Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

प्रधानसेनापतिको तीनवर्षमा १२८ दिन विदेशमै बित्यो

\"Gaurabsamserrana\"१५ असार, काठमाडौं । प्रधानसेनापति गौरवशमशेर जबरा सुटुक्क भारत भ्रमण गरेर फर्किएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ कायममुकायम प्रधानसेनापतिसमेत नतोकी शुक्रबार भारत गएका जबरा सोमबार फर्किएका हुन् । प्रधानसेनापति बनेयता उनी तीन औपचारिकसहित पाँच पटक भारत भ्रमणमा गइसकेका छन् । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले प्रधानसेनापति जबरा बिदा लिएर व्यक्तिगत भ्रमणमा गएको बताए । व्यक्तिगत भ्रमणमा गएकाले कायममुकायम प्रधानसेनापति नतोकिएको उनको भनाइ छ । जबरा प्रधानसेनापति बनेको ३ महिनापछि पारिवारिक भेटघाटका लागि २०६९ मंसिर १०–१९ सम्म भारत भ्रमणमा गएका थिए । प्रधानसेनापति जबराको ससुराली र मावली पनि भारतमै छ । जबराका छोरीज्वाइँ कलिकेश नारायणसिंह देव यसअघिको लोकसभामा भारतको उडिसाबाट निर्वाचित सदस्य थिए । विगतमा विशेष परिस्थितिबाहेक दुवै मुलुकका सेना प्रमुखहरूले आफ्नो कार्यकालमा एक पटकमात्रै एक–अर्को मुलुकको भ्रमण गर्ने गर्थे । पारिवारिक भ्रमण सकेर फर्केको एक महिनापछि नै २०६९ पुसमा उनले आठ दिन लामो औपचारिक भारत भ्रमण गरेका थिए । सोही बेला भारतीय राष्ट्रपति प्रवण मुखर्जीले जबरालाई भारतीय सेनाको मानार्थ सेनापतिको उपाधि दिएका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा सेना परिचालनको सरकारी निर्णयसँगै जबराले २०७० असोज १३ देखि १९ सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि २०७१ जेठ २७ देखि असार ३ सम्म उनले भारतको भ्रमण गरे । जबराको कार्यकालमा भारतबाट पनि त्यहाँका सेना प्रमुखले तीन पटक नेपाल भ्रमण गरेका छन् । जबराले आफ्नो कार्यकालमा १९ पटक विदेश भ्रमण गरेका छन् । २०६९ भदौ २५ मा प्रधानसेनापति बनेका जबराले भ्रमणका क्रममा ४ महिनाभन्दा बढी कुल १ सय २८ दिन विदेशमा बिताएका छन् । जबरा गत वैशाख १२ गते १० दिने पाकिस्तान भ्रमणमा निस्कँदै थिए, तर सोही दिन आएको विनाशकारी महाभूकम्पका कारण उनको भ्रमण रद्द भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending