा एमाओवादीको अन्तरसंघर्षमा माथी परिन्छ भन्ने उनको बुझाइ रहेको छ । यसले उत्पन्न गर्ने चरम नैराश्यताले शक्ति दिन्छ भन्ने निष्कर्षमा उनी छन् । उनी भन्छन्, ‘घर छैन तर घर बनाउने सामग्री छ’ यसलाई नघुमाइ भन्ने हो भने उनी आफ्नो अनुकुलताको घर चाहन्छन् । यो अनुकुलताको घर निर्माणमा लगाउनु पर्ने बल र समयका बारेमा चिन्तन गर्दागर्दै राष्ट्रले उनीबाट पाउन सक्ने योगदान छायाँमा पर्ने खतराप्रति भने उनी वेखबर छन् । समयक्रममा उनले जे भोगे त्यो उनका लागि त्यति सुखद र सुन्दर नहोला तर उनको तितोमा बाबुराम र मुलुक दुबैले जितेको छ । माओवादी आन्दोलनका पछुवाहरुको बुझाइमा नेपालको वर्ग संघर्षले बनाएको बाबुराम अलग बाबुराम हो । वर्ग संर्घषभन्दा बाहिर हुँदा उनी उपेन्द्र देवकोट वा अनुराधा कोइराला नै हुन् । उनलाई हुर्काएको माओवादी आन्दोलनले हो । अरुको सबमा रमाउने बाबुरामको चरित्र हो की होइन, त्यो बाबुरामले नै बताउलान् । उनको चरित्र विपरित एमाओवादी पछिल्लो समय कोमाको बिरामी जस्तो देखिएको मात्र छैन कतै यसो हुनुमा बाबुरामको हात त छैन ? भन्ने आशंका गम्भिर ढंगले उठेको छ । बाबुरामले एमाओवादी मात्र होइन सिंगो माओवादी आन्दोलनलाई गती दिन सक्छन् र यसलालाई गति दिँदा नै बाबुरामले जित्नेछन् । उनका निकटवर्तीहरु बाबुरामको उचाइका लागि बाबुरामका पछि लागेका होइनन् । बाबुरामको पछि लाग्दा आफ्नो उचाइ बढ्ला भन्ने तिनिहरुको आशा हो । कतै बाबुराम आफ्नो उचाइ बाँढ्दा बाँढ्दै होचो नबनुन्, यो मुलुक र माओवादी आन्दोलनको अपेक्षा हो ।
प्रतिकृया लेख्नुहोस्: