Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

मस्यौदा अब जनतामा

२३ असार, काठमाडौं । कांग्रेसको एउटा पक्ष, मधेस केन्द्रित दल र राप्रपा नेपालको विरोधबीच संविधानसभाले १५ दिनभित्र जनताको राय संकलन गर्ने गरी संविधान मस्यौदा पारित गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ मंगलबार संविधानसभामा चलेको लामो बहस र छलफलपछि संविधानसभाले मस्यौदा ‘जनतामा पठाउने’ निर्णय गरेको हो। मस्यौदा पारित गर्ने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले संघीयतासहितको संविधान आउने आश्वासन पनि संविधानसभामा दिएका छन्। संविधानसभामा मस्यौदा समितिका अध्यक्ष कृष्णप्रसाद सिटौलाले केकस्ता सुझाव र संशोधन स्वीकार गरिएला भन्नेबारे स्पष्ट नपारे पनि धर्मनिरपेक्षता अथवा सनातन हिन्दु राष्ट्र, संघीयतामा अस्पष्टताजस्ता विषयले मधेस केन्द्रित दलहरू र राप्रपा नेपालसँगै कांग्रेसको एउटा हिस्साले संविधान निर्माणप्रति असहयोग गरिरहेका छन्। सात दिन लामो छलफलपछि संविधानसभाले मस्यौदामा सैद्धान्तिक सहमति जनाउँदै जनतामा पठाउने निर्णय गरेको हो। मस्यौदा राजपत्रमा प्रकाशित गर्न मंगलबार नै पठाइएको छ । जनताका लागि १ लाख प्रति मस्यौदा छाप्ने काम जनक शिक्षा सामग्री केन्द्रले गरिरहेको छ। पहिलो चरणमा संसद्का कर्मचारीहरू मस्यौदा बोकेर सबै जिल्ला र निर्वाचन क्षेत्रसम्म पुग्नेछन्। दोस्रो चरणमा मात्र सभासद्हरू टोली बनाएर जिल्लाका निर्वाचन क्षेत्रसम्म पुग्नेछन्। सभाध्यक्ष सुवास नेम्बाङले सैद्धान्तिक सहमति जनाउँदै मस्यौदालाई जनतामा पठाउन राखेको प्रस्ताव संविधानसभाको बहुमतले पारित गरेको थियो। राप्रपा नेपाल उक्त प्रस्तावको विपक्षमा उभिएको थियो। जनतामा जाने समय छोटो पारिएको भन्दै नेमकिपा पनि प्रस्तावको विपक्षमा उभियो। मस्यौदामाथि जनताका रायसुझाव संकलन गर्ने काम संविधानसभाको नागरिक सम्बन्ध तथा सुझाव समितिले गर्नेछ। उक्त समितिलाई मस्यौदाको प्रचारप्रसार गर्न, जनताका मत संकलन गर्न र जनताबाट आएका सुझावको एकीकृत प्रतिवेदन बनाउन १५ दिनको समय निर्धारण गरिएको छ। समितिले जनमत संकलनका लागि आन्तरिक कार्यतालिका बनाइरहेको जानकारी सभाध्यक्ष नेम्बाङले दिए। समितिको कार्यतालिका बिहीबार बस्ने संविधानसभा बैठकले पारित गरेपछि भोलिपल्टदेखि नै संसद्का कर्मचारीहरू मस्यौदा बोकेर जनतामा जानेछन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending