काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले नयाँ रुप लिएको छ । दैनिकजसो १ सय आसपासमा नयाँ संक्रमित भेटिएकोमा पछिल्लो हप्ता बढ्दै १ हजार २ भन्दा बढी देखिन थालेको छ ।
आइतबार एकैदिन भारतमा १ हजार २४८ जना नयाँ संक्रमित भेटिएका हुन् । केही समय अघि स्वास्थ्य विषेशज्ञहरुले आँकलन गरेजस्तै भारतमा कोरोनाले महामारीको रुप लिईरहेको बताइन्छ ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १० हजार ४५३ जना पुगेका छन् भने ३ सय ५८ जनाको मृत्यु भईसकेको छ ।
शनिबार मात्रै भारतबाट विरगंज आएर बसेका ३ भारतीय नागरिकमा कोरोना पुष्टी भईसकेको छ भने केलाली र कन्चनपुरमा नेपालीमा भेटिएको कोरोना संक्रमण पनि भारतबाट भित्रिएको पुष्टी भईसकेको छ ।
उता अमेरिकामा कोरोनाले भयावह रुप लिईरहेको छ भने ज्यान गुमाउनेको संख्यामात्रै २३ हजार ६४० पुगेको छ । संक्रमितको संख्या मात्रै ५ लाख ४६ हजार ९३९ पुगेको छ ।
विश्वका २ सय १० मुलुकलाई सताईरहेको कोरोना संक्रमणले विश्वभर १९ लाख २३ हजार ८४८ जनालाई संक्रमित बनाएको छ भने १ लाख १९ हजार ६१८ जनाको ज्यान लिईसकेको छ ।
विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –
यो पनि पढ्नुहोस्
प्रतिकृया लेख्नुहोस्: