Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

शितलनिवासमा नक्कली राष्ट्रपति, जनतालाई सास्ती

\"rastrapati\"२३ असार, काठमाडौं । मंगलबार बिहान ७ बज्दा–नबज्दै सडकका दायाँबायाँ ट्राफिक प्रहरीले सर्वसाधारण सवारीचालकलाई रोके। किन ? प्रहरीले जवाफ दिए, ‘भिभिआइपी सवारी’ राष्ट्रपति वा प्रधानमन्त्री कोही औपचारिक कार्यक्रमका लागि कतै जाँदैछन् भन्ने सोचेर सर्वसाधारण रोकिए। केहीछिनमै शीतलनिवासबाट राष्ट्रपति औपचारिक कार्यक्रममा सहभागी हुँदा चढ्ने बा९च ७०५७ नम्बरको सवारी अघिपछि सुरक्षाकर्मीसहित निस्कियो। पुतलीसडक, सिंहदरबार हुँदै सवारी कारगेड बानेश्वरतर्फ अघि बढ्यो । बबरमहलबाट सवारीमा घोडचडी बग्गी पनि थपियो। अघि र पछि बग्गी, बीचमा सुरक्षाकर्मीको लावालस्कर नै बानेश्वरतर्फ अघि बढ्यो। सर्वसाधारण त्यतिबेला अचम्मित भए, सवारीमा राष्ट्रपति वा प्रधानमन्त्री देखिएनन्। बग्गीसहितको लावालस्कर ठिक सात बजे संविधानसभा भवन प्रवेश गर्योि। झकिझकाउ पारिएको संविधानसभा भवनको मूल गेटअघि पानीका फोहोराले सवारीको शोभा बढाइरहेका थिए। संविधानसभाको मूलढोकामा कानुनमन्त्री नरहरि आचार्य, सभामुख सुवास नेम्वाङ, उपसभामुख ओनसरी घर्ती, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव मुकुन्द शर्मा, संसद सचिवालयका सह–सचिवहरु स्वागतका लागि आतुर थिए। अर्कोपट्टी ब्यान्डसहितका सुरक्षाकर्मी सलामीका लागि तयार थिए। त्यत्तिकैमा राष्ट्रपति चढ्ने गाडीबाट एक सुरक्षाकर्मी राष्ट्रपतिकै शैलीमा बिस्तारै निस्किए र संविधानसभातर्फ अघि बढे। त्यसपछि मात्रै थाहा भयो, ‘बुधबार संसदमा सरकारका तर्फबाट पेस हुने नीति तथा कार्यक्रममा राष्ट्रपति कसरी आउँछन् भनेर गरिएको रिहर्सल ।’ राष्ट्रपतिको सवारीसाधनमा सवार ती सुरक्षाकर्मीलाई कानुनमन्त्री, सभामुख, उपसभामुख, महासचिव लगायतले स्वागत गरे। अनि उनलाई सलामी दिइने स्थानमा उभ्याइयो। अर्कोतर्फ रहेका सुरक्षाकर्मीले उनलाई सलामी पनि अर्पण गरे। त्यसपछि संविधानसभाको बैठक कक्षमा प्रवेश गराइयो। संविधानसभा बैठक कक्षमा कानुनमन्त्री, सभामुख अघिअघि र ती सुरक्षाकर्मी पछिपछि प्रवेश गरे। राष्ट्रपति प्रवेश गर्ने ढोका हुँदै उनलाई सभामुख च्याम्बरको दायाँसम्म पुर्यानइयो। त्यसपछि राष्ट्रपति बस्ने, नीति तथा कार्यक्रम वाचन गर्नेलगायत विषयमा जानकारी गराएर उनलाई त्यसैगरी मूलढोका बाहिरसम्म विशिष्ट व्यक्तिहरु नै छाड्न निष्किए। बाहिरिँदै गर्दा उनलाई राष्ट्रिय धून बजाएर बिदाई गरियो। सरकारका तर्फबाट राष्ट्रपति रामवरण यादवले बुधबार दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। त्यसको पूर्वसन्ध्यामा यसरी रिहर्सल गरिएको थियो। ‘प्रत्येक वर्ष यसैगरी रिहर्सल गरिन्छ’ संसद सचिवालयका प्रवक्ता डा। भरतराज गौतमले भने, ‘आज पनि त्यसैको रिहर्सल हो। राष्ट्रपति संधिवानसभामा प्रवेश गर्दा कसरी स्वागत गर्ने, भित्र कताबाट लैजाने भन्ने कुराको रिहर्सल गरिएको हो।’ आजको नागरिक दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy