Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रचण्डसँग किन रिसाए बाबुराम ?

\"prachanda_baburam_shirsha\"२३ असार काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दहाल र नेता बाबुराम भट्टराईको सम्बन्धमा पुनः दरार उत्पन्न भएको छ । संगठनको बलमा नसकेपछि घुर्की लगाएरै भएपनि नेता बन्न पटक–पटक प्रयोगमा ल्याएका स्टन्ट पनि काम नलागेपछि नेता भट्टराईले फेरि आफू निकट नेता– कार्यकर्ता भेला पारेर नेतृत्वमाथि प्रहार सुरु गरेका छन् । आजको बुधबार साप्ताहिकमा खबर छ– एमाओवादीका कार्यकर्ताहरुको मुल्याङ्कन अनुसार यी दुई नेताको सम्बन्ध ६ महिना अत्यन्तै राम्रो हुन्छ भने ६ महिना नराम्रो । नराम्रो पनि यस्तो हुन्छ कि बाँकी ६ महिना फेरि राम्रो होला भन्ने सोच्न पनि सकिन्न । एमाओवादी स्रोतका अनुसार गत मंसिरयता दुई नेताको सम्बन्ध सुमधुर थियो । तर,असारको पहिलो हप्ताबाट पुनः सम्बन्धमा चिसोपना उत्पन्न भएको छ । अध्यक्ष दाहाल बरु मौन छन् तर भट्टराईले घुमाउरो पाराले पार्टी फुटाउनेसम्मको धम्की दिएका छन् । तर, दाहालले भट्टराईको उक्त धम्कीलाई ‘नबर्सने मेघ गर्जन्छ’ भन्ने रुपमा मात्र लिएका छन् । हुन पनि भट्टराईले यति धेरै पटक यस्ता घुर्की लगाईसकेकी कार्यकर्ताले नै पत्याउन छाडिसकेका छन् । गत हप्ता छुट्टै कार्यकर्ता भेला गरेर भट्टराईले आफूनिकट कार्यकर्तालाई आश्वासन दिँदै भने–संविधान निर्माण नहुन्जेलसम्म अस्थायी टहरामै बसौंला,त्यसपछि पक्कि घर बनाउँला ।’ उनको यो अभिव्यक्तिको अर्थ थियो, पार्टी भित्र अहिले भइँचालो गएको छ, संविधान निर्माणसम्म दाहालकै नेतृत्वमा अस्थायी रुपमा बसौंला, त्यसपछि आफ्नै नेतृत्वमा पक्कि घर बनाउँला । उनको यस्तो अभिव्यक्तिपछि उनी पक्षिय कार्यकर्ता भेला भएको उक्त हलका धेरैले ताली त ठोके तर भट्टराईकै भनिएका केही नेता यस्ता कुराले नेतृत्वसँग सम्बन्ध विगार्ने बाहेक कुनै परिणाम नदिने भन्दै असन्तुष्ट भएको बताइन्छ । पछिल्लो समय भट्टराइले नेतृत्वमाथि विषबमन गर्नुको पछाडि मुख्यत : दुइ कारण भएको बताइन्छ । पहिलो कारण उधारो अध्यक्षको आश्वासन । गत मंसिरमा अध्यक्ष दहालले उधारो अध्यक्षको आश्वासन दिएका थिए । दोस्रो कारण प्राधिकरणको नेतृत्व । दाहालले पार्टीको अध्यक्ष नदिने कुरा बुझेका भट्टराई पछिल्लपो समयमा भूकम्पले पुर्याएको क्षतिपछिको नेपालको पुनर्निमाणका लागि गठन गरिने प्राधिकरणको नेतृत्व गर्न चाहन्थे । दलका नेताहरुसँगको अनौपचारिक छलफलमा उनले त्यस्तो संकेत गरेका पनि थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending